Skip to main content

नयाँ तृष्णा

लुम्बिनीमा एमाले संसदीय दलको नेतामा मुख्यमन्त्री आचार्य चयन

[adsforwp id="2511"]

१ भदौ,बुटवल ।

नेकपा एमालेको लुम्बिनी प्रदेश सभा संसदीय दलको नेतामा मुख्यमन्त्री चेतनारायण आचार्य चयन भएका छन् । बुटवलस्थित मुख्यमन्त्रीको निवासमा प्रदेश इन्चार्ज पद्‍मा अर्यालको प्रमुख आतिथ्यतामा शनिबार बसेको संसदीय दलको वैठकले यसअघि उपनेता रहेका आचार्यलाई नेता चयन गरेको हो ।

यस्तै उपनेतामा भोजप्रसाद श्रेष्ठ चयन भएका छन् । दल नेता भएपछि आचार्यले प्रमुख सचेतकमा तुल्सीप्रसाद चौधरी र सचेतकमा यमुना रोका तामाङलाई नियुक्त गरेका छन् । चौधरी यसअघि पनि प्रमुख सचेतक थिए । सचेतकमा भने दाङकी रेखाकुमारी शर्मा थिइन् ।

यसअघिका संसदीय दलका नेता लीला गिरीले आफू दलको नेता हुँदाहुँदै पार्टी महासचिव शंकर पोखरेल निकटका आचार्यलाई मुख्यमन्त्री बनाएपछि असन्तुष्टि जनाउँदै राजीनामा दिएका दिए ।

मुख्यमन्त्रीका लागि दावी पेश गर्न निवेदन तयार गरिरहेका बेला पार्टी महासचिव शंकर पोखरेलले गिरीको ठाउँमा आचार्यको नाम लेख्न भनेपछि गिरी रुष्ट भएर प्रदेश प्रमुखको कार्यालयमा नगई घर फर्केका थिए । गिरी शनिबारको संसदीय दलको वैठकमा उपस्थित भएनन् ।

गिरीले संसदीय परम्परा, विधि र प्रक्रिया मिचेर मुख्यमन्त्री चयन भएको भन्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीसंग तत्काल असन्तुष्टि पोख्दै दलको नेताबाट राजीनामा दिएको पत्र पठाएका थिए । दलको उपनेता चयन भएका भोजप्रसाद श्रेष्ठले सर्वसम्मतरुमा दलको नेता, उपनेता चयन भएका र प्रमुख सचेतक र सचेतक नियुक्ति पनि सहमतिमै भएको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको विजेता बन्दै एसिया कपका लागि छनोट भएको छ । शनिबार भएको फाइनलमा यूएईलाई पराजित गर्दै नेपाल एस...
भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

काठमाडौं । भोटेकोशी बाढीपछि शुक्रबार १७ः०० बजेसम्म १ हजार ३ सय ८४ जनाको शव फेला परेको छ । रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा,...
प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

खोटाङ।   नेपाल प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत चयन हुनुभएको छ । प्रेस युनियन खोटाङको शुक्रबार ...
प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत गरिएको छ ।  बिहीबारको मन्त्रिपरिषद् बैठकले असोज ६ देखि १० सम्म संय...