१२ आश्विन, धुलाबारी । नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष रविन पोख्रेलले भारी वर्षाका कारण देशमा उत्पन्न कठिन परिस्थितिलाई मध्यनजर गर्दै तत्काल उद्धारमा लाग्न अपिल गरेका छन् । क्षेत्रीय सम्मलेनमा सहभागी हुन धुलाबारी आएका अध्यक्ष पोख्रेलले समापन समारोहलाई सम्बोधन गर्दै मुलुकभर भारी वर्षाका कारण जनधनको क्षति भइरहेको अवस्थामा तुरुन्त राहत तथा उद्धारमा खटिन सबै शाखाहरुलाई निर्देशन दिएका हुन् । विगतदेखिनै सामाजिक उत्तरदायित्वमा जेसीज अग्रभागमा रहँदै आएको बताउँदै अध्यक्ष पोख्रेलले समग्र देशनै विपदमा रहेको बखत आआफ्नो क्षेत्रबाट जेसीजकर्मीहरु लागि पर्ने विश्वास ब्यक्त गरे । दुखेको घाउमा जेसीज जहिल्यै मह्लम बन्ने गरेको छ, उनले भने, 'समाजमा हामीले गर्दै आएका सकारात्मक गतिविधिलाई एकपटक पुन: प्राकृतिक विपत्ति र…
१२ आश्विन, झापा । आमूल परिवर्तन नागरिक पार्टीकि केन्द्रीय उपाध्यक्ष तथा महिला नेतृ शुशिला बेघा (सबिना) को असामयिक निधन भएको छ । उहाँलाई पाटन अस्पतालमा करिब ३ बजे लगिए पनि उनको शुक्रबार राति अन्दाजी २ बजे घटना स्थलमा नै मृत्यु भएको अस्पताल प्रशासनले बताएको छ। केही दिन यता लगातार भारी वर्षाका कारण बाढी पहिरो र प्राकृति प्रकोपमा धेरै जना मारमा परेको अवस्था छ, उहाँ यसैको चपेटमा पर्नु भएको हो । काठमाडौं भैंसेपाटीमा बस्दै आउनुभएको बेघा गय राति सामान र छोराछोरी सुरक्षित स्थान तर्फ लैजाने क्रममा उनी पहिरो सँगै रुखले किचेर उनको मृत्युु भएको पारिवारिक स्रोतले जनाएको छ । विक्रम संवत…
१२ आश्विन, काठमाडौं । पछिल्लो तीन दिनदेखिको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर शनिबार साँझसम्म ६६ जनाको मृत्यु भएको छ । गृहमन्त्रलायले दिएको जानकारी अनुसार अहिलेसम्ममा देशभर गरेर ६६ जनाको मृत्यु भएको र अन्य ७९ जना बेपत्ता भएका छन् । हालम्म विपद्मा परेर ६० जना घाइते भएको मन्त्रालयले जानकारी दिएको छ । उपत्यकामा मात्रै ३४ जनाको मृत्यु भएको छ । जसमा काठमाडौंमा ११, भक्तपुरमा ५ र ललितपुरमा १८ जनाको मृत्यु भएको हो । त्यस्तै पाँचथरमा ५, धनकुटामा २, सोलुखुम्बुमा २, सुनसरीमा १, काभ्रेमा १४, धादिङमा १, सिन्धुपाल्चोकमा ४, दोलखामा ३ जनाको मृत्यु भएको छ । त्यसैगरी ललितपुरमा १५, काभ्रेमा…
१२ असोज, विराटनगर । कोशी ब्यारेजमा पानीको बहाब अत्यधिक बढेपछि पुलमाथिबाट पानी बगेको छ । सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीका अनुसार शनिबार अपरान्ह चार बजे ५ लाख ४९ हजार क्युसेक बाढी मापन भएको छ । बाढी कोशीको पुलमाथिबाट पनि बगेको उनले बताए । बाढीको बहाव उच्च भएपछि कोशीमा सवारी आवतजावत पनि बन्द गरिएको उनले बताए । यहाँ शनिबार साँझ मापन गरिएको साढे ५ लाख क्युसेक पानी ३७ वर्षयताकै उच्च हो । यसअघि सन् १९८७ मा ५ लाख २३ हजार क्युसेक मापन भएको थियो ।
११ आश्विन, एजेन्सी। एउटा सार्वजनिक विद्यालयमा सौभाग्य ल्याउने उद्देश्यले गरिएको कथित अनुष्ठान बलिमा एक सात वर्षीय बालकको हत्या गरेको आरोपमा पाँच जनालाई पक्राउ गरिएको प्रहरीले शुक्रबार जनाएको छ । प्रसिद्ध ताजमहल नजिकैको हाथरस सहरमा रहेको छात्रावासमा आफ्नै ओछ्यानमा पीडित बालकलाई आइतबार राति मृत फेला पारिएको थियो । अधिकारीहरूलाई सूचित गर्नुको सट्टा विद्यालयका निर्देशक दिनेश बघेलले शवलाई आफ्नो कारको डिक्कीमा लुकाएर राखेको प्रहरीले बताएको छ । प्रहरी अधिकारी हिमांशु माथुरले बघेलका पिताले आयोजना गरेको कालो जादु (तान्त्रिक विधि) समारोहअघि नै बालकको हत्या गरिएको बताए । “बालकलाई अनुष्ठानको हिस्साका रूपमा वेदीमा लैजाने योजना थियो तर समारोह पूरा हुनुभन्दा अघिनै उनलाई मारियो”, उनले…
११ आश्विन, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगातारको वर्षाका कारण प्राकृतिक विपत्तिको अवस्था सिर्जना हुनसक्ने भन्दै राज्यका सबै निकाय, सबै राजनीतिक दल, सामाजिक संघसंगठन तथा आफ्नो पार्टीका कार्यकर्तालाई सतर्क रहँदै जनसेवामा जुट्न आग्रह गरेका छन् । अध्यक्ष प्रचण्डले लगातारको भारी वर्षाका कारण खोला र नदीका किनारमा पानीको सतह बढिरहेको भन्दै पानीको बहावले प्राकृतिक विपत्तिको अवस्था सिर्जना हुनसक्ने भएकोले नदी किनारा, तटीय क्षेत्र र सम्भावित जोखिम क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन हार्दिक अनुरोध गरेका छन् । उनले भनेका छन्- राज्यका सबै निकाय, सबै राजनीतिक दल, सामाजिक संघसंगठन, सञ्चार क्षेत्रलगायत सबैमा जनताको दु:खमा हातेमालो गर्न हार्दिक अपिल गर्दै…
११ आश्विन , झापा । कोशी प्रदेशका बिभिन्न स्थानमा तीन दिनदेखिको जारी अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ। अविरल वर्षाका कारण इलाम,पाँचथर, ताप्लेजुङलगायतका हिमाली तथा पहाडी जिल्लाका सडकहरू अवरुद्ध बनेका छन्। सडक भत्किएका कारण यातायातका साधन चल्न सकेका छैनन् । झापाको बिर्तामोडकाे बिर्ताबजार, सैनिकमाेड र बिराटपाेखरीलगायतकाे आसपासका घर, पसल, कलकारखाना, अस्पतालगरि ५० भन्दाबढी डुवानमा परेको छ । जेसेवीले आसपासका डुवान पानीलाई तर्काउने काम गरिएको छ । भारी वर्षाका कारण प्रदेशका कतिपय स्थानीय तहले सामुदायिक तथा संस्थागत विद्यालयको पठनपाठन स्थगित गरेका छन्। निजी विद्यालयको छाता संगठन प्याव्सन, एन प्याव्सनले पनि विद्यालय बन्द गराएका छन् कोशी प्रदेशअन्तर्गत तराईका झापा, मोरङ र…
१० असाेज, विराटनगर । सप्तकोशीमा खसेको बसबाट सबै २० यात्रुको उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख विपिन रेग्मीले नदीमा खसेकाे बसबाट २० जनालाई उद्धार गरेर उपचारका लागि पठाइएकाे जानकारी दिए । विराटनगरबाट उदयपुरको गाईघाटतर्फ जाँदै गरेको को १ ख ४६०१ नम्बरको बस कोशी ब्यारेज पुलकाे ३५ नम्बर ढोकाबाट नदीमा खसेको थियाे । तीव्र गतिमा रहेकाे बस साझ ६ बजे चिप्लिएर नदीमा खसेकाे थियाे । बसमा कति यात्रु सवार थिए भन्ने खुलेको छैन । नदीमा खसेकाे बस निकाल्ने प्रयास भइरहेकाे एसपी रेग्मीले बताए । सप्तरीका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मगरातीले बसमा सवार २० जनाको उद्धार गरी नजिकको अस्पतालहरुमा…
मेचीनगर। सिद्धार्थ बैंक काँकरभिट्टा शाखाले आफ्नो वार्षिक सामाजिक उत्तरदायित्व अन्तर्गत मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयलाई दुई थान कम्प्युटर प्रदान गरेको छ। विद्यालयमा मंगलबार आयोजित एक विशेष समारोहकाबीच कम्प्युटर हस्तान्तरण गरिएको हो। सिद्धार्थ बैंकका कर्मचारी तथा मेचीनगर–३ निवासी राजकुमार थापाको विशेष पहलमा विद्यालयले कम्प्युटर प्राप्त गरेको हो। थापाको यस महत्वपूर्ण योगदानले विद्यालयका विद्यार्थीहरूलाई प्रविधिसँग नजिक आउने अवसर प्रदान गर्ने विश्वास गरिएको विद्यालयले जनाएको छ। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर थापाको सभापतित्वमा सिद्धार्थ बैंकको कोशी प्रदेशीय कार्यालय बिर्तामोडका प्रमुख सुभाष श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित थिए। साथै, बैंकका काँकरभिट्टा शाखा प्रमुख सुमेश देवकोटा, कर्जा अधिकृत सरोज अधिकारी, सहायक अधिकृत राजकुमार थापा,…
८ आश्विन, काठमाडौं । लेबनानमा इजरायलले सोमबारदेखि गरेको आक्रमणमा अहिलेसम्म ५५८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । लेबनानका स्वास्थ्यमन्त्री फिरास अबियादले मृत्यु हुनेमा ५० बालबालिका र ९४ महिला समेत रहेका छन् । इजरायली हवाई हमलाका कारण लेबनानमा अहिलेसम्म १८ सय ३५ जना घाइते भएका छन् । इजरायलले लेबनानमा रहेका हिजबुल्लाहका केन्द्रहरुमा भिषण आक्रमण शुरु गरेको छ । आक्रमणपछि दक्षिणी लेबनानमा हजारौं मानिस विस्थापित भएको मिडिया रिपोर्टमा उल्लेख छ । अहिलेसम्म हवाई हमलामा विस्थापित भएका १६ हजार ५०० जनालाई १५० विद्यालयमा राखिएको बताइएको छ । इजरायलले घर नजिकै हतियार राखिएको ठाउँ छाड्न सर्वसाधारणलाई आग्रह गरेको छ । इजरायलले…