Skip to main content

नयाँ तृष्णा

मेचीनगर स्तरीय अन्तर मावि वक्तृत्वकला प्रतियोगितामा प्रथम बनिन् धुलाबारी माविकी दिब्या राया

Advertisement

मेचीनगर । नगर स्तरीय दलित समन्वय समिति मेचीनगरले आयोजना गरेको मेचीनगर स्तरीय अन्तर मावि वक्तृत्वकला प्रतियोगिताको उपाधि धुलाबारी माविकी दिब्या रायाले जितेकी छिन् । उपाधि जितेसँगै उनले नगद १० हजार १ सय २५ रुपैयाँ नगद, प्रमाणपत्र तथा मेडल प्राप्त गरिन् ।

मेचीनगर-८, स्थित आदर्श मावि परिसरमा बिहीबार सम्पन्न प्रतियोगिताको दोश्रो र तेस्रो क्रमशः ओसिएनिक निर्माण अंग्रेजी मावि बाहुनडाँगीका रिदम दुलाल, मेचीनगर १३ स्थित सरस्वती बाल कल्याण माविकी प्रोशिमा घिमिरे भइन् ।

दोस्रो रिदम दुलालले ७ हजार १ सय २५ प्राप्त गरे भने तेश्रो स्थान हासिल गर्न सफल प्रोशिमा घिमिरेले ५ हजार २ सय ५० रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरे । विजेतालाई शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी, मेचीनगर ८ का वडाध्यक्ष गिरीराज धमलालगायतका अतिथिहरुले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।
‘जातीय विभेद र छुवाछुतको अन्त्य, समृद्ध र समतामुलक समाज हाम्रो गन्तव्य’ भन्ने शीर्षक भएको वक्तृत्वकला प्रतियोगितामा ३ दिनको छनौट चरणमार्फत ३४ विद्यालयका ६५ सहभागी मध्ये उत्कृष्ट १२ जना फाइनल प्रवेश गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि मेचीनगर नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले नगरले विद्यार्थीको पहिचान गर्ने कार्यक्रममा लगानी गरेको बताए । उनले हरेक विद्यार्थीमा चेतनाको स्तर वृद्धि हुँदै समाज रुपान्तरण र विकासमा मद्धत पुग्ने विश्वास ब्यक्त गरे ।

नगरप्रमुख बुढाथोकीले बोल्ने कलाको विकाससँगै भविष्यमा हरेक क्षेत्रमा नेतृत्व गर्ने गरिको जनशक्ति निर्माण गर्न यस किसिमका कार्यक्रमले मद्धत गर्ने आफूले विश्वास लिएको बताए ।
सो अवसरमा शिक्षा शाखा प्रमुख भण्डारी, वडाध्यक्ष धमला, आदर्श माविका प्रअ कृष्ण पुरी, प्याब्सन मेचीनगर अध्यक्ष डम्बर रुचाललगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा नगर उपप्रमुख मिना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, कार्यपालिका सदस्य, जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, संघ संस्था, पत्रकार, विभिन्न विद्यालयका प्रअ तथा शिक्षकहरु सहभागी थिए ।

मेचीनगर नगरपालिकाको आर्थिक सहयोग रहेको प्रतियोगिताको निणर्ायकमा प्राध्यापक प्रेमसागर घिमिरे, पूर्व शिक्षक राजकुमार विश्वकर्मा र सञ्चारकर्मी शुष्मा राजवंशी रहेका थिए । आयोजक समितिका अध्यक्ष रिता परियारको सभापतित्वमा सम्पन्न फाइनल प्रतियोगितामा स्वागत समितिका उपाध्यक्ष लक्ष्मी परियार र सञ्चालन शिक्षक जीआर धितालले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

४ साउन , झापा । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। अमेरिकाको न्युयोर्कस्थित न्यु जर्...
विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता

विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता

  काठमाडौं ।   न्युयोर्कको मेटलाइफ स्टेडियममा आइतबार अर्जेन्टिना र स्पेनबीच हुने फिफा विश्वकप २०२६ को फाइनल खेल इतिहासकै सब...
हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने

हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने

३ साउन, काठमाडौं । हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने भएको छ । हिमालय टिभी, हिमालय स्पोर्टस् र डि...
मेचीनगरको सार्वजनिक सुनुवाइमा जनआक्रोश, न्यून सहभागिताले कार्यक्रममाथि प्रश्न

मेचीनगरको सार्वजनिक सुनुवाइमा जनआक्रोश, न्यून सहभागिताले कार्यक्रममाथि प्रश्न

  मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रमप्रति नगरवासीले असन्तुष्टि जनाएका छन्। नगरपालिकाले सामुदायिक विका...