Skip to main content

नयाँ तृष्णा

खानेपानीका निर्वाचित समितिद्वारा सपथ ग्रहण

[adsforwp id="2511"]

काँकरभिट्टा, ३ असार । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका निर्वाचित सञ्चालक समिति तथा लेखा समितिका पदाधिकारी र सदस्यहरुको सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

आज खानेपानीको सभाहलमा सम्पन्न सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रमको प्रमुख अतिथि कोशी प्रदेश सरकारको खानेपानी, सिँचाई तथा उर्जामन्त्री एकराज कार्की रहेका थिए ।

निर्वाचन समिति संयोजक राजु कार्कीले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र बितरणका साथै सपथ समेत खुवाएका थिए । मन्त्री कार्कीले नवनिर्वाचित समितिलाई अविर र फुलमाला लगाएर बधाई दिएका थिए ।

‘खानेपानी ऐन’ चाँडै आउँछ : मन्त्री कार्की

मन्त्री कार्कीले ‘खानेपानी ऐन’ ल्याउन लागिएको बताएका छन् । उनले सबै नागरिकको घर–घरमा स्वच्छ खानेपानी पुर्याउन खानेपानी ऐन ल्याउने कार्ययोजना तयार गरेको दावी गरे ।

आगामी आर्थिक वर्ष २०८१÷०८२ मा उक्त योजना अघि सारिएको छ । ‘खानेपानी ऐन’ खानेपानी ऐनमा स्थानीयले त्यसको संरक्षण गर्ने नीति ल्याएको उनको भनाई छ ।

कार्यक्रममा कोशी प्रदेश सभाका सदस्य गोपाल तामाङ, मेचीनगर नगरपालिकका मेयर गोपालचन्द्र बुढाथोकी, उपमेयर मीना पोखरेल उप्रेती, नवनिर्वाचित अध्यक्ष रोहित बुढाथोकी, अध्यक्षका उपविजेताद्वय सन्तोष आचार्य, सुदर्शन खड्का, निवर्तमान अध्यक्ष राजकुमार पराजुली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

निर्वाचन समिति संयोजक राजु कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सदस्य ज्ञानेन्द्र घिमिरेले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...