६ भाद, झापा । देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशामा अवस्थित रहेको छ जनाउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका एक दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।…
५ भाद्र, काठमाडौं । आरक्षणको विषयलाई लिएर भारतका दलित र जनजाती संगठनहरुले आज भारत बन्द आह्वान गरेका छन् । बन्द आह्वानलाई बहुजन समाज पार्टी (बसपा), राष्ट्रिय जनता दल (राजद), आजाद समाज पार्टी लगायतका विभिन्न दलहरुले पनि समर्थन गरेका छन् । बसपाकी प्रमुख मायावतीले सर्वोच्चको फैसला अनुसार संविधान संशोधनको माग गर्दै आन्दोलनरत पक्षलाई शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न आह्वान गरेकी छन् । मायावतीका भतिजा आकाश आनन्दले भारत बन्दको क्रममा बसपाका कार्यकर्ताहरु पार्टीको झण्डासहित शान्तिपूर्ण रुपमा प्रदर्शनमा सहभागी हुने बताएका छन् । बन्दलाई लक्षित गरी राजस्थान, लखनउ, मध्य प्रदेश लगायतका विभिन्न स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको छ । लखनउमा निषेधाज्ञा नै लागू गरिएको…
५ भदौ, काठमाडौं । झापामा एक थान कटुवा पेस्तोलसहित एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । भदौ ४ गते बेलुका आठ बजे झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ४ दहिझोडा बस्ने ६२ वर्षीय इन्द्र बहादुर आङ्देम्बेलाई प्रहरीले कटुवा पेस्तोलसहित पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले आङदेम्बेको घर परिसरमा तलासी लिंदा कुखुराको खोरको छानो भित्र लुकाएर राखेको अवस्थामा एक थान कटुवा पेस्तोल बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवम् डिएसपी कृष्णबहादुर चन्दले जानकारी दिए । कटुवा पेस्तोल फेला परेपछि आङदेम्बेलाई समेत नियन्त्रणमा लिइएको हो । उनलाई इलाका इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान भइरहेको…
४ भाद्र, काठमाडौं । सरकारले टिकटकमाथिको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ । टिकटकले पत्र लेख्दै सरकारले राखेका सर्तहरूको पालना गर्ने प्रतिबद्धता जनाएपछि सरकार प्रतिबन्ध फुकुवाको तयारीमा लागेको हो । यसअघि पुष्पकमल दहाल प्रचण्ड नेतृत्वको सरकारले २०८० को कात्तिक २७ मा टिकटकले सामाजिक सामाजिक मर्यादा बिथोलेको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो । अब अहिले टिकटकले पत्र लेखेर नेपालका सबै कानुन र सर्त मान्ने लिखित प्रतिबद्धता जनाएपछि प्रतिबन्ध फुकुवाको तयारी सुरु भएको सञ्चार मन्त्रालयसम्बद्ध स्रोतले जानकारी दिएको छ । चीन सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउन पटक पटक विभिन्न तहबाट दबाब दिँदै आएको छ । (more…)
२ भाद्र, काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली सञ्चार माध्यम तथा सञ्चार सम्बद्ध संघ संस्थालाई समावेशी चरित्रको बनाउन आफूले पहल गर्ने बताएका छन्। नेवाः पत्रकार राष्ट्रिय दवु सम्बद्ध पत्रकारको आज ज्ञापनपत्र बुझ्दै उनले सो कुरा बताएका हुन् । नेपाली सञ्चार माध्यम तथा सञ्चार सम्बद्ध संघ संस्था समावेशी चरित्रको बन्न नसक्दा सबै समुदायको आवाजको प्रतिनिधित्व हुन नसकेको भन्दै उनले त्यसका लागि आफूले पहल गर्ने विश्वास दिलाए । दबूले आज नौ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै सञ्चार सम्बद्ध संघ संस्थाको संरचना समावेशी चरित्रको बनाउन माग गरेको छ । प्रेस काउन्सिल, सूचना विभाग, न्यूनतम पारिश्रमिक निर्धारण समितिसहित सरकारी सञ्चार माध्यमको नेतृत्वमा समानुपातिक…
२ भाद्र, काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश भएकाले सबै जातजाति, भाषाभाषी र संस्कृतिको उत्थान र विकास हुनुपर्ने खाँचो औल्याएका छन् । नेवाः पत्रकार राष्ट्रिय दबूका पदाधिकारी एवं पत्रकारहरुसंग राष्ट्रपति भवन शीतल निवासमा आइतबार भएको भेटमा राष्ट्रपति पौडेलले सो खाँचो औल्याए। सो अवसरमा राष्ट्रपति पौडेलले विविध भाषाभाषी, संस्कृति र समुदायको विकास र अधिकारको उपभोगले राष्ट्रिय एकता बलियो हुने धारणा पनि राखे। उनले नेपालभाषा लगायतका विभिन्न मातृभाषामा पत्रपत्रिकाको प्रकाशन र विकासले सम्बन्धित भाषा, साहित्य, संस्कृतिको विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे। राष्ट्रपति पौडेलले पत्रकारिताको समावेशीकरण,नेपालमा मातृभाषाको पत्रकारिताको विकासको लागि आफ्नो पूर्ण सहयोग र समर्थन रहने पनि बताए।…
१ भदौ,बुटवल । नेकपा एमालेको लुम्बिनी प्रदेश सभा संसदीय दलको नेतामा मुख्यमन्त्री चेतनारायण आचार्य चयन भएका छन् । बुटवलस्थित मुख्यमन्त्रीको निवासमा प्रदेश इन्चार्ज पद्मा अर्यालको प्रमुख आतिथ्यतामा शनिबार बसेको संसदीय दलको वैठकले यसअघि उपनेता रहेका आचार्यलाई नेता चयन गरेको हो । यस्तै उपनेतामा भोजप्रसाद श्रेष्ठ चयन भएका छन् । दल नेता भएपछि आचार्यले प्रमुख सचेतकमा तुल्सीप्रसाद चौधरी र सचेतकमा यमुना रोका तामाङलाई नियुक्त गरेका छन् । चौधरी यसअघि पनि प्रमुख सचेतक थिए । सचेतकमा भने दाङकी रेखाकुमारी शर्मा थिइन् । यसअघिका संसदीय दलका नेता लीला गिरीले आफू दलको नेता हुँदाहुँदै पार्टी महासचिव शंकर पोखरेल निकटका आचार्यलाई मुख्यमन्त्री बनाएपछि असन्तुष्टि जनाउँदै…
३२ श्रावण, काठमाडौं । सरकारले काभा महिला भलिबल लिगमा उपविजेता बनेको नेपाली खेलाडीहरूलाई जनही ३ लाख रुपैयाँ नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौंमा भएको उक्त प्रतियोगितामा नेपालका तर्फबाट खेल्ने १४ जना खेलाडीहरुलाई जनही ३ लाख रुपैयाँका दरले पुरस्कार तथा सम्मान प्रदान गर्ने निर्णय गरेको हो । राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ को नियम २८ बमोजिम उक्त निर्णय गरिएको सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। त्यस्तै, नेपाली टोलीका मुख्य प्रशिक्षक १ जनालाई दुई लाख, व्यवस्थापक , प्रशिक्षक र फिजियो गरी तीन जनालाई जनही १ लाख २० हजार रुपैयाँका दरले पुरस्कार तथा सम्मान वितरण गर्ने…
श्रावण ३१, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलको प्रतिलिटर ५ र डिजेल तथा मट्टितेलको प्रतिलिटर ३ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो । घटेको मूल्य आज राति १२ बजेदेखि लागु हुने छ । निगमले भारतबाट आएको नयाँ मुल्य सूचीमा पेट्रोल प्रतिलिटर ५ र डिजल तथा मट्टीतेल प्रतिलिटर २ रुपैयाँ ९६ पैसाले घटेर आएको जनाएको छ । नयाँ मुल्य अनुसार अब काठमाडौँमा पेट्रोलको प्रति लिटर १६५ र डिजल तथा मट्टीतेलको प्रति लिटर १५५ रुपैयाँ पर्ने भएको छ ।
बिर्तामोड, ३१ साउन । हात्ती नियन्त्रणका लागि बिर्तामोड नगरपालिकामा सौर्य उर्जामा आधारित विद्युतीय तारवार निर्माणको काम सुरु भएको छ ।हात्तीले दिनैपिछे दु:खदिन थालेपछि बिर्तामोड क्षेत्रमा विद्युतीय तारवार लगाउन सुरू गरिएको हाे । राष्ट्रिय प्रकृति संरक्षण कोषले बिर्तामोडको वडा नम्बर ६, ७ र ८ मा सोलार ईलेक्ट्रिक फेन्सिङ वाल निर्माणको काम सुरु गरेको छ । वडा नम्बर ६ को देउनिया पुलदेखि वडा नम्बर ८ स्थित किसनभिट्टा सम्मको ९ किलोमिटर क्षेत्रमा तारवार निर्माण हुन लागेको हाे । आज बिर्तामोड मेयर पवित्रा महतारा प्रसाईले तारवार निर्माण कार्यकाे शिलान्यास गरिन् । कार्यक्रममा मेयर प्रसाईले हात्ती नियन्त्रणका लागि विद्युतीय तारवार प्रभावकारी हुने दावी गरिन् ।…