२४ जेठ, काठमाडौं । सरकारले भारत र अमेरिकासहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भारत, अमेरिका, बेलायत,साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगलका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो । भारतमा डा. शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री, बेलायतमा ज्ञानचन्द्र आचार्य राजदूत छन् । उनीहरुलाई ११ कात्तिक २०७८ मा शेरबहादुर देउवा नेतृत्वको सरकारले राजदूत सिफारिस गर्ने निर्णय गरेको थियो । यस्तै साउदी अरेबियामा नवराज सुवेदी, दक्षिण कोरियामा ज्योति प्याकुरेल, मलेसियामा डिल्लीराज पौडेल, स्पेनमा शर्मिला पराजुली ढकाल, डेनमार्कमा प्रा. डा. रामसुरज यादव र इजरायलमा कान्ता रिजाल राजदूत छन् ।…
श्रम गरेर खाने वर्गले भोगेका समस्या उजागर गर्दै राजधानीमा सामूहिक सत्याग्रह थालिएको छ । स्वदेशमै श्रम गरेर खान पाउने वातावरण बनाउनुपर्ने मागसहित विभिन्न क्षेत्रका प्रतिनिधि तथा श्रमिकहरुले सातौं दिन आज पनि भोक हड्ताललाई निरन्तरता दिएका छन् । सरकारलाई दबाब दिनका लागि राष्ट्रिय संयुक्त संघर्ष समिति गठन गरेर गत वैशाख २४ गतेदेखि कलँकीको रुद्रबजारमा शुरु गरिएको सत्याग्रहको नेतृत्व गुल्मीका पूर्वसांसद एवं नेकपा माओवादीको युवा संगठन वाईसियलका पूर्वउपत्यका ईञ्चार्ज चन्द्रबहादुर थापा ‘सागर’ ले गरेका छन् । हड्तालमा बिन्दु थापा केसी,द्रोण सुवेदी, सुवास श्रेष्ठ,हिमलाल पौडेल, इन्द्रबहादुर आलेमगर, प्रल्हाद पोखरेल, शेरबहादुर साउद र पार्वती पुलामी छन् । ‘स्वेदशमै काम गरेर खान दे,उद्योगी व्यवसायी तथा…
लामो समयदेखि अड्किएको विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० अन्ततः संसद्मा पुगेको प्रतिनिधिसभाका प्रवक्ता एकराम गिरीले बताएका छन् । उक्त विधेयक साउन १६ गते मन्त्रिपरिषद् बैठकले संसद्मा पेस गर्न स्वीकृति दिएको थियो। विधेयकको विरोध तथा विभिन्न आन्दोलन सुरु भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परिमार्जन गरेपछि मात्रै संसद्मा दर्ता गर्ने प्रतिबद्धता जनाएका थिए। प्रस्तावित विधेयकमा निजी विद्यालयलाई गुठीमा रूपान्तरण हुने बाटो खुला गरिएको छ । विधेयकमा माध्यमिक शिक्षा परीक्षा (एसइई) नरहने प्रस्ताव गरिएको छ । प्रस्तावित विधेयक जस्ताको तस्तै पारित भए कक्षा १२ को मात्रै राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने छ ।