Skip to main content

नयाँ तृष्णा

अमेरिकी राष्ट्रपति चुनावको पछिल्लो सर्वेक्षणमा कमलाको थोरै अग्रता

[adsforwp id="2511"]

काठमाडौं । अमेरिकी राष्ट्रपतीय निर्वाचनको पछिल्लो सर्वेक्षण अनुसार कमला ह्यारिसले ट्रम्पमाथि थोरै अग्रता कायम राखेकी छन् । एबीसी न्यूजको नयाँ तथ्यांकलाई हवाला दिंदै बीबीसीले कमला ह्यारिस र ट्रम्पबीच केवल १ प्रतिशतको भिन्नता रहेको जनाएको छ । कमलालको पक्षमा ४८ प्रतिशत मतदाता रहँदा ट्रम्पको पक्षमा ४७ प्रतिशत रहेका छन् ।

कमला ह्यारिस जुलाईको अन्त्यमा चुनावी दौडमा सामेल भए पनि उनी ट्रम्पभन्दा अगाडि छिन्।

यस्ता सर्वेक्षणहरू देशभरी कुन उम्मेदवार कति लोकप्रिय छन् भनेर जान्ने राम्रो तरिका भए पनि चुनावी नतिजाको भविष्यवाणीका लागि यो पर्याप्त हुँदैन । खासगरी इलेक्टोरल कलेज प्रणालीमा आधारित चुनावी प्रतिस्पर्धा भएकोले पनि यस्ता सर्वेक्षणहरूको नतिजा चुनावको अन्तिम नतिजासँग नमिलेका कैयौं उदाहरण छन् ।

यस्तो प्रणालीमा प्रत्येक राज्यलाई जनस‌ंख्याको आधारमा निश्चित संख्यामा मत दिइन्छ ।

अमेरिकामा कुल ५३८ इलेक्टोरल कलेज भोट छन् जसमध्ये कुनै पनि उम्मेदवारलाई जित्न २७० मत चाहिन्छ। अमेरिकामा ५० वटा राज्य छन्, तर तीमध्ये अधिकांशले सधैं एउटै पार्टीको पक्षमा मतदान गर्छन्।

दुवै उम्मेदवारले जित्ने सम्भावना थोरै राज्यहरू मात्र छन्। यिनैबाट उम्मेदवारको जित वा पराजय तय हुन्छ र यिनैलाई रणमैदान वा स्विङ स्टेट भनिन्छ।

अमेरिकी राष्ट्रपतीय निर्वाचन २०२४ मा महत्वपूर्ण मानिने सात स्विङ स्टेटबीच निकै कडा प्रतिस्पर्धा छ । अनुमान अनुसार पेन्सिल्भेनिया, नेभाडा, नर्थ क्यारोलिना, जर्जिया र एरिजोनामा ट्रम्प अग्रस्थानमा छन् । ह्यारिस विस्कन्सिन र मिशिगनबाट अगाडि छिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...