Skip to main content

नयाँ तृष्णा

१२ कक्षाको नतिजा नआए पनि चिकित्सा शिक्षा प्रवेश परीक्षामा भाग लिन पाइने

Advertisement

काठमाड । कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई पनि चिकित्सा शिक्षातर्फ स्नातक तहको एकीकृत प्रवेश परीक्षामा सहभागी  हुन पाउने भएका छन्।

चिकित्सा शिक्षा आयोगले कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई पनि चिकित्सा शिक्षातर्फ स्नातक तहको एकीकृत प्रवेश परीक्षामा सहभागी  हुन पाउने व्यवस्था गरेको हो।

यसअघि चिकित्सा शिक्षाको प्रवेश परीक्षामा भाग लिन १२ कक्षा पास हुनु पर्थ्यो। एकीकृत प्रवेश परीक्षाका लागि आयोगले गत बुधबारदेखि आवेदन खुलाइसकेको छ। सो परीक्षाका लागि गत वैशाखमा १२ कक्षाको परीक्षा दिएका विज्ञान विषयका विद्यार्थीले १२ कक्षाको प्रवेशपत्रका आधारमा आवेदन दिन सक्ने छन्।
चिकित्सा आयोगका उपाध्यक्ष प्राडा अञ्जनीकुमार झाले नियमित विद्यार्थीको सुविधाका लागि विशेष व्यवस्था गरिएको जानकारी दिए। उनले १२ कक्षाको विद्यार्थीको नतिजा आउन ढिलाइ हुँदा नियमित विद्यार्थीले पनि एकीकृत प्रवेश परीक्षाका लागि समय कुर्नुपर्ने व्यवस्था रहेकोमा यो पटकबाट कक्षा १२ को नतिजा नआइसकेको भए पनि परीक्षामा सहभागी हुन पाउने जानकारी दिए।

एमबिबिएस, बिडिएस, बिएस्सी नर्सिङ, फार्मेसीलगायत चिकित्सा शिक्षातर्फको स्नातक तहका विभिन्न विषयमा भर्ना हुन कक्षा १२ मा फिजिक्स, केमेस्ट्री, बायोलोजीलगायतका विषयमा अध्ययन गरेको हुनुपर्ने छ। उक्त विषयमा कम्तीमा ५० प्रतिशत वा २.४ जिपिए प्राप्त गरी उत्तीर्ण गरेको हुनुपर्ने छ।

डा झाले कक्षा १२ को नतिजाका कारण विद्यार्थीले लामो समय कुर्नुपर्ने भएकाले कक्षा १२ को परीक्षा दिएकाले पनि प्रवेश परीक्षामा सहभागी हुन पाउने व्यवस्था मिलाइएको जानकारी दिए। आयोगले स्नातक तहको एकीकृत प्रवेश परीक्षा आगामी १ भदौदेखि ५ भदौसम्म तोकेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने

हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने

३ साउन, काठमाडौं । हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने भएको छ । हिमालय टिभी, हिमालय स्पोर्टस् र डि...
मेचीनगरको सार्वजनिक सुनुवाइमा जनआक्रोश, न्यून सहभागिताले कार्यक्रममाथि प्रश्न

मेचीनगरको सार्वजनिक सुनुवाइमा जनआक्रोश, न्यून सहभागिताले कार्यक्रममाथि प्रश्न

  मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रमप्रति नगरवासीले असन्तुष्टि जनाएका छन्। नगरपालिकाले सामुदायिक विका...
टिकटकले नेपालमा एआई साक्षरता हब सञ्चालनमा ल्याउने

टिकटकले नेपालमा एआई साक्षरता हब सञ्चालनमा ल्याउने

  काठमाडौं । टिकटकले आफ्नो प्लेटफर्ममा एआईमार्फत सिर्जना गरिएको कन्टेन्टलाई सहज रूपमा चिन्ने र बुझ्ने क्षमता विकास गर्न प्...
भोलिदेखि ग्यास भरी सिलिण्डर पाइने, मूल्य पनि तोकियो

भोलिदेखि ग्यास भरी सिलिण्डर पाइने, मूल्य पनि तोकियो

  काठमाडौँ। बुधबारदेखि भरी सिलिण्डर ग्यास पाइने भएको छ । नेपाल आयल निगमले मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै बुधबारदेखि भर...