नयाँ तृष्णा

Day: २०८१ असार ४, सोमबार

खानेपानीका निर्वाचित समितिद्वारा सपथ ग्रहण

खानेपानीका निर्वाचित समितिद्वारा सपथ ग्रहण

काँकरभिट्टा, ३ असार । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका निर्वाचित सञ्चालक समिति तथा लेखा समितिका पदाधिकारी र सदस्यहरुको सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । आज खानेपानीको सभाहलमा सम्पन्न सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रमको प्रमुख अतिथि कोशी प्रदेश सरकारको खानेपानी, सिँचाई तथा उर्जामन्त्री एकराज कार्की रहेका थिए । निर्वाचन समिति संयोजक राजु कार्कीले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र बितरणका साथै सपथ समेत खुवाएका थिए । मन्त्री कार्कीले नवनिर्वाचित समितिलाई अविर र फुलमाला लगाएर बधाई दिएका थिए । ‘खानेपानी ऐन’ चाँडै आउँछ : मन्त्री कार्की मन्त्री कार्कीले ‘खानेपानी ऐन’ ल्याउन लागिएको बताएका छन् । उनले सबै…
Read More
सौन्दर्य राख्न कसरी धुने अनुहार

सौन्दर्य राख्न कसरी धुने अनुहार

अनुहारको छालालाई स्वस्थ, सफा र कोमल बनाउन फेसवास निकै आवश्यक हुन्छ। तर, फेसवास गर्ने तरिका सही हुनु जरुरी हुन्छ। यदि फेसवासमा सही तरिका नअपनाउने हो भने अनुहारको छालामा नोक्सान हुन्छ। फेसवाससम्बन्धी केही जानकारी थाहा पाउनुहोस्। १. फेसवासका लागि राम्रो प्रोडक्ट चयन गर्नुपर्छ। आफ्नो छालाको किसिमअनुसार फेसवास रोज्नुपर्छ। हर्वल फेसवास सबैभन्दा राम्रो विकल्प हो। यसको साइडइफेक्ट हुँदैंन। तैलीय छालाका लागि नीम, एलोभेरा र मिन्ट फेसवास प्रयोग गर्न सकिन्छ। सुख्खा छालाका लागि केसर, मिल्क एण्ड हनी फेसवास प्रयोग गर्न सकिन्छ। डेड स्कीनका लागि स्क्रबवाला फेसवास प्रयोग गर्न सकिन्छ। २. फेसवासका लागि बढी तातोपानी प्रयोग गर्नुहुन्न। यसले छाला खराब गर्न सक्छ। निकै चिसो…
Read More
१२ कक्षाको नतिजा नआए पनि चिकित्सा शिक्षा प्रवेश परीक्षामा भाग लिन पाइने

१२ कक्षाको नतिजा नआए पनि चिकित्सा शिक्षा प्रवेश परीक्षामा भाग लिन पाइने

काठमाड । कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई पनि चिकित्सा शिक्षातर्फ स्नातक तहको एकीकृत प्रवेश परीक्षामा सहभागी  हुन पाउने भएका छन्। चिकित्सा शिक्षा आयोगले कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई पनि चिकित्सा शिक्षातर्फ स्नातक तहको एकीकृत प्रवेश परीक्षामा सहभागी  हुन पाउने व्यवस्था गरेको हो। यसअघि चिकित्सा शिक्षाको प्रवेश परीक्षामा भाग लिन १२ कक्षा पास हुनु पर्थ्यो। एकीकृत प्रवेश परीक्षाका लागि आयोगले गत बुधबारदेखि आवेदन खुलाइसकेको छ। सो परीक्षाका लागि गत वैशाखमा १२ कक्षाको परीक्षा दिएका विज्ञान विषयका विद्यार्थीले १२ कक्षाको प्रवेशपत्रका आधारमा आवेदन दिन सक्ने छन्। चिकित्सा आयोगका उपाध्यक्ष प्राडा अञ्जनीकुमार झाले नियमित विद्यार्थीको सुविधाका लागि विशेष व्यवस्था गरिएको जानकारी…
Read More
कोशी प्रदेशमा चट्याङबाट एक दशकमा २५४ जनाको मृत्यु

कोशी प्रदेशमा चट्याङबाट एक दशकमा २५४ जनाको मृत्यु

झापा, ३ असार । कोशी प्रदेशमा बिगत दश वर्षमा चट्याङ लागेर २५४ जनाले ज्यान गुमाएका छन् । मनसुनी वर्षाको अवधिभर प्रदेशमा चट्याङले त्रास सिर्जना गर्दै आएको छ । कोशी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव कमल थापाका अनुसार वि.सं. २०७० देखि २०८० सम्मको एक दशकका मनसुनजन्य विपद्को विश्लेषण गर्दा सबैभन्दा बढी मानवीय क्षति चट्याङबाट सिर्जना भएको बताउनुभयो । उक्त अवधिमा कोशी प्रदेशमा चट्याङका ६९८ वटा घटना भएका थिए । जसमा २५४ जनाको मृत्यु र ५८७ जना घाइते भएको उहाँले जनकारी दिनुभयो । प्रदेशभर एक दशकमा ७५७ परिवार चट्याङबाट प्रभावित भएका थिए । उपसचिव थापाका अनुसार एक दशकमा चट्याङबाट रु. तीन…
Read More
‘बोक्सीको घर’को ५१ दिनको ‘सेलिब्रेसन’ अस्ट्रेलियामा

‘बोक्सीको घर’को ५१ दिनको ‘सेलिब्रेसन’ अस्ट्रेलियामा

काठमाडौं ।  केकी अधिकारीको निर्माण रहेको फिल्म ‘बोक्सीको घर’ले आइतबार रञ्जना सिनेप्लेक्समा ५१ दिन मनायो । यसअवधिमा फिल्मले घरेलु बजारमा १० करोडभन्दा बढीको व्यापार गरेको निर्माण पक्षको दाबी छ । फिल्ममा मुख्य कलाकारसमेत रहेकी केकीले ५१ दिनको खुसीयाली अस्ट्रेलियामा मनाएकी छन् । फिल्म प्रदर्शनको क्रममा विदेशमा रहेकी केकीले उतै नेपाली दर्शकसँग खुसी साटेकी हुन् । एडिलेडको एक हलमा आइतबार आयोजित कार्यक्रममा उनले केक काटेकी थिइन् । उनको यो फिल्म अहिले अस्ट्रेलियामा प्रदर्शनरत छ । यो फिल्म गत वैशाख १४ गते प्रदर्शनमा आएको थियो । यसको मुख्य भूमिकामा केकीसहित स्वेच्छा राउत र बालकलाकार सुपला भट्टराई छन् । 
Read More
दार्जिलिङमा रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो

दार्जिलिङमा रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो

झापा । भारतको दार्जिलिङको नयाँ जलपाईगुडी नजिकै एउटा मालगाडी कञ्चनजङ्घा एक्सप्रेससँग ठोक्किएर दुर्घटनाग्रस्त हुदा मृत्यु हुनेको संख्या १५ पुगेको छ । भारतीय रेलवे बोर्डले उद्धार कार्य पूरा भइसकेको र अहिलेसम्म मृत्यु हुनेको संख्या १५ पुगेको जनाएको छ । अगरतलाबाट सियालदह जाँदै गरेको १३१७४ नम्बरको कञ्चनजङ्घा एक्सप्रेस नयाँ जलपाईगुडी स्टेशन नजिकै रंगपानीमा मालगाडीसँग ठोक्किएको थियो । रेलवे बोर्डले उद्धार अभियान पूर्ण रूपमा सकिएको र अहिलेसम्म दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको जनाएको छ । हाल घाइते ६० जना अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि रेलमन्त्री अश्विनी वैष्णव दार्जिलिङ प्रस्थान गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति द्रौपदी मुर्मु, बंगालकी मुख्यमन्त्री…
Read More
आज मुस्लिम धर्मावलम्बीको पर्व बकर इद

आज मुस्लिम धर्मावलम्बीको पर्व बकर इद

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) सोमबार देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्रअर्थात् रमजान पर्वको ७० औं दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने चलन छ । यस अवसरमा काठमाण्डौको दरबारमार्ग स्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ । मुस्लिम धर्मावलम्बीले बुधबारसम्म तीन दिन यो पर्व मनाउने जनाइएको छ । यस पर्वका अवसरमा मक्का मदिना जानु शुभ मानिन्छ । मक्का मदिना जान गृह मन्त्रालयले आतेजाते विमान टिकटको…
Read More
चालकको हड्तालका कारण काठमाडौँका निजी पेट्रोल पम्प बन्द, सरकारीमा भीड

चालकको हड्तालका कारण काठमाडौँका निजी पेट्रोल पम्प बन्द, सरकारीमा भीड

काठमाडौं । पेट्रोलियम ढुवानी मजदुरले आइतबारबाट विभिन्न माग राख्दै सुरु गरेको आन्दोलनका कारण राजधानीमा पेट्रोलको अभाव देखिएको छ । आन्दोलनका कारण निजी क्षेत्रका पेट्रोल पम्पले पेट्रोलियम बिक्री वितरण रोकेर पेट्रोल पम्प बन्द गरेपछि सरकारी पम्पमा पेट्रोल भर्नेको भीड देखिएको छ । नेपाल आयल निगमका अनुसार शनिबारदेखि नै ट्यांकर चालकले विभिन्न माग राखेर आन्दोलन गरिरहेका छन् । यसै कारण पेट्रोलियम पदार्थ अभाव देखिएको हो । चालकले पेट्रोलियम पदार्थ बोक्ने ट्यांकर नचलाएका कारण पेट्रोलियम पदार्थ पम्पसम्म पुग्न सकेको छैन । ट्यांकर चालकको संघले विज्ञप्ति जारी गर्दै शनिबार कालोपट्टी बाँधेर, आइतबार गाडीमा कालो झन्डा राखेर र सोमबार पूर्ण रूपमा काम छाडेर ट्यांकरको साँचो…
Read More
छ किलो सुनसहित एक चिनियाँ मूलका नागरिक पक्राउ

छ किलो सुनसहित एक चिनियाँ मूलका नागरिक पक्राउ

३ असार २०८१, सोमबार, काठमाडौँ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआबी) ले छ किलो सुनसहित एक चिनियाँ मूलका नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३७ वर्षीय चिनियाँ मूलका नागरिक सोनाम गुरुङ रहेका केन्द्रीय अनुसन्धान ब्यूरो (सिआबी) का प्रवक्ता एवं प्रहरी उपरीक्षक होसवन्द्र बोगटीले जानकारी दिए । उनले भने, “काठमाडौँबाट छ किलो सुनसहित सोनाम गुरुङ भन्ने चिनियाँ मूलका नागरिकलाई पक्राउ गरिएको छ, यस विषयमा थप अनुसन्धान भइरहेको छ ।” पक्राउ परेका गुरुङको घरबाट प्रहरीले ४८ लाख नगद पनि बरामद गरेको सिआइबी ले जनाएको छ ।
Read More