नयाँ तृष्णा

जब हुनेवाला ससुरा आफ्नो पुर्व प्रेमी परेपछि..!

Advertisement

लन्डन ।

स्कटल्याण्डबाट एउटा यस्तो घटना बाहिर आएको छ, जसले सबैलाई चकित बनाएको छ ।

बिहेको तयारीमा व्यस्त रहेकी एउटी युवती क्रिस्टिना मार्कले आफ्नो हुने ससुरा आफ्नो पूर्व प्रेमी अरु कोही नभएको थाहा पाएपछि उनको हुनेवाला नयाँ संसार नै चकनाचुर भएको छ ।

यो सनसनीपूर्ण गोप्य खुलासाले युवती र उनको प्रेमीबीचको सम्बन्धमा मात्रै तनाव उत्पन्न भएको छैन, परिवारमा पनि ठुलो हंगामा मच्चिएको छ ।

पोडकास्टमा आफ्नो कथा साझा गर्दै ती महिलाले भनिन् कि केही समय पहिले उनले अनलाइन डेटिङ एपमा एक युवकलाई भेटेकी थिइन । बिस्तारै कुराकानी बढ्यो, मित्रता गहिरियो र त्यसपछि यो सम्बन्ध प्रेममा परिणत भयो।

दुवैले विवाह गर्ने निर्णय पनि गरे । सबै कुरा सुन्दर सपना जस्तो लाग्थ्यो तर एक भेटले उनको जीवन परिवर्तन गर्यो।

जब युवकले ती युवतीलाई आफ्ना आमाबुवासँग चिनाउने विचार गरे, उनी निकै उत्साहित भइन् । तर युवकको बुबालाई भेट्ने बित्तिकै उनको खुशी स्तब्ध भयो। महिलाले तुरुन्तै आफ्नो पुरानो प्रेमीलाई चिनिन्। ती युवकका बुवा उमेरले खासै बूढो देखिँदैनन्, त्यसैले उनलाई पहिले डेट गर्ने निर्णय गरेको उनले बताइन् ।

यो खुलासापछि महिला गहिरो भ्रममा परेकी छन् । एकातिर उनी आफ्नो मंगेतरलाई साँच्चै माया गर्छिन्, अर्कोतर्फ उनको विगतको तितो सत्यले उनलाई आराम गर्न दिइरहेको छैन।

परिवारमा समेत अन्यौलको वातावरण सिर्जना भएको छ । अब यो आँधीपछि पनि आफ्नो सम्बन्ध अगाडि बढ्न सक्छ कि सक्दैन भन्ने कुरा यो जोडीले नै तय गर्नेछन् ।

न्युज अफ नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

संसद्‌मा विपक्षी एकतालाई सरकारकै निम्तो

संसद्‌मा विपक्षी एकतालाई सरकारकै निम्तो

  १८ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिविरुद्ध विपक्षी दलहरू एकजुट भएका छन् । सबै विपक्षी दलका नेताह...
रास्वपा सभापति रवि लामिछाने भारत भ्रमण

रास्वपा सभापति रवि लामिछाने भारत भ्रमण

  १८ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पाँचदिने भ्रमणका लागि आज भारत प्रस्थान गर...
सुनको मूल्यमा अहिलेसम्मकै उच्च वृद्धि, चाँदीको भाउ पनि बढ्यो

सुनको मूल्यमा अहिलेसम्मकै उच्च वृद्धि, चाँदीको भाउ पनि बढ्यो

  काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार ...
बजेट २०८३/८४: बजेटको आकार २१ खर्ब २४ अर्ब

बजेट २०८३/८४: बजेटको आकार २१ खर्ब २४ अर्ब

  काठमाडौँ। आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब ३४ करोड बराबर घोषणा गरिएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त ...