Skip to main content

नयाँ तृष्णा

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए शपथ

Advertisement

१३ चैत्र २०८२, शुक्रबार,

काठमाडौँ।

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले पद तथा गाेपनीयताकाे शपथग्रहण लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय निवासमा शुक्रबार विशेष समाराेहकाबीच शाहलाई शपथ गराएका हुन् ।राष्ट्रपति पौडेलले शाहलाई शुक्रबारै प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए ।

साेही शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, निःवर्तमान प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल र प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसी लगायतका विभिन्न राजनीतिकका नेताहरु लगायतका विशिष्ट अधिकारीहरुको उपस्थिति रहेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं ससदीय दलका नेता शाहले वैदिक विधि अनुसार शपथ लिएका हुन् । साेही अवसरमा नेपाली सेनाले सलामी समेत अर्पण गरेको थियो ।

गत भदौं २३ र २४ गतेको जेनजी आन्दोलन र त्यसैको जगमा फागुन २१ मा भएको निर्वाचनबाट करिब दुई तिहाई सिट जितेको रास्वपाले एकल बहुमतको सरकार बनाउन लागेको छ । त्यस्तै, शाहले शुक्रबार दिउँसो सवा २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद बहाली गर्ने भएकाे स्राेतले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भोलिदेखि ग्यास भरी सिलिण्डर पाइने, मूल्य पनि तोकियो

भोलिदेखि ग्यास भरी सिलिण्डर पाइने, मूल्य पनि तोकियो

  काठमाडौँ। बुधबारदेखि भरी सिलिण्डर ग्यास पाइने भएको छ । नेपाल आयल निगमले मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै बुधबारदेखि भर...
नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद, ४० हजार जरिवाना

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद, ४० हजार जरिवाना

  काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई जिल्ला अदालत काठमाडौँले...
असहाय बालबालिकाको सेवाभन्दा ठूलो धर्म छैन : प्रमुख अतिथि ओली

असहाय बालबालिकाको सेवाभन्दा ठूलो धर्म छैन : प्रमुख अतिथि ओली

मेचीनगर, असार २४। झापाको मेचीनगर–७ स्थित जागृत बाल उद्धार केन्द्र नेपाल को १३औँ वार्षिक उत्सव शनिबार विविध कार्यक्रमका साथ ...
के सबै ६६६ नम्बर खतरनाक हुन्छन् ? बाइबलले वास्तवमा के भन्छ ?

के सबै ६६६ नम्बर खतरनाक हुन्छन् ? बाइबलले वास्तवमा के भन्छ ?

  सबै ६६६ नम्बर खतरनाक हुन्छन् ? धेरै इसाईहरूले ६६६ अंक देख्नेबित्तिकै त्यसलाई अशुभ वा ख्रीष्ट-विरोधीको चिन्ह ठान्ने गर्छन...