Skip to main content

नयाँ तृष्णा

खानेपानीका निर्वाचित समितिद्वारा सपथ ग्रहण

Advertisement

काँकरभिट्टा, ३ असार । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका निर्वाचित सञ्चालक समिति तथा लेखा समितिका पदाधिकारी र सदस्यहरुको सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

आज खानेपानीको सभाहलमा सम्पन्न सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रमको प्रमुख अतिथि कोशी प्रदेश सरकारको खानेपानी, सिँचाई तथा उर्जामन्त्री एकराज कार्की रहेका थिए ।

निर्वाचन समिति संयोजक राजु कार्कीले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र बितरणका साथै सपथ समेत खुवाएका थिए । मन्त्री कार्कीले नवनिर्वाचित समितिलाई अविर र फुलमाला लगाएर बधाई दिएका थिए ।

‘खानेपानी ऐन’ चाँडै आउँछ : मन्त्री कार्की

मन्त्री कार्कीले ‘खानेपानी ऐन’ ल्याउन लागिएको बताएका छन् । उनले सबै नागरिकको घर–घरमा स्वच्छ खानेपानी पुर्याउन खानेपानी ऐन ल्याउने कार्ययोजना तयार गरेको दावी गरे ।

आगामी आर्थिक वर्ष २०८१÷०८२ मा उक्त योजना अघि सारिएको छ । ‘खानेपानी ऐन’ खानेपानी ऐनमा स्थानीयले त्यसको संरक्षण गर्ने नीति ल्याएको उनको भनाई छ ।

कार्यक्रममा कोशी प्रदेश सभाका सदस्य गोपाल तामाङ, मेचीनगर नगरपालिकका मेयर गोपालचन्द्र बुढाथोकी, उपमेयर मीना पोखरेल उप्रेती, नवनिर्वाचित अध्यक्ष रोहित बुढाथोकी, अध्यक्षका उपविजेताद्वय सन्तोष आचार्य, सुदर्शन खड्का, निवर्तमान अध्यक्ष राजकुमार पराजुली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

निर्वाचन समिति संयोजक राजु कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सदस्य ज्ञानेन्द्र घिमिरेले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भोलिदेखि ग्यास भरी सिलिण्डर पाइने, मूल्य पनि तोकियो

भोलिदेखि ग्यास भरी सिलिण्डर पाइने, मूल्य पनि तोकियो

  काठमाडौँ। बुधबारदेखि भरी सिलिण्डर ग्यास पाइने भएको छ । नेपाल आयल निगमले मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै बुधबारदेखि भर...
नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद, ४० हजार जरिवाना

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद, ४० हजार जरिवाना

  काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई जिल्ला अदालत काठमाडौँले...
असहाय बालबालिकाको सेवाभन्दा ठूलो धर्म छैन : प्रमुख अतिथि ओली

असहाय बालबालिकाको सेवाभन्दा ठूलो धर्म छैन : प्रमुख अतिथि ओली

मेचीनगर, असार २४। झापाको मेचीनगर–७ स्थित जागृत बाल उद्धार केन्द्र नेपाल को १३औँ वार्षिक उत्सव शनिबार विविध कार्यक्रमका साथ ...
के सबै ६६६ नम्बर खतरनाक हुन्छन् ? बाइबलले वास्तवमा के भन्छ ?

के सबै ६६६ नम्बर खतरनाक हुन्छन् ? बाइबलले वास्तवमा के भन्छ ?

  सबै ६६६ नम्बर खतरनाक हुन्छन् ? धेरै इसाईहरूले ६६६ अंक देख्नेबित्तिकै त्यसलाई अशुभ वा ख्रीष्ट-विरोधीको चिन्ह ठान्ने गर्छन...