Skip to main content

नयाँ तृष्णा

राहत तथा उद्धारमा खटिन राष्ट्रिय अध्यक्ष पोख्रेलको अपिल

[adsforwp id="2511"]

धुलाबारी । नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष रविन पोख्रेलले भारी वर्षाका कारण देशमा उत्पन्न कठिन परिस्थितिलाई मध्यनजर गर्दै तत्काल उद्धारमा लाग्न अपिल गरेका छन् ।

क्षेत्रीय सम्मलेनमा सहभागी हुन धुलाबारी आएका अध्यक्ष पोख्रेलले समापन समारोहलाई सम्बोधन गर्दै मुलुकभर भारी वर्षाका कारण जनधनको क्षति भइरहेको अवस्थामा तुरुन्त राहत तथा उद्धारमा खटिन सबै शाखाहरुलाई निर्देशन दिएका हुन् ।

विगतदेखिनै सामाजिक उत्तरदायित्वमा जेसीज अग्रभागमा रहँदै आएको बताउँदै अध्यक्ष पोख्रेलले समग्र देशनै विपदमा रहेको बखत आआफ्नो क्षेत्रबाट जेसीजकर्मीहरु लागि पर्ने विश्वास ब्यक्त गरे ।

दुखेको घाउमा जेसीज जहिल्यै मह्लम बन्ने गरेको छ, उनले भने, ‘समाजमा हामीले गर्दै आएका सकारात्मक गतिविधिलाई एकपटक पुन: प्राकृतिक विपत्ति र प्रकोपतर्फ केन्दृत गर्न जरुरी देखिएको छ । म अहिल्यैबाट उद्धार र राहतमा लाग्न अपिल र आग्रह गर्दछु ।’

चारवटा क्षेत्र रहेको नेपाल जेसीजको क्षेत्र क अन्तर्गतको सम्मेलन झापाको धुलाबारीमा शुक्रबार र शनिबार सम्पन्न गर्ने जेसीजले यसअघिनै निर्णय गरेको थियो । सम्मेलनको आतिथ्यता धुलाबारी जेसीजले गरेको थियो ।

विभिन्न शाखाबाट ६ सयबढी जेसीजकर्मी सहभागी बन्ने दाबी आयोजकले गरेपनी मौसम प्रतिकुलताका कारण करिब ३५० को संख्यामा जेसीजका सदस्य सहभागी भएको आयोजकले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...