Skip to main content

नयाँ तृष्णा

Breaking News 3

चीनमा कारको ठक्करबाट ३५ जनाको मृत्यु

चीनमा कारको ठक्करबाट ३५ जनाको मृत्यु

२७ कार्तिक, काठमाडौँ । चीनको झुहाईमा एउटा कारले रंगशाला बाहिर कसरत गरिरहेका मानिसहरुको भीडलाई कारले ठक्कर दिदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ । चिनियाँ सञ्चार माध्यामले सो घटनामा ३५ जनाको मृत्यु भएको र  ४३ जना घाइते भएको उल्लेख गरेका छन् । चिनिया अधिकारीहरूले यसलाई ‘गम्भीर आक्रमण’ भनेका छन् । चिनियाँ सञ्चारमाध्यमका अनुसार घाइते हुनेमा ठूलो संख्यामा वृद्ध, युवा र बालबालिका रहेका छन् । कार चलाउने व्यक्तिले भाग्ने प्रयास गरेपनि प्रहरीले नियन्त्रणमा लिएको थियो । तर, प्रहरीले आत्मघाती हमलाका कारण अभियुक्त अचेत अवस्थामा रहेको पनि जानकारी दिएको छ । यस सहरमा हुन लागेको ठूला नागरिक तथा सैनिक एयर शोका लागि…
Read More
पाकिस्तानको रेलवे स्टेसनमा विस्फोट, १७ जनाको मृत्यु

पाकिस्तानको रेलवे स्टेसनमा विस्फोट, १७ जनाको मृत्यु

२४ कार्तिक, एजेन्सी। पाकिस्तानको बलुचिस्तान प्रान्तको क्वेटा रेलवे स्टेसनमा शनिबार भएको विस्फोटमा परी कम्तीमा १७ जनाको मृत्यु भएको छ। विस्फोटमा परी दर्जनौँ घाइते भएका छन्। विस्फोटमा घाइते भएका ४६ जनालाई उपचारको लागि स्थानीय अस्पतालमा लगिएको महानिरीक्षक मोअज्जम जाह अन्सारीले बताएका छन्। उनका अनुसार मृतकको सङ्ख्या अझै बढ्न सक्ने छ। अफगानिस्तान र इरानको सिमानामा रहेको बलुचिस्तान प्रान्तको राजधानीमा स्थानीय समय अनुसार बिहान ८ः४५ बजे रेलले यात्रुहरूलाई पर्खिरहेको समयमा विस्फोट भएको स्रोतले जनाएको छ । पछिल्लो समयमा आतङ्वादीहरूले विदेशी वित्तपोषणको आधारमा ऊर्जा परियोजनालाई लक्षित गरी विस्पोटका घटनाहरु बढाउदै आएको जनाइएको छ । गत अगस्टमा भएकf दर्जनौँ आक्रमणको जिम्मेवारी बीएलएले लिएको थियो जसमा…
Read More
वरिष्ठ गीतकार शिवशंकर थापा र संगीतकार भरत लामालाई सम्मान

वरिष्ठ गीतकार शिवशंकर थापा र संगीतकार भरत लामालाई सम्मान

२२ कार्तिक, मेचीनगर । झापाकाे मेचीनगर-९ मा वरिष्ठ गीतकार शिवशंकर थापा र संगीतकार भरत लामालाई सम्मान गरिएकाे छ ।ख्याति कमाएका र उदयमान कला, साहित्य र संगीतका पारखीलाई एकै ठाउँमा जोड्ने उद्देश्यले सातपाखे ब्याण्डद्वारा आयोजित सांगीतिक साँझमा थापा र लामालाई सम्मान गरेको हो । कार्यक्रमको प्रमुख अतिथि एबम् मेची नगरपालिकाको उपप्रमुख मिना उप्रेती पोख्रेलले खादा तथा सम्मान पत्रद्वारा सम्मान गरेकी थिइन् । सम्मानित कलाकारद्वय झापाली हुन् । सम्मानपछि गीतकार थापा, संगीतकार लामा आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए । त्यसैगरी सांगीतिक ब्याण्डले दर्जनौं लोक तथा आधुनिक गीत, गजल प्रस्तुत गरेका थिए । कार्यक्रममा राष्ट्रिय गायक कमल रसाइली त्यस्तै आर्ट विधाका ख्यातीप्राप्त कलाकार…
Read More
प्रधानमन्त्री ओली अस्वस्थ, अत्यावश्यक बाहेकका भेटघाट स्थगित

प्रधानमन्त्री ओली अस्वस्थ, अत्यावश्यक बाहेकका भेटघाट स्थगित

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । प्रधानमन्त्री ओलीलाई ज्वरो आएपछि अत्यावश्यकबाहेकका भेटघाट कार्यक्रम स्थगित गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार ओलीले हाल बालुवाटारस्थित सरकारी निवासमै आराम गरिरहेका छन् । 'सामान्य ज्वरोका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले आज (मंगलबार) अत्यावश्यकबाहेक अन्य कुनै भेटघाट र कार्यक्रम राख्नुभएको छैन । उहाँ प्रधानमन्त्री निवास, बालुवाटारमा आराम गरिरहनुभएको छ,' प्रधानमन्त्री ओलीको सचिवालयले भनेको छ ।
Read More
रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अनुमति

रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अनुमति

२० कार्तिक, काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ । कार्तिक १५ गतेदेखि गणना हुनेगरी अदालतले प्रहरीलाई अनुसन्धान गर्न थप समय दिएको कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । मंगलबारसहित लामिछानेलाई तेस्रो पटक म्याद थप गरिएको छ । यसअघि सुरुमा ६ दिन, त्यसपछि ७ दिन र अहिले १० दिन म्याद थपिएको हो । कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछानेमाथि कास्की प्रहरीले सहकारी ठगीको अभियोगमा अनुसन्धान गरिरहेको छ ।
Read More
बङ्गलादेशमा डेङ्गुका कारण एकै दिन १० जनाको मृत्यु

बङ्गलादेशमा डेङ्गुका कारण एकै दिन १० जनाको मृत्यु

१९ कार्तिक, एजेन्सी । बङ्गलादेशमा डेङ्गुका कारण शनिबार एकै दिन यो बर्षको सबैभन्दा बढी १० जनाको मृत्यु भएपछि सङ्क्रमितको सङ्ख्या ३१० पुगेको बङ्गलादेशको स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ। स्थानीय समयअनुसार शनिबार बिहान ८ बजेसम्मको पछिल्लो २४ घण्टामा थप एक हजार ३४८ जना लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुबाट सङ्क्रमित भएका थिए। डेङ्गु ज्वरो एडिस लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो। यो रोगले टाउको दुख्ने, उच्च ज्वरो आउने, थकाइ लाग्ने, मांसपेशी र जोर्नीदुख्ने, ग्रन्थी सुन्निने, वान्ता हुने र चिलाउने जस्ता लक्षणसहित गम्भीर स्वास्थ्य समस्या निम्त्याउँछ। यस भाइरसबाट यो बर्ष सङ्क्रमित हुनेको सङ्ख्या ६३ हजार १६५ पुगेको सरकारी तथ्याङ्कले देखाएको छ। यस वर्ष डेङ्गुका…
Read More
अमेरिकी राष्ट्रपति चुनावको पछिल्लो सर्वेक्षणमा कमलाको थोरै अग्रता

अमेरिकी राष्ट्रपति चुनावको पछिल्लो सर्वेक्षणमा कमलाको थोरै अग्रता

१८ कार्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपतीय निर्वाचनको पछिल्लो सर्वेक्षण अनुसार कमला ह्यारिसले ट्रम्पमाथि थोरै अग्रता कायम राखेकी छन् । एबीसी न्यूजको नयाँ तथ्यांकलाई हवाला दिंदै बीबीसीले कमला ह्यारिस र ट्रम्पबीच केवल १ प्रतिशतको भिन्नता रहेको जनाएको छ । कमलालको पक्षमा ४८ प्रतिशत मतदाता रहँदा ट्रम्पको पक्षमा ४७ प्रतिशत रहेका छन् । कमला ह्यारिस जुलाईको अन्त्यमा चुनावी दौडमा सामेल भए पनि उनी ट्रम्पभन्दा अगाडि छिन्। यस्ता सर्वेक्षणहरू देशभरी कुन उम्मेदवार कति लोकप्रिय छन् भनेर जान्ने राम्रो तरिका भए पनि चुनावी नतिजाको भविष्यवाणीका लागि यो पर्याप्त हुँदैन । खासगरी इलेक्टोरल कलेज प्रणालीमा आधारित चुनावी प्रतिस्पर्धा भएकोले पनि यस्ता सर्वेक्षणहरूको नतिजा चुनावको अन्तिम…
Read More
एयर इण्डियाको जहाजमा बम रहेको हल्ला, प्रहरीले थाल्यो चेकजाँच

एयर इण्डियाको जहाजमा बम रहेको हल्ला, प्रहरीले थाल्यो चेकजाँच

१२ कार्तिक , काठमाडौँ। काठमाडौंबाट दिल्लीका लागि उड्ने तयारीमा रहेको एयर इण्डियाको जहाजमा बम रहेको भन्दै सूचना आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चेकजाँच थालिएको छ। दिल्लीका लागि उड्ने तयारीमा रहेको उक्त जहाजमा बम रहेको सूचना आएपछि प्रहरी र सेनाले चेकजाँच थालेको विमानस्थलले जनाएको छ। सोमबार अपराह्न २ः४१ बजे अवतरण गरेको विमान फर्किने तयारीमा रहेका बेला बम रहेको भन्दै भारतबाट सूचना आएपछि चेकजाँच थालिएको हो। यसअघि पनि दिल्लीबाट काठमाडौं आएको भारतीय वायुसेवा कम्पनी भिस्तारा एयरवेजको जहाजमा बम राखिएको हल्ला फैलिएको थियो । तर, जाँच गर्दा त्यस्तो कुनै शंकास्पद वस्तु भेटिएको थिएन।
Read More
गरे साना बिकासे श्रमदान गाउँलेहरुले

गरे साना बिकासे श्रमदान गाउँलेहरुले

९ कार्तिक, मेचीनगर । मेचीनगर ४ गोलेगाँउ टोल बिकास समिती आराधना चोक स्थित पूर्व दिशातर्फ राइसिङ पुल जाने सबिक बाटो झाडी जङ्गलले छोपी साना–तिना यतायातलाई समेत आवत–जावत गर्ने क्रममा गाह्रो अप्ठेयारो परेकाले गाउँका व्यक्तिहरुद्धारा  श्रमदान गरेकाछन् । स्थानीय सरकार अर्थात सम्बन्धित निकाय वडा कार्यलयबाट बाटोले छोएको झाडी,रुख–बिरुवाहरु काटन हटाउने क्रम बिगत धेरै समयदिनदेखि निष्क्रिय रहेको देखिएको छ । उक्त बाटोका जङ्गल र झाडिलेगर्दा गाडी, बाइक कुदाउँदा हाँगाहरुले लाग्ने गर्दा कठिनाई ब्यहर्नु परेकोले आफै यसरी फाँडने काट्ने गरेको हो । वडाबाट खटिएकाहरुको बाटो हेर्दा झनै जङ्गल हुने श्रमदानकर्ताहरु बताउँछन् । यो गोलेगाँउ टोल बिकास समिति अन्तर्गत गाउँ वासीहरु सडक पोल बत्ती…
Read More
कोटेश्वरबाट लगेर बन्धक बनाइएकी महिलाको उद्दार, संलग्न एक महिला नियन्त्रण

कोटेश्वरबाट लगेर बन्धक बनाइएकी महिलाको उद्दार, संलग्न एक महिला नियन्त्रण

७ कात्तिक, काठमाडौं । काठमाडौंको कोटेश्वरबाट लगेर ललितपुरको चाल्नाखेलमा बन्धक बनाइएकी महिलाको उद्दार गरिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, ललितपुरको संयुक्त टोलीले ती महिलालाई उद्दार गरेको प्रहरीले जनाएको छ । पीडित महिला गर्भवती समेत रहेकी छन् । वैदेशिक रोजगारीमा पठाइदिने भनेर लिएको १६ लाख रुपैयाँ फिर्ता नदिएको भन्दै उनलाई बन्धक बनाएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । प्रहरीले यसमा संलग्न एक महिलालाई पनि नियन्त्रणमा लिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईका अनुसार, लेनदेनको विषय जोडिएपछि दुवैलाई ल्याएर सोधपुछ गरिनेछ । त्यसपछि यसमा कारबाही प्रक्रिया कसरी अघि बढ्छ भन्ने निर्क्यौल हुने प्रहरीले बताएको छ…
Read More