२१ मंसिर, बेइजिङ । अहिले चीनको सबैभन्दा ठूलो समस्या देशको घट्दो जन्मदर हो, जसलाई लिएर सरकार निकै चिन्तित छ । चिनियाँ सरकारले यसको समाधान खोज्न निरन्तर प्रयास गरिरहेको छ। यसै सन्दर्भमा सरकारले अब कलेज र विश्वविद्यालयबाट ‘लभ एजुकेशन’ कार्यक्रम सुरु गर्ने सोच बनाएको छ । यसले विवाह, प्रेम र पारिवारिक जीवनमा सकारात्मक प्रभाव पार्ने सरकारको अपेक्षा छ । यो पहल चीनले लगातार दोस्रो वर्ष जनसङ्ख्यामा आएको गिरावटको सामना गरिरहेको बेला गरिएको हो। जसका कारण सरकारी श्रोत र अर्थतन्त्रमा वृद्धवृद्धाको प्रभावको चिन्ता बढ्दै गएको छ । तपाईलाई भनौं कि करिब १.४ अर्ब अर्थात् १४० करोड जनसंख्या भएको चीन विश्वको दोस्रो ठूलो…
काठमाडौँ । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षकद्वय बुद्धिराज गुरूङ र केदार ढकाललाई आज दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को यही मङ्सिर ६ गतेको निर्णयअनुसार प्रहरी नायब महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका गुरुङ र ढकाललाई आज प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले दर्ज्यानी चिन्ह प्रदान गरेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । प्रहरी महानिरीक्षक कुँवरले सङ्गठनको हितको लागि सकल दर्जाको सामूहिक प्रतिबद्धता आवश्यक रहेको उल्लेख गर्दै आ–आफ्नो जिम्मेवारी र भूमिकामा सदैव क्रियाशील, चिन्तनशील र दृढ सङ्कल्पित रहन निर्देशन दिए । समाजमा कानुनी शासनको प्रयात्याभूति दिलाउनु प्रहरीको…
७ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना गराएको छ । शुक्रबार दरबारमार्गमा जागरण सभाका क्रममा सडक तथा सडक पेटीमा जथाभावी फोहोर गरेको भन्दै महानगरपालिकाले एक लाख रुपैयाँ जरिवाना गरिएको व्यहोराको पत्र पठाएको छ । फोहोर मैला व्यवस्थापन ऐन २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन २०८१ एक लाख रुपैयाँ जरिवाना गरिएको पत्रमा उल्लेख छ । नगर प्रहरी निरीक्षक लिलाराज गाछाले हस्ताक्षर गरेको पत्रअनुसार एमालेले अब महानगरपालिका जरिवाना रकम तिर्नुपर्नेछ ।
७ मंसिर, धादिङ । १३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरी जवान थुनामा पुगेका छन् । चितवन जिल्ला माडी नगरपालिका–३ का २८ वर्षीय हरी नारायण महतोलाई जिल्ला अदालत धादिङको शुक्रबारको आदेशले पुर्पक्षका लागि थुनामा पठाएको छ। जिल्ला न्यायाधीश मनकुमारी विक जिएमको इजलासले बालिका बलात्कार गरेको आरोपमा हिरासतमा राखिएका महतोलाई पुर्पक्षका लागि कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रह्लाद सिलवालले जानकारी दिए । आरोपित महतोले बालिकालाई नीलकण्ठ नगरपालिका –३ मा ०८१ असोज ५ गते बलात्कार गरेको भन्दै कात्तिक १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेपछि सोही दिन हिरासतमा लिइएको थियो । पीडितको कात्तिक १५ गते धादिङ अस्पतालमा स्वास्थ्य परीक्षण भएको थियो।
७ मंसिर, काठमाडौं । काठमाडौंको कीर्तिपुर आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । गएराति पौने ११ बजे भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको तीव्रता २.६ म्याग्निच्युड मापन भएको छ । काठमाडौं उपत्यकाबासीले भूकम्पको धक्का महसुस गरेको भन्दै सामाजिक सन्जालमा लेखेको देखिन्छ । तर भूकम्पको झड्का सानो भएकाले यसले क्षति भने पुर्याएको विवरण छैन ।
१८ कार्तिक, ललितपुर। संस्कृति संरक्षण र प्रवर्द्धनमा क्रियाशील ललितपुरका दुई युवालाई राेट्रयाक्ट क्लब अफ ललितपुरले सम्मान गरेको छ । नेपाल संवत् ११४५ काे अवसर पारेर पाटन दरबार क्षेत्रमा आयोजित एक समाराेहका बीच साम्राज्यदेव श्रेष्ठ र सुप्रिन्स शाक्यलाई सम्मान गरिएकाे हाे । संस्कृति संरक्षण र प्रवर्द्धनका लागि युवा नारा राखेर उनीहरूलाई सम्मान गरिएकाे क्लबका अध्यक्ष शाेभना शाक्यले जानकारी दिईन् । साे अवसरमा ललितपुर महानगरपालिकाका कार्यवाहक मेयर मञ्जरी शाक्यले दाेसल्ला अाेढाई सम्मानपत्र प्रदान गरिन् । श्रेष्ठ लिच्छविकाल राजा मानदेवले स्थापना गरेको सांस्कृतिक धराेहरका रूपमा रहेकाे मानमानेश्वरी भवानीकाे खड्गजात्रासंग सम्बन्धित मूछें अागंछेका मुख्य गुठीयार हुन्। याे जात्रा दशै समयमा हुने गर्दछ।२४ वर्षदेखि राेकिएकाे याे परम्परा…
२४ आश्विन , काठमाडौं, असोज २४ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा आज सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह हुँदैछ । बडादसैँको सातौं दिन आयोजना हुने फूलपाती बढाइँ कार्यक्रममा सैनिक परेड मुख्य आकर्षण रहनेछ । राष्ट्रपति पौडेल नेपाली सेनाको परमाधिपति हुन्। बढाइँ कार्यक्रममा सैनिक हेलिकोप्टरद्वारा पुष्पवृष्टिका साथै राष्ट्रिय गीतसहित विभिन्न धुन प्रस्तुत हुनेछ । सेनाले फूलपाती बढाइँअन्तर्गत राइफलबाट लहरे र एकठ्ठा तथा तोपबाट पनि बढाइँ प्रस्तुत गरिने छ । समारोहमा प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष, उपप्रधानमन्त्री एवं रक्षामन्त्रीलगायत विशिष्ट व्यक्ति सहभागी हुनेछन् । बडादसैंका सन्दर्भमा गरिने फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने विशिष्ट मौलिक कार्यक्रम मानिन्छ । नेपाली…
८ आश्विन , काठमाडौं । नेशनल किड्स एण्ड टिन्स सुपरस्टारको ग्राण्ड फिनाले राजधधानीमा सम्पन्न भएको छ। प्रतियोगितामा किड्सबाट अनुष्का चौधरी, ब्वाइजबाट दिशान्त ताजपुरिया र टिन्सबाट सिमरन थापा मगरले उपाधि जितेका छन् भने किड्सबाट सयोना लामा, ब्वाइजबाट दिशान्त ताजपुरिया र टिन्सबाट सिमरन थापा मगर मस्ट पपुलर भएका छन्। प्रतियोगितामा किड्सबाट अन्सुमा थापा मगर, ब्वाइजबाट नयन कारन्जित र टिन्सबाट दिया रानामगरले पब्लिक च्वाइसको टाइटल जितेका छन्। ब्ल्याक बर्ड इन्टरटेनमेन्ट प्रालिद्धारा सम्पन्न प्रतियोगितामा कक्षा तीनदेखि नौसम्मका प्रतियोगी सहभागी थिए। सुमी बानियाँको कोरियोग्राफी रहेको प्रतियोगिताको कार्यक्रम संयोजन नृत्य निर्देशक सन्दीप भुजेलले गरेका थिए।
५ आश्विन , झापा । बुद्धशान्ति प्रेस क्लबले झापा मिडिया कप २०८१ को आयोजना गर्ने भएको छ । प्रतियोगितामा झापाका ६ वटा पालिकास्तरका प्रेस क्लब र नेपाल खेलकुद पत्रकार मञ्च झापाको टिम सहभागी रहने क्लबका अध्यक्ष तीर्थ तिम्सिनाले बताए । उनका अनुसार प्रतियोगितामा आयोजक बुद्धशान्तिसहित अर्जुनधारा, मेचीनगर, कनकाई र भद्रपुर प्रेस क्लबले प्रतिस्पर्धा गर्ने छ । त्यस्तै पत्रकार मञ्च दमक र खेलकुद पत्रकार मञ्च झापा सहभागी हुनेछन् । प्रतियोगिताको प्रथम पुरस्कार ट्रफी, मेडल र प्रमाण पत्र सहित नगद २५ हजार रहेको छ । त्यस्तै द्वितिय पुरस्कार पनि ट्रफी, मेडल र प्रमाण पत्र सहित नगद १५ हजार रहेको खेल संयोजक नारायण…
२ असाेज, झापा । जैतुन छाँया लाइभ कन्सर्ट (सिजन–३ एपिसोड–२ ) पासाङ्ग ल्हामु स्मृति जेसिस सामुदायीक सभाहल धुलावारीमा हुने भएको छ । भाेलि बिहीबार हुने निश्चित भएको हुँदा कन्सर्ट लागि प्रमुख व्यक्तित्व नेपाली ईसाई जगतका प्रख्यात गायक एड्रिन देवान तथा द सोजुनर्स ब्याण्ड बिर्तामोड आइपुगेका छन् । ब्याण्डका प्रमुख व्यक्तित्व एड्रिन देवानले आराधना र सुसमाचारिय आत्मिक कन्सर्ट भएको बताएका छन् । र याे कार्यक्रम फलदायी र आशिषमय हुने उनको भनाइ छ । जैतुन छाँयाले ख्रीष्टिय आत्मिक ज्ञान, अनन्तकाे सत्यताहरुकाे शब्द संगीत र स्तुतिगानको उत्कृष्ट प्रस्तुतीद्वारा आजको बिकृतिले जगडिएकाे संसारीक सन्जालहरुबाट ख्रीष्टकाे प्रेमको उत्कृष्ट साैगातहरु जवानहरुमा पस्कनु हाम्रो उद्देश्य रहेको छ…