Skip to main content

नयाँ तृष्णा

कोशी प्रदेशमा चट्याङबाट एक दशकमा २५४ जनाको मृत्यु

Advertisement

झापा, ३ असार । कोशी प्रदेशमा बिगत दश वर्षमा चट्याङ लागेर २५४ जनाले ज्यान गुमाएका छन् । मनसुनी वर्षाको अवधिभर प्रदेशमा चट्याङले त्रास सिर्जना गर्दै आएको छ ।

कोशी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव कमल थापाका अनुसार वि.सं. २०७० देखि २०८० सम्मको एक दशकका मनसुनजन्य विपद्को विश्लेषण गर्दा सबैभन्दा बढी मानवीय क्षति चट्याङबाट सिर्जना भएको बताउनुभयो ।

उक्त अवधिमा कोशी प्रदेशमा चट्याङका ६९८ वटा घटना भएका थिए । जसमा २५४ जनाको मृत्यु र ५८७ जना घाइते भएको उहाँले जनकारी दिनुभयो । प्रदेशभर एक दशकमा ७५७ परिवार चट्याङबाट प्रभावित भएका थिए ।

उपसचिव थापाका अनुसार एक दशकमा चट्याङबाट रु. तीन करोड ९५ लाख ५८ हजार ५०० बराबरको भौतिक सम्पत्तिको क्षति भएको छ । खेतमा कृषिको काम गरिरहेका किसानहरु चट्याङको शिकार बन्ने गरेका छन् ।

कोशी प्रदेशमा एक दशक अवधिमा मनसुनजन्य विपद्का २०६० वटा घटना भएको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना २०८१’मा उल्लेख छ । यस अवधिमा मनसुनजन्य विपद्बाट ५८३ जना मानिसको मृत्यु, १२० जना वेपत्ता र ७४९ जना घाइते भएका थिए भने १८ हजार ७२८ परिवार प्रभावित भएका थिए ।

मनसुनजन्य विपद्मध्ये बाढीका ४६४ वटा घटनामा १३२ जनाले ज्यान गुमाएका थिए भने ८२ जना वेपत्ता र २५ जना घाइते भएका थिए । पहिरोबाट सोही अवधिमा ६७२ वटा घटना भएका थिए । जसमा १९२ जनाले ज्यान गुमाउनु परेको थियो भने ३८ जना वेपत्ता र ११९ जना घाइते भएका थिए ।

एक दशकको मनसुनजन्य विपद्बाट भएको मानवीय क्षतिको विश्लेषण गर्दा लगभग आधाजति मानवीय तथा भौतिक क्षति चट्याङबाटै हुने गरेको छ ।

विपद् विज्ञ यशप्रसाद सुब्बाले विश्वको चट्याङ पर्ने पाँच ‘हटस्पट’मा नेपाल पनि पर्ने बताउनुभयो । जलवायु परिवर्तन र भौगोलिक स्थितिका कारण नेपालमा चट्याङको प्रकोप हुने गरेको छ ।

“प्रभावकारी अर्थिङको व्यवस्था नहुनु र सचेतनाको कमीका कारण चट्याङबाट बढी क्षति भइरहेको छ”–विपद् विज्ञ सुब्बा भन्नुहुन्छ । चट्याङ प्राकृतिक प्रकोप भए तापनि यसबाट हुने क्षति न्यूनीकरणका उपायहरु छन् । तर मानवीय लापर्वाहीले बढी क्षति हुने गरेको विज्ञहरु बताउँछन् ।

नेपालमा खेतमा काम गरिरहेका किसानहरु चट्याङको निशानामा पर्ने गरेका छन् । मानिस र पशु चौपायाको बढी संख्यामा मृत्यु भइरहेको छ । चट्याङबाट विद्युतीय उपकरणमा समेत ठूलो आँकडामा हुने क्षति हुने गरेको छ ।

कोशी प्रदेशमा यसवर्ष एक लाख १३ हजार ३५३ घरधुरी मनसुनजन्य विपद्बाट प्रभावित हुने अनुमान गरिएको छ ।

जसमध्ये ३७ हजार ८०० घरधुरी अझ बढी प्रभावित हुनसक्ने अनुमान गरिएको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना २०८१’ मा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भोलिदेखि ग्यास भरी सिलिण्डर पाइने, मूल्य पनि तोकियो

भोलिदेखि ग्यास भरी सिलिण्डर पाइने, मूल्य पनि तोकियो

  काठमाडौँ। बुधबारदेखि भरी सिलिण्डर ग्यास पाइने भएको छ । नेपाल आयल निगमले मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै बुधबारदेखि भर...
नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद, ४० हजार जरिवाना

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद, ४० हजार जरिवाना

  काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई जिल्ला अदालत काठमाडौँले...
असहाय बालबालिकाको सेवाभन्दा ठूलो धर्म छैन : प्रमुख अतिथि ओली

असहाय बालबालिकाको सेवाभन्दा ठूलो धर्म छैन : प्रमुख अतिथि ओली

मेचीनगर, असार २४। झापाको मेचीनगर–७ स्थित जागृत बाल उद्धार केन्द्र नेपाल को १३औँ वार्षिक उत्सव शनिबार विविध कार्यक्रमका साथ ...
के सबै ६६६ नम्बर खतरनाक हुन्छन् ? बाइबलले वास्तवमा के भन्छ ?

के सबै ६६६ नम्बर खतरनाक हुन्छन् ? बाइबलले वास्तवमा के भन्छ ?

  सबै ६६६ नम्बर खतरनाक हुन्छन् ? धेरै इसाईहरूले ६६६ अंक देख्नेबित्तिकै त्यसलाई अशुभ वा ख्रीष्ट-विरोधीको चिन्ह ठान्ने गर्छन...