Skip to main content

नयाँ तृष्णा

राष्ट्रपतिद्वारा सञ्चारमाध्यमको समावेशीकरण र मातृभाषा पत्रकारिताको विकासमा जोड

[adsforwp id="2511"]

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश भएकाले सबै जातजाति, भाषाभाषी र संस्कृतिको उत्थान र विकास हुनुपर्ने खाँचो औल्याएका छन् ।

नेवाः पत्रकार राष्ट्रिय दबूका पदाधिकारी एवं पत्रकारहरुसंग राष्ट्रपति भवन शीतल निवासमा आइतबार भएको भेटमा राष्ट्रपति पौडेलले सो खाँचो औल्याए। सो अवसरमा राष्ट्रपति पौडेलले विविध भाषाभाषी, संस्कृति र समुदायको विकास र अधिकारको उपभोगले राष्ट्रिय एकता बलियो हुने धारणा पनि राखे।

उनले नेपालभाषा लगायतका विभिन्न मातृभाषामा पत्रपत्रिकाको प्रकाशन र विकासले सम्बन्धित भाषा, साहित्य, संस्कृतिको विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे। राष्ट्रपति पौडेलले पत्रकारिताको समावेशीकरण,नेपालमा मातृभाषाको पत्रकारिताको विकासको लागि आफ्नो पूर्ण सहयोग र समर्थन रहने पनि बताए।

सो अवसरमा उनले  सबै भाषाका मूर्धन्य साहित्यकारहरुको सालिक एक ठाउँमा राख्ने भानु उद्यान बनाउने तयारी भइरहेको पनि जानकारी दिए।

सो अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले राष्ट्रपति पौडेल समक्ष ध्यानाकर्षण पत्र बुझाए।

यस अघि राष्ट्रपति पौडेल समक्ष पत्रकार राष्ट्रिय दबूका वरिष्ठ उपाध्यक्ष सुनिल महर्जनले सञ्चारमाध्यमको समावेशीकरण र मातृभाषाको पत्रकारिताको विकासको लागि संविधानको संरक्षकको हैसियतले राष्ट्रपतिको तर्फबाट सरकारलाई सुझाव र ध्यानाकर्षण गराउनुपर्ने बताए। राज्यको चरित्र समावेशी बनाउन सञ्चारमाध्यमपनि समावेशी हुनुपर्ने पनि वरिष्ठ उपाध्यक्ष महर्जनको भनाई रहेको छ ।

नेपाल भाषाको पत्रकारिता शुरु भएको एक सय वर्ष पुगेको सन्दर्भमा नेवाः पत्रकार राष्ट्रिय दबूले विविध कार्यक्रम आयोजना गरी मातृभाषा पत्रकारिता शताब्दी महोत्सवको मनाउँदै आएको छ । यस सन्दर्भमा पत्रकार राष्ट्रिय दबूका पदाधिकारीले राष्ट्रपति पौडेललाई भेटेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

साइप्रस नेपाली सङ्गतिद्वारा बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा रु. २ लाख ५६ हजार सहयोग

साइप्रस नेपाली सङ्गतिद्वारा बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा रु. २ लाख ५६ हजार सहयोग

निसोसिया, साइप्रस । वैदेशिक रोजगारीका क्रममा साइप्रसमा रहेका नेपाली इसाई विश्वासीहरूको संस्था 'साइप्रस नेपाली सङ्गति'ले नेपालका ब...
राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन

राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले राजनीतिक गतिविधिमा संलग्न शिक्षकलाइ कारवाही गर्ने भएको छ । शिक्षक राजनीतिक गतिविधिमा ...
संघीय संसदका-दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

संघीय संसदका-दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ। संघीय संसद अन्तर्गत दुवै सदनको बैठक साेमबार बस्दैछ। संसद सचिवालयले सिंहदबारमा प्रतिनिधि सभाको बैठक साेमबार दिउँसो १ बजे...
एक अर्ब ५७ करोड बढीको हुण्डी कारोबार आशंका, विराटनगरका दुई जना पक्राउ

एक अर्ब ५७ करोड बढीको हुण्डी कारोबार आशंका, विराटनगरका दुई जना पक्राउ

विराटनगर । सुनसरी प्रहरीले एक अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको शंकास्पद हुण्डी कारोबारको अनुसन्धान अघि बढाउँदै विराटनगरका दुई जनाल...