काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चारैजना पाइलटको मृत्यु भएको छ। दुर्घटना स्थानीय समयअनुसार, दिउँसो ३:५१ बजे मनिलाको दक्षिणमा पर्ने लिपा सहरस्थित फर्नान्डो एयर बेस नजिकै भएको हो। दुवै ‘एसएफ-२६०’ विमान कम उचाइमा उडिरहेका थिए। एउटा विमानको भग्नावशेष सैन्यकर्मीहरूको ब्यारेक नजिकै खसेको थियो। फिलिपिन्सको वायुसेनाले एसएफ-२६० विमानहरूको उडानमा रोक लगाएको छ। अनुसन्धान पूरा नभएसम्म यी विमानहरू उडाइने छैनन्। यस वर्ष हावामै विमानहरू ठोक्किएको यो विश्वकै पाँचौँ ठूलो दुर्घटना हो। फिलिपिन्सले किनेको थियो १८ वटा विमान एसएफ-२६० इटालीमा बनेका ट्रेनिङ विमान हुन्। फिलिपिन्सले सन् २०१०-११ को अवधिमा यस्ता १८ वटा…
काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर भत्काएर सपिङ प्लाजा निर्माण गर्न लागिएको घटनाप्रति विश्व हिन्दु परिषद् नेपालले कडा आपत्ति जनाएको छ। परिषद् अन्तर्गतको मठ-मन्दिर, अर्चक, पुरोहित विभागले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त कार्यको घोर भत्सर्ना गरेको हो। विभागका राष्ट्रिय अध्यक्ष दीपक आचार्यद्वारा जारी विज्ञप्तिमा रहिम बजार क्षेत्रमा रहेको उक्त ऐतिहासिक धरोहरलाई भू-माफिया र स्वार्थी समूहको मिलेमतोमा व्यापारिक स्वार्थका लागि ध्वस्त पार्न खोज्नु सांस्कृतिक आतंकवाद र धार्मिक अल्पसङ्ख्यकहरूको अधिकारमाथिको ठाडो प्रहार भएको उल्लेख गरिएको छ। स्थानीय हिन्दु समुदाय र नागरिक समाजका अभियन्ताहरूको तीव्र विरोधपछि हाल स्थानीय प्रशासनले मन्दिर…
काँकरभिट्टा, झापा झापाको मेचीनगर नगरपालिका वडा नं. ६ स्थित काँकरभिट्टामा श्रम संस्कृति पार्टीको वडा कार्यालय भवन निर्माण कार्य सम्पन्न भएको छ। स्थानीय युवा तथा श्रमदाताहरूको सक्रिय सहभागितामा दुई कोठे भवनको निर्माण कार्य पूरा भएको हो। निर्माण समितिका संयोजक पवित्र प्रसाद राईका अनुसार करिब ५० जना श्रमदाताहरूको संयुक्त श्रमदान र लगनशीलताबाट उक्त भवन निर्माण गरिएको हो। श्रम संस्कृतिको भावनालाई आत्मसाथ गर्दै स्थानीय श्रमशक्तिबाटै भवन तयार पारिएको संयोजक राईले जानकारी दिनुभयो। भौतिक निर्माणको काम सम्पन्न भइसकेको भए तापनि आवश्यक कार्यालय व्यवस्थापन (फर्निसिङ तथा आन्तरिक सजावट) को काम पूरा भएपछि मात्र भवनको औपचारिक उद्घाटन गरिने निर्माण समितिले जनाएको छ।
काठमाडौँ , नेपाल यू-१९ महिला क्रिकेट टोली आगामी आईसीसी महिला यू-१९ टी-२० विश्वकप तयारीका क्रममा दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार यू-१९ महिला क्रिकेट टोलीले आगामी नोभेम्बर ३ देखि ८ सम्म चीनमा आयोजना हुने बेल्ट एन्ड रोड यू-१९ गर्ल्स टी-२०आई प्रतियोगितामा सहभागिता जनाउने भएको हो। उक्त प्रतियोगितामा आयोजक चीनसहित नेपाल, हङकङ र थाइल्यान्डका टोली सहभागी हुनेछन्। त्यसैगरी भारतको बैङ्गलोरमा नोभेम्बर १० देखि २२ सम्म आयोजना हुने त्रिदेशीय शृंखलामा पनि नेपाल यू-१९ महिला क्रिकेट टोलीले सहभागिता जनाउनेछ। उक्त शृंखलामा नेपाल यू-१९ महिला टोली, भारत यू-१९ महिला 'ए' टोली र भारत यू-१९ महिला 'बी' टोलीबिच प्रतिस्पर्धा हुनेछ।
४ कार्तिक २०८३, बुधबार , झपा । नेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत आज विजया दशमी मनाइँदै छ। आज देशभरका नेपालीले मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरी दशैं मनाउँदैछन्। नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीकाको उत्तम साइत बिहान १० बजेर २६ मिनेटमा रहेको छ। त्यस्तै, देवी विसर्जनको साइत बिहान ८ बजेर ४९ मिनेटमा निर्धारण गरिएको छ। समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईका अनुसार दिनभर टीका लगाउन सकिने भए पनि शुभ साइतमा टीका लगाउन चाहनेहरूका लागि बिहान १०:२६ बजेको समय तोकिएको हो। साइतमा टीका लगाउँदा टीका लगाइदिने मान्यजन पूर्वतर्फ र टीका थाप्ने व्यक्ति पश्चिमतर्फ फर्कनुपर्नेछ। दशैंमा परिवार तथा आफन्तजन…
पेरिस । फ्रान्समा लगातार बढ्दै गएको हिंसात्मक प्रदर्शन, लुटपाट र तोडफोड नियन्त्रण गर्न सरकारले केही सहरलाई आंशिक कर्फ्यु लागू गर्ने अधिकार दिएको छ। प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले सप्ताहान्तमा भएका हिंसात्मक घटनापछि जनताको सुरक्षा र व्यापारिक प्रतिष्ठानको संरक्षणका लागि यस्तो कदम चालिएको बताएका छन्। प्रदर्शनका क्रममा फ्रान्सभर करिब २ हजार व्यवसाय प्रत्यक्ष प्रभावित भएको फ्रान्सको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रमुखले बताएका छन्। पसलहरूमा लुटपाट, तोडफोड तथा अन्य हिंसात्मक गतिविधि बढेपछि स्थानीय प्रशासनलाई थप अधिकार प्रदान गरिएको हो। प्रधानमन्त्री लेकोर्नुले फ्रान्समा यस्तो हिंसा कसरी उत्पन्न भयो भन्ने विषयमा नागरिकले जवाफ खोजिरहेको बताएका छन्। उनका अनुसार आन्दोलनको पछिल्लो स्वरूपले सार्वजनिक सुरक्षा र सामाजिक…
३१ असोज, काँकरभिट्टा, झापा । भारतका विभिन्न बाल संरक्षण गृहमा रहेका छ जना नेपाली बालबालिकालाई सुरक्षित रूपमा स्वदेश फर्काई परिवारसँग पुनर्मिलन गराइएको छ। भारतको पश्चिम बंगाल सरकार, कोलकातास्थित नेपालको महावाणिज्यदूतावास र नव अभियान नेपालबीचको निरन्तर समन्वय तथा सहकार्यपछि उनीहरूको स्वदेश फिर्ती प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको हो। पुनर्मिलन गराइएका बालबालिकामा १६ वर्षीया पूजा दनुवार, १६ वर्षीया रीता मण्डल, १५ वषीया सीता लिम्बु,१४ वर्षीया कमल मुखिया, १६ वर्षीय विनोद माझी,१५ वषीया सन्दिप गुप्ता रहेका छन्। (बालबालिकाको गोपनीयता र सुरक्षालाई ध्यानमा राखी समाचारमा नाम परिवर्तन गरिएको छ।) फरक–फरक परिस्थितिमा भारत पुगेका बालबालिकाप्राप्त विवरणअनुसार, सिराहाको हरिनगर क्षेत्रकी रीता करिब तीन महिनाअघि परिवारसँग बाबाधाम तीर्थयात्रामा…
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ७ काली खोला सुर्के झोलुंगे पुल नजिक मदन भण्डारी लोकमार्गमा दिउँसो ३.३० बजे भएको सवारी दूर्घटनामा एक जनाको ज्यान गएको छ भने १५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार त्रियुगा न.पा. वडा नं ७ कालीखोला सुर्के स्थित मदनभण्डारी लोकमार्गमा काठमाण्डौबाट धरान तर्फ आउँदै गरेको बा.प्र—.०१—००६ ख ८५२२ नम्बरको ओखलढुंगे बस आफै अनियन्त्रित भई रोडको साइडमा पल्टेका थियो । दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १५ जना घाईते भएका छन् । जिल्ला उदयपुर चौदण्डीगढी नंपां वडा न ४ बसाहा बस्ने वर्ष १८ की सोनु बसेल गम्भीर घाईते भई उपचारको…
काठमाडौं । २०औं एसियन गेम्समा पदक जित्न सफल खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकले सरकारबाट पुरस्कार पाएका छन् । सरकारले खेलकुद विकास नियमावलीअनुसार नेपाललाई पदक जिताउन सफल करातेका तेञ्जिङ शर्मा र महिला कबड्डी टोलीसहित प्रशिक्षक र व्यवस्थापकको खातामा पुरस्कार रकम जम्मा गरिदिएको हो । यसअघि २३ असोजमा बसेको मन्त्रिपरिषद्को बैठकले पदक विजेता खेलाडीलाई पुरस्कार दिने निर्णय गरेको थियो । जसअनुसार तेन्जिङले ६ लाख ५० हजार, उनका प्रशिक्षक कुशल श्रेष्ठले एक लाख ३० हजार र व्यवस्थापक युवराज लामाले ६५ हजार पाएका हुन् । कबड्डी टोलीका खेलाडीले जनही १ लाख ९५ हजार, मुख्य प्रशिक्षक पार्वती राईले १ लाख ३० हजार, सहायक प्रशिक्षक लोकबहादुर विष्ट…
काठमाडौं। अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशमा बसोबास गर्ने सनातन धर्मावलम्बीका लागि स्थानीय समयअनुसार विजया दशमी–२०८३ को टीका लगाउने शुभसाइत सार्वजनिक गरेको छ । समितिको २०८३ असोज २० गते बसेको बैठकको निर्णयअनुसार नेपालसहित विभिन्न देशका प्रमुख शहरमा स्थानीय मानअनुसार टीकाको साइत निर्धारण गरिएको हो । समितिका अनुसार काठमाडौंमा कात्तिक ४ गते बिहान १०ः२६ बजे विजयादशमीको टीका लगाउने शुभसाइत रहेको छ । भारतको दिल्लीमा बिहान ९ः११ बजे, भुटानको थिम्पुमा १०ः१४ बजे, अमेरिकाको न्युयोर्कमा १०ः११ बजे, फ्र्याङ्कफर्टमा १०ः४७ बजे, भ्यानकुभरमा ११ः४५ बजे, टेक्सासमा १०ः२७ बजे, वासिङ्टन डिसीमा १०ः२१ बजे, क्यालिफोर्नियामा ९ः५१ बजे र क्यानडाको टोरोन्टोमा १०ः४१ बजे टीका लगाउने शुभसाइत तोकिएको छ…