असार १३, कोशी प्रदेशमा बर्खा लागेसँगै पछिल्लो दुई सातामा विपतमा परी २४ जनाले ज्यान गुमाएका छन्। प्रदेश प्रहरी कार्यालय कोशीका अनुसार ३० जेठदेखि बुधबारसम्म बाढीपहिरो र चट्याङका कारण २४ जनाले ज्यान गुमाएका हुन्। बाढीपहिरोमा परी १८ र चट्याङबाट ६ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। बाढीपहिरो र चट्याङका कारण झापामा पाँच, मोरङमा ६, सुनसरीमा दुई, ताप्लेजुङमा पाँच, संखुवासभामा चार, ओखलढुंगामा एक र इलाममा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। बाढीपहिरोका कारण १७ जना घाइते हुँदा दुईजना बेपत्ता भएका प्रहरीले जनाएको छ। बाढीपहिरोमा परी कोशीमा दुई सय २५ घरपरिवार विस्थापित भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। झापामा २७,…
असार १३, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक कार्यालय (कक्षा १०) ले यस वर्षदेखि माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजामा चित्त नबुझे अनलाइनबाटै पुनर्योग निवेदन दिन सकिने व्यवस्था गरेको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले कार्यालयमा विद्यार्थीको चाप घटाउन अनलाइनबाटै पुनर्योग (रिटोटलिङ) गर्न पाउने व्यवस्था ल्याइएको जानकारी दिए । ‘हामीले अनलाइनबाटै पुनर्योग गर्ने व्यवस्था यसपटकदेखि गरेका छौं । यसपटकबाट पुनर्योग गर्न विद्यार्थीहरु लाइन लाग्नुपर्ने अवस्था हटाएका छौं’, उनले भने । पुनर्योगका लागि नतिजा प्रकाशन भएको १५ दिनभित्र निवेदन दिइसक्नुपर्ने शर्माले जानकारी दिए । त्यस्तै नतिजा नखुलेमा, अनुपस्थित देखाएमा वा प्रयोगात्मक नम्बर नदेखाएमा प्रवेशपत्र प्रतिलिपिसहित शिक्षा विकास तथा समन्वय इकाइ…
असार १३, मेचीनगर । एसईई परीक्षा २०८० मा झापा दमककी कुशिका बस्नेतले ४ जिपीए प्राप्त गरेकी छिन् ।दमक नगरपालिकास्थित सिद्धार्थ बोर्डिङ स्कूलकी छात्रा बस्नेतले ४ जिपीए प्राप्त गरेको शिक्षा विकास तथा समन्वय इकाई झापा परीक्षा शाखाका कर्मचारी ओमप्रकाश राईले बताए । राईका अनुसार नतिजा सम्बन्धि हालसम्म प्राप्त जानकारीमा बस्नेत झापाबाट ४ जिपीए प्राप्त गर्ने एकमात्र परिक्षार्थी रहेकी छिन् । झापामा एसईई परीक्षाका सहभागी मध्ये ७४७ जनाले ३.६ माथि जिपीए प्राप्त गरेका छन् । झापाबाट एसईई परीक्षामा सहभागी मध्ये ४७.३८ प्रतिशतले मात्र कक्षा ११ मा अध्ययन गर्न पाउने छन् । करिब ५३ प्रतिशतले पुनः परीक्षा दिनुपर्ने छ ।
मेचीनगर । नगर स्तरीय दलित समन्वय समिति मेचीनगरले आयोजना गरेको मेचीनगर स्तरीय अन्तर मावि वक्तृत्वकला प्रतियोगिताको उपाधि धुलाबारी माविकी दिब्या रायाले जितेकी छिन् । उपाधि जितेसँगै उनले नगद १० हजार १ सय २५ रुपैयाँ नगद, प्रमाणपत्र तथा मेडल प्राप्त गरिन् । मेचीनगर-८, स्थित आदर्श मावि परिसरमा बिहीबार सम्पन्न प्रतियोगिताको दोश्रो र तेस्रो क्रमशः ओसिएनिक निर्माण अंग्रेजी मावि बाहुनडाँगीका रिदम दुलाल, मेचीनगर १३ स्थित सरस्वती बाल कल्याण माविकी प्रोशिमा घिमिरे भइन् । दोस्रो रिदम दुलालले ७ हजार १ सय २५ प्राप्त गरे भने तेश्रो स्थान हासिल गर्न सफल प्रोशिमा घिमिरेले ५ हजार २ सय ५० रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरे…
असार १३ , काठमाडौं । गर्मी बढ्दोका कारण पाकिस्तानी जनताका लागि घातक साबित भएको छ। पछिल्लो छ दिनमा ५०० भन्दा बढीको ज्यान गएको पाकिस्तानी मिडियाले उल्लेख गरेका छन्। यी घटना दक्षिणी पाकिस्तानका भएको बताइएको छ। कराची सहरमा रहेको शव गृहमा दैनिक ३० देखि ४० शव ल्याउने गरिएको छ। तर पछिल्ला ६ दिनमा उनीहरूले करिब ५ सय ६८ शव सङ्कलन गरेका छन्, जसमध्ये मंगलबार मात्रै १४१ जनाको शव रहेको छ। यी सबैको मृत्युको कारण के हो भन्ने अहिले नै भन्न गाह्रो भएको बीबीसीको रिपोर्टमा उल्लेख छ । तर, गर्मी बढेसँगै मृत्यु हुनेको सङ्ख्या पनि बढेको हो । कराँचीको तापक्रम ४० डिग्री…
असार १३ ,काठमाडौँ । दुबई जान लागेका गायक राजेश पायल राईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएको छ । अत्यधिक मदिरा सेवन गरेको भेटिएपछि राईलाई विमानस्थलबाटै फर्काइएको हो । गायक राई बिहीबार बिहान १० बजे फ्लाइ दुबई एयरबाट दुबई जान लागेका थिए । उनले अत्यधिक मदिरा सेवन गरेको थाहा पाएपछि एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयको जिम्मा लगाइदिएको थियो । राई दुबईमा सांगीतिक कार्यक्रमका लागि जान लागेका थिए । मदिराको नशा सकिएपछि उनी अर्को फ्लाइटमार्फत जान सक्ने प्रहरीले जनाएको छ ।
असार १३ , काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ। कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् । अर्थात् परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् । योसँगै मौका परीक्षाको मिति पनि तय गरिएको छ। २ विषयसम्म अनुत्तीर्ण हुने विद्यार्थीका लागि साउन १८ र १९ गते मौका परीक्षा सञ्चालन गरिने बोर्डले जानकारी दिएको छ। बोर्डका अनुसार ननग्रेड ल्याउनेमध्ये २ विषयसम्म अनुत्तीर्ण हुनेमा १ लाख…
असार १३, झापा । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षाको नतिजा ग्रेडिङ प्रणालीअनुसार बिहीबार सार्वजनिक गरेको हो। नतिजाअनुसार ४७.८६ प्रतिशत परीक्षार्थीले मात्र ‘ग्रेडिङ’ प्राप्त गरेका छन् । ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् । योपटक बोर्डले नयाँ ‘लेटर ग्रेडिङ’ प्रणालीअनुसार नतिजा सार्वजनिक गरेको हो । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन्