१६ बैशाख २०८३, बुधबार, मेचीनगर । झापा काँकरभिट्टा–धुलाबारी–धाइजन–चारआली–बिर्तामोड सडक खण्डमा साँझपख लोकल सवारी साधनहरूले मनपरी भाडा असुल्ने गरेको भन्दै यात्रुहरूबाट व्यापक गुनासो आएको छ। विशेषगरी म्याजिक, टेम्पो तथा माइक्रोबसहरूले नियमित समयभन्दा फरक गरी दोब्बर भाडा लिने प्रवृत्ति बढ्दै गएको यात्रुहरू बताउँछन्। यात्रुहरूको भनाइ अनुसार काँकरभिट्टादेखि धाइजनसम्म सामान्य अवस्थामा ३० देखि ३५ रुपैयाँ भाडा लाग्ने भए पनि साँझ परेसँगै सोही दूरीका लागि ६० /७० रुपैयाँसम्म असुल्ने गरिएको छ। “जाने भए जाऊ, नजाने भए नजाऊ” भन्ने शैलीमा चालक तथा सहचालकले यात्रुलाई दबाब दिने गरेको समेत गुनासो आएको छ। हाल अन्तर्राष्ट्रिय स्तरमा देखिएको इरान, अमेरिका र इस्राएलबीचको तनावका कारण इन्धनको मूल्य वृद्धि भएको…
काठमाडौं । पश्चिम अफ्रिकी देश मालीमा विद्रोही समूहले गरेको भीषण आत्मघाती हमलापछि देशको सुरक्षा अवस्था झनै तनावपूर्ण बनेको छ। पछिल्लो अपडेट अनुसार राजधानी नजिकै सैन्य मुख्यालय लक्षित गरी ट्रक बम विस्फोट गराइएको थियो, जसमा मालीका रक्षामन्त्रीको मृत्यु भएको पुष्टि गरिएको छ। स्थानीय सुरक्षा अधिकारीहरूका अनुसार विस्फोट अत्यन्त शक्तिशाली थियो, जसले भवनका संरचनामा ठूलो क्षति पुर्याउनुका साथै दर्जनौं सैनिक घाइते भएका छन्। केही घाइतेहरूको अवस्था गम्भीर रहेकाले मृतक संख्या अझ बढ्न सक्ने आशंका गरिएको छ। प्रारम्भिक अनुसन्धानले घटनामा इस्लामिक उग्रवादी समूहहरूको संलग्नता हुन सक्ने संकेत गरेको छ। मालीमा पछिल्ला वर्षहरूमा यस्ता समूहहरूको गतिविधि बढ्दै गएको छ, विशेष गरी उत्तरी र मध्य…
१३ बैशाख २०८३, आईतवार, काठमाडौँ । योवर्षको कक्षा १२ को परीक्षा भोली सोमबारबाट सुरु हुँदैछ । परीक्षामा ४ लाख १८ हजार ८ जना विद्यार्थी सहभागी हुँदैछन् । गतवर्षको तुलनामा योवर्ष करिब ९० हजार विद्यार्थी घटेका छन् । गत वर्षसम्म पुरानोकोर्षका विद्यार्थी सहभागी थिए । त्यसले गर्दा विद्यार्थी संख्या बढेको पनिकाको भनाई छ । परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले पुरानो कोर्ष अध्ययनगर्ने विद्यार्थीले ३ वषसम्म परीक्षा दिने अवसर पाएका कारण गत वर्षसम्म विद्यार्थी संख्या बढेको जानकारी दिनुभयो । तीनवर्षसम्मको अवसर सकिएकाले यो वर्ष विद्यार्थी संख्या घटेको हो । यतिका धेरै विद्यार्थी घट्नुको कारण खोजी गर्नुपर्ने देखिएको छ । एसईईमा करिब साढे ४…
– होमराज राई, ब्यस्त सहरका गल्ली–गल्ली र सडकहरूमा मौन पीडाहरू भौतारिरहेका हुन्छन्। कतै बिरक्तिएका मनहरू छन्, कतै रित्तिएका आशाहरू, त कतै पागलपनले भरिएका जीवनहरू। म कहिलेकाहीँ सडकको किनारमा उभिएर फर्केर हेर्छु,– खै, यी भीडहरू कहाँ पुग्न हतारिएका हुन्? कसैलाई एकक्षण पनि फुर्सद छैन, कसैले कसैको लागि सोच्ने समय छैन। तर यिनै भीडभित्रका मानिसहरू पनि त मानव कोखबाटै जन्मेका हुन्। अनि किन त्यही मानव कोखबाट जन्मिएका केही नाबालकहरू आज पशुजस्तै जीवन बिताउन बाध्य छन् ? यो त्यस्तै एउटा बालकको कथा हो—सहरले “खाते” भनेर चिन्ने एउटा जीवन। ऊ करिब दुई वर्षको हुँदादेखि नै सडक र फोहोरका थुप्राहरूबीच हुर्किएको थियो। न उसको…
११ बैशाख २०८३, शुक्रबार, काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौँ उपत्यकाका खोला किनारमा रहेका सुकुम्बासी बस्तीहरूलाई मानवीय ढंगले सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी भइरहेको बताएका छन्। शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले हरेक वर्ष बाढीका कारण हजारौँ नागरिक प्रभावित हुने गरेको उल्लेख गर्दै ज्यान जोगाउनसमेत संघर्ष गर्नुपर्ने अवस्था दोहोरिँदै आएको बताए। उनका अनुसार यो समस्या वर्षौंदेखि निरन्तर दोहोरिँदै आएको भए पनि अब यसलाई थाती नराखी दीर्घकालीन समाधान आवश्यक रहेको छ। प्रधानमन्त्री शाहले खोला किनारका बस्तीहरूका कारण डुबानको जोखिम मात्र नभई ढल निकास प्रणालीमा समेत अवरोध पुगेको उल्लेख गर्दै यसले उपत्यकाको वातावरणीय समस्या थप जटिल बनाएको बताएका छन्। उनले थापाथली, गैरीगाउँ, मनोहरा लगायतका…
काठमाडौँ, सरकारले आगामी तीन महिना कुनै पनि कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न निर्देशन दिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालय, आयोग र निकाय (सबै)लाई पत्राचार गर्दै उक्त व्यवस्था गर्न निर्देशन दिएको हो। सरकारको गत चैत १३ गतेको निर्णयअनुसार स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीको उच्च प्राथमिकतका साथ कार्यान्वयन भइरहेको सन्दर्भमा प्रधानमन्त्री कार्यालयले उक्त निर्देशन दिएको हो। 'कर्मचारी वैदेशिक भ्रमणमा जाँदा उक्त एक सय कार्यसूचीको कार्यान्वयनमा बाधा उत्पन्न हुनसक्ने भएकाले वैदेशिक भ्रमणमा कुनै पनि कर्मचारीलाई मनोनयन नगर्न अनुरोध छ', प्रधानमन्त्री कार्यालयद्वारा जारी निर्देशनमा उल्लेख छ ।
काठमाडौँ। नेपाल प्रहरी र सशस्त्र प्रहरीले थापाथलीस्थित वाग्मती नदी किनारको सुकुम्वासी बस्ती खाली गराउन माइकिङ गरेका छन् । वैशाख १२ गते बिहान ६ बजेदेखि बस्ती खाली गराइने भन्दै बिहीबार साँझ चेतावनी दिइएको हो । यसअघि, बुधबारमात्र प्रधानमन्त्री बालेन शाहले सुरक्षा निकायका प्रमुखलाई बोलाएर शनिबार र आइतबार सुकुम्वासी बस्ती खाली गराउन निर्देशन दिएका थिए।
८ बैशाख २०८३, मंगलवार, काठमाडौँ। देशका विभिन्न भागमा बढ्दो तापक्रमसँगै तातो हावाको लहर (लु) को जोखिम अझै केही दिन कायम रहने भएको छ । जल तथा मौसम विज्ञान विभागले बिहीबारसम्म तराईका केही जिल्लामा लु चल्ने सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । विभागका अनुसार आज दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । धनगढी र नेपालगञ्जमा ४३ डिग्री, भैरहवामा ४४ डिग्री र काठमाडौँमा ३३ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ । विभागका मौसमविद् विनु महर्जनका अनुसार पूर्वी भूभागमा शनिबारसम्म र पश्चिम क्षेत्रमा अझै केही दिन बढी तातो रहने सम्भावना…