२१ फाल्गुन २०८२, बिहीबार, काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा देशभरको सुरक्षा अवस्था मजबुत रहेको र शान्तिपूर्ण रूपमा मतदान भइरहेको जनाएको छ । केही जिल्लाहरूमा सामान्य विवाद र प्राविधिक कारणले मतदान प्रक्रिया केही समयका लागि प्रभावित भएपनि हाल सबै स्थानमा मतदान सुचारु भइसकेको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले सर्लाही, स्याङ्जा र दोलखा लगायतका कतिपय जिल्लाहरूमा आंशिक रूपमा थोरै समयका लागि मतदान रोकिएको थियो । तर स्थानीय प्रशासनको सक्रियता र निर्वाचन आयोगको तत्काल सहजीकरणका कारण ती समस्याहरू समाधान भइसकेका छन् । यसैगरी, ओखलढुङ्गा र दाङ लगायतका केही जिल्लाहरूमा मतदाताहरूले स्थानीयस्तरका केही मागहरू राखेको विषय पनि आयोगको जानकारीमा आएको…
२१ फाल्गुन २०८२, बिहीबार, झापा । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मेचीनगर नगरपालिका–१० स्थित धुलाबारी माध्यमिक विद्यालयको मतदान केन्द्रबाट १०४ वर्षीया वृद्धाले मतदान गरेकी छन्। झापा जिल्ला क्षेत्र नं. १ की स्थानीय तुलसा कोइरालाले उक्त मतदान केन्द्रमा मतदान गरेकी हुन्। उनी छोरा र नातिको सहयोगमा मतदान केन्द्र पुगेर मतदान गरेकी थिइन्। उच्च उमेर हुँदाहुँदै पनि मतदानमा सहभागी भएकी कोइरालाको उत्साहले अन्य मतदातालाई पनि प्रेरणा दिएको स्थानीयले बताएका छन्।
२१ फाल्गुन २०८२, बिहीबार, काठमाडौँ। दोलखाको तामाकोशीस्थित एक मतदान केन्द्रमा बिहीबार विवाद भएपछि प्रहरीले हवाई फायर गरेकाे छ। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएकाे हाे । तामाकोशीको वडानम्बर-४ मा कर्मचारीमाथि नै हातपात गर्न खोजेपछि सुरक्षाकर्मीले एक दुई हवाई फार गरेकाे प्रशासनले जनाएकाे छ। अहिले अवस्था सामान्य भैसकेकाने प्रशासनले जानकारी गराएकाे छ ।
२० फाल्गुन २०८२, बुधबार, काठमाडौँ। भोलि हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा हेलिकप्टरबाट पनि गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिले निर्णय गरेको छ। बिहीबार हुने निर्वाचनमा देशभरि नै हेलिकप्टरबाट गस्ती गर्ने निर्णय गरेको गृह मन्त्रालयका सहप्रवक्ता एवं रमा आचार्यले जानकारी दिइन्। गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा सुरक्षा समितिको बैठक बसेको थियो। आचार्यका अनुसार बैठकले हेलिकप्टर तयारी अवस्थामा राख्ने निर्णय समेत गरेको छ।
२० फाल्गुन २०८२, बुधबार, काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ७७ वटै जिल्लामा सम्पूर्ण तयारी पूरा भएको गृह मन्त्रालयले जनाएको छ। बुधबार बिहान मन्त्रालयमा आयोजित भर्चुअल बैठक (जुम) मार्फत सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग समन्वय गरी निर्वाचन सुरक्षालगायत व्यवस्थापकीय पक्षको समीक्षा गरिएको हो । गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा मन्त्रालयका उच्च अधिकारी तथा देशभरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सहभागी थिए । करिब तीन घण्टा चलेको बैठकमा जिल्लागत निर्वाचन तयारी, सुरक्षा व्यवस्थापन, संवेदनशील मतदान केन्द्रहरूको अवस्था तथा केन्द्र–जिल्ला समन्वयबारे विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका सह–प्रवक्ता रमेश आर्चायका अनुसार सबै जिल्लाबाट निर्वाचनको…
१८ फाल्गुन २०८२, सोमबार, काठमाडौं। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज सोमबार मध्यरातदेखि मौन अवधि सुरु हुँदैछ। मतदान हुनुभन्दा ४८ घण्टा अघिदेखि लागू हुने मौन अवधि मतदान केन्द्र बन्द नहुन्जेलसम्म कायम रहनेछ। निर्वाचन आयोग ले जारी गरेको आचारसंहिता २०८२ अनुसार मौन अवधिमा उम्मेदवार, राजनीतिक दल तथा भ्रातृ संगठनले कुनै पनि प्रकारको प्रचारप्रसार, सभा, जुलुस, अन्तरक्रिया वा सामाजिक सञ्जालमार्फत पक्ष–विपक्षमा सामग्री पोस्ट, सेयर वा प्रतिक्रिया दिन पाउने छैनन्। मतदानस्थलको ३०० मिटर वरपरका प्रचार सामग्री हटाउनुपर्ने व्यवस्था गरिएको छ। मौन अवधिको उल्लंघन गरेमा निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ अनुसार एक लाख रुपैयाँसम्म जरिवाना तथा उम्मेदवारी रद्द हुन सक्ने प्रावधान…
काठमाडौँ, १७ फागुन – इरानका सर्वोच्च नेता अली खामेनीको मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ। उनको निधनमा ४० दिन राष्ट्रिय शोक घोषणा गरिएको जनाइएको छ। यसअघि अमेरिकी राष्ट्रपतिले आफ्नै सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत खामेनी मारिएको दाबी गरेका थिए। तर त्यतिबेला इरानबाट औपचारिक पुष्टि भएको थिएन। इरानका विदेशमन्त्री अब्बास अराघचीले एनबीसी समाचार सँगको कुराकानीमा सर्वोच्च नेता सुरक्षित र स्वस्थ रहेको बताएका थिए। तर पछि इरान राज्य टेलिभिजनका एक प्रस्तोताले भावुक हुँदै खामेनीको निधन भएको र ४० दिन शोक मनाइने घोषणा गरेको जानकारी दिएको BBCले जनाएको छ। यसैबीच अलजजिराका अनुसार इरानको फार्स न्युज एजेन्सीले पनि खामेनी शनिबार बिहान सबेरै मारिएको जनाएको छ। समाचारमा उनी…
१६ फाल्गुन २०८२, शनिबार. काठमाडौं । इरानको सरकारी समाचार एजेन्सी ‘इस्लामिक रिपब्लिक न्युज एजेन्सी’ (आईआरएनए) का अनुसार, एउटा छात्राहरूको विद्यालयमा भएको आक्रमणमा मृत्यु हुनेको संख्या ५३ पुगेको छ । एजेन्सीले देशको शिक्षा मन्त्रालयका एक प्रवक्तालाई उद्धृत गर्दै यो जानकारी दिएको बीबीसीले उल्लेख गरेको छ । यसअघि एजेन्सीले यो आक्रमण इरानको दक्षिणी होर्मोज्गान प्रान्तको मिनाब काउन्टीमा रहेको छात्राहरूको एउटा प्राथमिक विद्यालयमा भएको बताएको थियो । शिक्षा मन्त्रालयका प्रवक्ताले एजेन्सीलाई बताएअनुसार शनिबार उक्त विद्यालयमा ‘तीनवटा क्षेप्यास्त्र आक्रमण’ भएका थिए । यस आक्रमणमा ६३ जना घाइते भएको पनि उनले बताए । अहिले अन्य सम्भावित पीडितहरूको खोजी गर्न विद्यालयबाट भग्नावशेष हटाउने काम भइरहेको प्रवक्ताले…
मेचीनगर । नेपाली कांग्रेसका झापा–१ का प्रतिनिधिसभा सदस्य उम्मेद्वार केशवराज पाण्डेले आगामी निर्वाचनमा अत्याधिक मतका साथ विजयी हुने दावी गरेका छन् । धुलाबारीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले अघिल्लो निर्वाचनको नतिजा स्मरण गराउँदै आफू जनमतको स्पष्ट समर्थनसहित अगाडि बढिरहेको बताए । पत्रकारहरूले सम्भावित चुनावी परिणामबारे सोधेको प्रश्नको जवाफ दिँदै पाण्डेले भने, “अघिल्लो निर्वाचनमा विश्वप्रकाश शर्मा ले यही क्षेत्रबाट करिब १५ हजार मतको भारी अग्रतासहित विजय हासिल गर्नुभएको थियो । म त्यति नै मत ल्याउँछु भन्दिनँ, तर अत्याधिक मतका साथ जित्ने कुरामा पूर्ण रूपमा ढुक्क छु ।” ‘रैथाने र विकासप्रेमी उम्मेद्वार’को दाबी आफूलाई रैथाने, विकासप्रेमी तथा जनतासँग प्रत्यक्ष सम्बन्ध राख्ने उम्मेद्वारका…