Skip to main content

नयाँ तृष्णा

कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीकै निरन्तरता

कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीकै निरन्तरता

कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीकै निरन्तरता

  १४ साउन, काठमाडौं । नेकपा एमालेले कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीलाई नै निरन्तरता दिने भएको छ । अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलबीच आज (बिहीबार) दिउँसो गुन्डुमा भएको छलफलले कार्कीलाई निरन्तरता दिने निर्णय गरेको हो । ‘राजनीतिक स्थायित्वमा असर पार्नेगरी निर्णय लिनु हुन्न भन्ने भयो,’ उच्च स्रोत भन्छ, ‘अब हिक्मत कार्कीकै नेतृत्वमा मन्त्रिपरिषद् पुनर्गठन हुन्छ ।’ संविधानको धारा १६८ (५) बमोजिम कार्की मुख्यमन्त्री नियुक्त भएकाले पनि उनैलाई निरन्तरता दिने सहमति जुटेको स्रोत बताउँछ । अध्यक्ष ओली कार्कीलाई हटाएर ताप्लेजुङबाट निर्वाचित सांसद तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउन चाहन्थे । त्यसैअनुसार मेन्याङ्बोसँग ओलीले कुरा गरेका थिए ।…
Read More
विश्व मानव बेचबिखन विरुद्ध दिवस: नव अभियान नेपालको घरदैलो सचेतना कार्यक्रम

विश्व मानव बेचबिखन विरुद्ध दिवस: नव अभियान नेपालको घरदैलो सचेतना कार्यक्रम

  काँकरभिट्टा। विश्व मानव बेचबिखन विरुद्ध दिवसको अवसरमा नव अभियान नेपालले मेचीनगर नगरपालिका–७ स्थित सतीघट्टा चिया बगान क्षेत्रमा घरदैलो सचेतनामूलक अभियान सञ्चालन गरेको छ। "Trapped Behind the Scam" (ठगीको जालमा नफसौँ) भन्ने मूल सन्देशसहित आयोजित घरदैलो कार्यक्रममा स्थानीय समुदाय, चिया बगानका श्रमिक, महिला, युवा तथा सर्वसाधारणलाई मानव बेचबिखनका जोखिम, झुटा प्रलोभन, सुरक्षित वैदेशिक रोजगार तथा सुरक्षित आप्रवासनसम्बन्धी जानकारी प्रदान गरिएको थियो। अभियानका क्रममा नव अभियान नेपालका प्रतिनिधिहरूले घरदैलो गर्दै मानव बेचबिखन रोकथामसम्बन्धी पर्चा, पुस्तिका (ब्रोसर), जानकारीमूलक सामग्री (लिफलेट) तथा पोस्टर वितरण गरेका थिए। साथै, झुटा रोजगारीका प्रस्ताव, अनलाइन ठगी, सामाजिक सञ्जालमार्फत हुन सक्ने शोषण तथा शंकास्पद गतिविधिको जानकारी समयमै सम्बन्धित…
Read More
रास्वपा सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

रास्वपा सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

  काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी घटनालगायत विषयमा छलफल गर्न भोलि बिहान ८ः०० बजे सर्वदलीय बैठक आह्वान गरेका छन् । सिंहदरबारस्थित लेखा समितिको बैठक कक्षमा बिहान उक्त बैठक संसद्मा रहेका सबै दलसहित उपेन्द्र यादव, महन्थ ठाकुर र सीके राउत नेतृत्वका दललाई आमन्त्रण गरिएको रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिए । बैठकका लागि सबै दललाई पत्राचार गर्नुका साथै सभापति लामिछानेले नेताहरूलाई आफैँ फोन गरेर आमन्त्रण गरेको महामन्त्री आचार्यको भनाइ छ । महामन्त्री आचार्यले अत्यन्तै संवेदनशील र दुखद् घटना तथा त्यसले निम्त्याएको असहज अवस्थामा सामाजिक रूपमा फैलन सक्ने द्वेष न्यूनीकरण गरी सद्भाव र शान्ति सुरक्षा कायम गर्न प्रशासनिक…
Read More
धार्मिक तथा साम्प्रदायिक सद्भाव कायम राख्न सरकारको अपिल

धार्मिक तथा साम्प्रदायिक सद्भाव कायम राख्न सरकारको अपिल

  काठमाडौँ। नेपाल सरकारले धार्मिक तथा साम्प्रदायिक सद्भाव कायम राख्न सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमा नेपाली समाजमा लामो समयदेखि कायम रहेको धार्मिक सहिष्णुता, आपसी एकता र सामाजिक सद्भावलाई जोगाउन सबैलाई जिम्मेवार ढंगले व्यवहार गर्न अपिल गरिएको छ। साथै, सामाजिक सद्भावमा असर पर्ने कुनै पनि गतिविधिमा संलग्न नहुन, उत्तेजनात्मक वा भ्रामक सूचना नफैलाउन तथा त्यस्ता सूचनाबाट प्रभावित नहुन आग्रह गरिएको छ। विज्ञप्तिअनुसार, साउन १० गते सुनसरीको देवानगन्ज गाउँपालिका–३, कप्तानगन्जमा भएको घटनापछि पूर्वी नेपालका केही जिल्लामा देखिएको अवस्थाप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। घटनामा घाइते भएकाहरूको निःशुल्क उपचारको व्यवस्था गरिएको पनि…
Read More
दुई पक्षबीचको झडपपछि सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु

दुई पक्षबीचको झडपपछि सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु

काठमाडौं । सुनसरीका विभिन्न स्थानहरू तोकेर जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ । यसअघि बिहान ७ बजेबाट विभिन्न ५ वटा इलाका तोकेर जिल्ला प्रशासन कार्यालयले कर्फ्यु जारी गरेको थियो । पछिल्लो सूचना अनुसार, कर्फ्यु लाग्ने स्थानहरू फेरिएको छ । जस अनुसार, पूर्वतर्फ इनरुवा नगरपालिका–३ र ६ को सीमा (महेन्द्र राजमार्ग अन्तर्गतको घोटाली टोल), पश्चिमतर्फ कोशी ब्यारेजको पुलमा कर्फ्यु आदेश जारी भएको हो । त्यस्तै उत्तर र दक्षिणतर्फ महेन्द्र राजमार्गदेखि २ सय मिटरको क्षेत्रमा कर्फ्यु लाग्ने जारी विज्ञप्तिमा उल्लेख छ ।
Read More
त्रिभुवन विश्वविद्यालयमा शिक्षामन्त्री पोखरेलविरुद्ध विद्यार्थीको प्रदर्शन, केही प्रदर्शनकारी नियन्त्रणमा

त्रिभुवन विश्वविद्यालयमा शिक्षामन्त्री पोखरेलविरुद्ध विद्यार्थीको प्रदर्शन, केही प्रदर्शनकारी नियन्त्रणमा

  काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवसका अवसरमा आयोजित विशेष समारोहमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलविरुद्ध विद्यार्थीले विरोध प्रदर्शन गरेका छन् । विश्वविद्यालयका सहकुलपति एवं विश्वविद्यालय सभाका उपाध्यक्षसमेत रहेका मन्त्री पोखरेल कार्यक्रममा सहभागी हुन पुग्दा विद्यार्थी समूहले नाराबाजीसहित विरोध प्रदर्शन गरेको हो । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) खारेज गरेको भन्दै असन्तुष्ट विद्यार्थीले मन्त्री पोखरेलविरुद्ध प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरूले ‘मेरिटोक्रेसी लागू गर’ र ‘नेपोबेबी शिक्षामन्त्री’ जस्ता नारा अंकित प्लेकार्डहरू प्रदर्शन गरेका थिए । विश्वविद्यालय परिसरमा असहज परिस्थिति सिर्जना भएपछि सुरक्षामा खटिएको प्रहरी टोलीले प्रदर्शनरत केही विद्यार्थीलाई नियन्त्रणमा लिएको छ । त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिकोत्सव…
Read More
बेथेल मण्डली दाङको को ७ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

बेथेल मण्डली दाङको को ७ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  घोराही, दाङ । साउन ६, २०८३, दाङको घोराही उप–महानगरपालिका–१३, दुम्रगाउँस्थित बेथेल मण्डली दाङको ७ औं वार्षिकोत्सव समारोह विविध कार्यक्रमसहित भव्यताका साथ सम्पन्न भएको छ। “जीवन परमप्रभुले हामीहरूलाई यहाँसम्म डोर्याउँदै ल्याउनुभयो“ (१ शमूएल ७ः१२) भन्ने मूल वचनलाई आधार मानेर आयोजित यस वार्षिकोत्सव कार्यक्रममा स्थानीय विश्वासी, अगुवा तथा विभिन्न मण्डलीका पास्टरहरूको उत्साहजनक उपस्थिति रहेको थियो। बेथेल चर्च दाङका पास्टर लाल घर्ती मगर (अर्पण) ले सञ्चालन गर्नुभएको सो कार्यक्रममा मण्डलीका क्वाएर भाइ–बहिनीहरूले स्वागत गीत प्रस्तुत गर्नुका साथै ख्रीष्टिय भजनमा नृत्य र विशेष नाटक (ड्रामा) समेत प्रस्तुत गरेका थिए, जसले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो। मत्ती १६ः१८ को वचन “म मेरो मण्डली यस…
Read More
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

४ साउन , झापा । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा भएको रोमाञ्चक फाइनलमा अतिरिक्त समयमा गरेको एकमात्र गोल स्पेनलाई १६ वर्षपछि विश्वकपको उपाधि दिलाउन पर्याप्त बन्यो। निर्धारित ९० मिनेटमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयको दोस्रो हाफमा फेरान टोरेसले १०६औँ मिनेटमा निर्णायक गोल गर्दै स्पेनलाई अग्रता दिलाए। त्यसअघि निर्धारित समयको अन्त्यतिर अर्जेन्टिनाका एन्जो फर्नान्डेजले दोहोरो पहेँलो कार्ड पाएपछि मैदान छाड्न बाध्य भएका थिए। त्यससँगै अर्जेन्टिना १० खेलाडीमा सीमित बनेको थियो, जसको फाइदा उठाउँदै स्पेनले अतिरिक्त समयमा गोल गर्दै उपाधि आफ्नो पक्षमा…
Read More
विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता

विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता

  काठमाडौं ।   न्युयोर्कको मेटलाइफ स्टेडियममा आइतबार अर्जेन्टिना र स्पेनबीच हुने फिफा विश्वकप २०२६ को फाइनल खेल इतिहासकै सबैभन्दा विलासी र अकल्पनीय मूल्यको प्रतियोगिता बनेको छ । सम्भवत लियोनेल मेसीको अन्तिम विश्वकप म्याच र लामिन यामलको उदयबीचको यो ऐतिहासिक भिडन्त हेर्न चाहने समर्थकका लागि टिकटको मूल्य यतिसम्म आकाशिएको छ कि खेल सुरु हुन २४ घण्टा पनि बाँकी नहुँदा पुनर्बिक्री (रिसेल) बजारमा एउटा टिकटको मूल्य २३ लाख अमेरिकी डलर अर्थात् करिब ३५ करोड ५३ लाख नेपाली रुपैयाँसम्म पुगेको छ । टिकट विशेषज्ञ स्कट फ्रिडम्यानका अनुसार फिफाले प्रयोग गरेको ‘डाइनामिक प्राइसिङ’ प्रणाली र टिकटहरूलाई चरणबद्ध रूपमा सार्वजनिक गर्ने रणनीतिक चालले नै माग…
Read More
हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने

हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने

३ साउन, काठमाडौं । हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने भएको छ । हिमालय टिभी, हिमालय स्पोर्टस् र डिगो मोबाइल एपबाट समेत विश्वकपको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने भएको हो । फाइनल खेल हेर्नबाट कोही पनि वञ्चित हुन नपरोस् भनी हिमालय टिभी व्यवस्थापनले यो निर्णय गरेको कार्यकारी निर्देशक श्याम कँडेलले जानकारी दिए । यसअघि हिमालय स्पोर्टस् र डिगो एप सब्स्क्राइब नगरेकाहरूले पनि फाइनल खेल भने नि:शुल्क हेर्न पाउने गरी व्यवस्था गरिएको हो । ‘आजबाट सबै पेवाल हटाएर नि:शुल्क हेर्न पाउने निर्णय गरेका छौं’, कँडेलले भने । नेपाली समय अनुसार, आज राति १२:४५ बजे फिफा विश्वकप–२०२६ को फाइनल…
Read More