२५ बैशाख २०८३, शुक्रबार, काठमाडौं । सुदन किरातीले हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा वरिष्ठ नेताको जिम्मेवारी पाउने भएका छन् । साथै श्रम संस्कृति पार्टीमा एक उपाध्यक्ष, एक सचिव र १५ जना केन्द्रीय सदस्यहरु पनि पाउने सहमति भएको किराती पक्षका एक नेताले जानकारी दिए । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र पूर्वमाओवादी नेता किरातीबीच यस सम्बन्धी सहमति बिहीबार राति ललितपुरमा भएको थियो । आज उनीहरुले काठमाडौंको बागबजारमा एक कार्यक्रम गरी पार्टी एकताको औपचारिक घोषणा गर्दैछन् । एकता घोषणा कार्यक्रम अपराह्न तीन बजे बागबजारको हार्दिक होटलमा राखिएको छ । भोजपुरका सुदन किराती पूर्वमाओवादी नेता हुन् । उनी पर्यटनमन्त्री समेत बनेका थिए ।…
२३ बैशाख २०८३, बुधबार, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सातवटै प्रदेशमा प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला गर्ने भएको छ । प्रतिष्ठानका प्रमुख एवं पार्टी उपसभापति विश्वप्रकाश शर्माले बुधबार केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सो कुराको जानकारी दिएका छन् । शर्माले प्रस्तुत गरेको तालिकाअनुसार ती प्रदेशस्तरीय भेला वैशाख २६ गते धनगढीबाट सुरु भएर जेठ १५ गते रुपन्देहीमा अन्तिम हुने उल्लेख छ । कार्यतालिकामा सुदूरपश्चिम प्रदेशस्तरीय भेला वैशाख २६ र २७ गते धनगढीमा, वैशाख २८ र २९ गते कर्णाली प्रदेशस्तरीय भेला सुर्खेतमा, वैशाख ३१ र जेठ १ गते गण्डकी प्रदेशस्तरीय भेला पोखरामा, जेठ ४…
काठमाडौँ। नेपाल प्रहरी र सशस्त्र प्रहरीले थापाथलीस्थित वाग्मती नदी किनारको सुकुम्वासी बस्ती खाली गराउन माइकिङ गरेका छन् । वैशाख १२ गते बिहान ६ बजेदेखि बस्ती खाली गराइने भन्दै बिहीबार साँझ चेतावनी दिइएको हो । यसअघि, बुधबारमात्र प्रधानमन्त्री बालेन शाहले सुरक्षा निकायका प्रमुखलाई बोलाएर शनिबार र आइतबार सुकुम्वासी बस्ती खाली गराउन निर्देशन दिएका थिए।
मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नं. ७ स्थित काँकरभिट्टामा रहेको जागृत बाल उद्धार केन्द्रले नयाँ वर्ष २०८३ सालको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। बुधवार संस्थाको कार्यालयमा सम्पन्न उक्त कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी, स्थानीय प्रशासनका अधिकारी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरुले एकआपसमा नयाँ वर्षको शुभकामना साटासाट गर्दै सामाजिक सहकार्यलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। संस्थाका अध्यक्ष राधाकृष्ण अधिकारीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा समाजसेवी नरबहादुर राई उपस्थित रहेका थिए। त्यस्तै, विशिष्ट अतिथिहरुमा मेचीनगर–७ का वडा अध्यक्ष प्रल्हादमणी ओली, सामाजिक अगुवा रामचन्द्र उप्रेती, संस्थाकी पूर्वअध्यक्ष बिना तामाङ तथा समाजसेवी…
२७ चैत्र २०८२, शुक्रबार, काठमाडौँ। प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन् । शुक्रबार भएको निर्वाचनमा राप्रपाकी सरस्वती लामालाई पराजित गर्दै रुबीकुमारी निर्वाचित भएको सभामुख डीपी अर्यालले सभालाई जानकारी गराए । रुबीकुमारीलाई उनको दल श्रम संस्कृतिसँगै सत्तारुढ दल रास्वपा, नेपाली कांग्रेस र नेकपाको समर्थन थियो । प्रतिक्रिया
२४ चैत्र २०८२, मंगलवार, काठमाडौँ । काठमाडौँमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मंगलबार दिउँसो १ बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने एक मन्त्रीले जानकारी दिएका छन्। बैठकमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर नियुक्तिको विषयमा निर्णय हुन सक्ने अनुमान गरिएको छ। यद्यपि औपचारिक एजेन्डाबारे खुलाइएको छैन। सामान्यतया मन्त्रिपरिषद्को बैठक सोमबार र बिहीबार बस्ने प्रचलन रहे पनि यसपटक आकस्मिक रूपमा बैठक बोलाइएको हो।
१५ चैत्र २०८२, आईतवार, काठमाडौं । काठमाडौंको माइतीघर–बबरमहल क्षेत्रमा नेकपा एमालेका कार्यकर्ताहरूले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा प्रदर्शन गरेका छन्। एमालेका जनवर्गीय संगठनहरूले देशभरका जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाउँदै आन्दोलनलाई निरन्तरता दिएका छन्। हिजोदेखि सुरु भएको प्रदर्शन आज पनि जारी रहेको छ। ओलीसँगै कांग्रेस नेता रमेश लेखक पक्राउ परेपछि एमालेले देशव्यापी विरोध कार्यक्रम थालेको जनाएको छ।
१३ चैत्र २०८२, शुक्रबार, काठमाडौँ। नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले पद तथा गाेपनीयताकाे शपथग्रहण लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय निवासमा शुक्रबार विशेष समाराेहकाबीच शाहलाई शपथ गराएका हुन् ।राष्ट्रपति पौडेलले शाहलाई शुक्रबारै प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए । साेही शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, निःवर्तमान प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल र प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसी लगायतका विभिन्न राजनीतिकका नेताहरु लगायतका विशिष्ट अधिकारीहरुको उपस्थिति रहेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं ससदीय दलका नेता शाहले वैदिक विधि अनुसार शपथ लिएका हुन् । साेही अवसरमा नेपाली सेनाले…
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई नियुक्त गरेका छन् । संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा उनलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । नेपालको संविधान २०७२ जारी भएपछि यो धाराको प्रयोग गरी प्रधानमन्त्री नियुक्त भएको पहिलोपटक हो । मधेशी समूदायका व्यक्ति नेपालको प्रधानमन्त्री बनेको पनि यो पहिलोपटक हो । काठमाडौं महानगरको मेयरबाट राजीनामा दिएर फागुन २१ को चुनावमा भाग लिएका शाह पहिलोपटक संसद् छिर्नेबित्तिकै प्रधानमन्त्री बनेका हुन् ।