नयाँ तृष्णा

सरुवामा आर्थिक चलखेल बढेपछि कडाइ, मापदण्ड नबनेसम्म सबै सरुवामा रोक

सरुवामा आर्थिक चलखेल बढेपछि कडाइ, मापदण्ड नबनेसम्म सबै सरुवामा रोक

सरुवामा आर्थिक चलखेल बढेपछि कडाइ, मापदण्ड नबनेसम्म सबै सरुवामा रोक

असार ११ , काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलगायतका निकायले जथाभावी रूपमा कर्मचारी सरुवा गर्न थालेपछि सरकारले कडाइ गरेको छ। सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्पष्ट मापदण्ड नबनाउँदासम्म सबै खाले सरुवामा रोक लगाएको छ। केही दिनअघि तत्कालीन मुख्य सचिव डा. वैकुण्ठ अर्यालको अध्यक्षतामा बसेको सचिवहरूको बैठकले सरुवा मापदण्ड नबनाउँदासम्म सबैखाले सरुवामा रोक लगाउने निर्णय गरेको हो । आर्थिक वर्ष २०७९\८० मा मात्रै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजपत्रांकित १ हजार ९५४ जना र राजपत्रअनंकित तथा श्रेणीविहीन १ हजार ३४७ जना कर्मचारीको सरुवा गर्दा अधिकांश सरुवा नियमविपरीत गरेको पाइएको छ। निजामती सेवा नियमावली २०५० अनुसार मन्त्रालयले…
Read More
जीबी राईलाई नेपाल ल्याउन प्रयासरत छौँ- गृहमन्त्री लामिछाने

जीबी राईलाई नेपाल ल्याउन प्रयासरत छौँ- गृहमन्त्री लामिछाने

असार १०, काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले जीबी राईलाई फर्काउन नेपाल र मलेसिया कानुनी परामर्शमा रहेको बताएका छन् । गृहमन्त्री लामिछानेले प्रतिनिधि सभाको बैठकमा जीबी राई पक्राउ गर्न सरकार प्रयत्नशील रहेको बताउँदै जीबी राईलाई नेपाल ल्याउन कानुनी कठिनाइ भैरहेको बताएका छन् । उनले जीबी राई पक्राउको विषयमा आफुपनि व्यग्रप्रतिक्षामा रहेको बताउँदै छिटै उनलाई नेपाल ल्याइने बताएका हुन् । उनले अदालत र राहदानी विभागले जीबी राईको राहदानी रोक्का गर्न अस्वीकार गरेको संसदमा बताएका थिए ।
Read More
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर, सजाय निर्धारण १७ असारमा

रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर, सजाय निर्धारण १७ असारमा

सर्लाही। रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर भएका छन्। सोमबार सर्लाही जिल्ला अदालतले बम्जनलाई दोषी ठहर गरेको हो। जिल्ला न्यायाधीश जीवनकुमार भण्डारीको एकल इजलासले बम्जनलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि असार १७ गतेको पेसी तोकेको छ। ‘लिटिल बुद्ध’ भनिने बम्जनले ०७३ साउन २० गते राति करिब साढे ९ बजेतिर आश्रममा आनी बनेर बसेकी एक बालिकालाई जबर्जस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सर्लाहीमा उजुरी परेको थियो। उजुरीपछि बम्जनलाई गत पुस २४ गते काठमाडौंको बुढानीलकण्ठमा रहेको उनकै निवासबाट पक्राउ गरिएको थियो।
Read More
नगरपालिकाको बजेट २ अर्ब ५ करोड २९ लाखको प्रस्ताव

नगरपालिकाको बजेट २ अर्ब ५ करोड २९ लाखको प्रस्ताव

असार १० , मेचीनगर । मेचीनगर नगरपालिकाले प्रस्तावित बजेट दुई अर्ब ५ करोड २९ लाख २ हजार रूपैयाँ आएको छ । मेचीनगर नगरपालिकाको आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तावित भएको हो । आज मेचीनगरका नगर प्रमुख गोपालचन्द्र बुढाथोकीको सभाध्यक्षमा पहिलो चरणको दोस्रो नगरसभाको पाँचौ अधिवेशनको नीति तथा कार्यक्रमबाट प्रस्तावित बजेट नगर उपप्रमुख मीना पोखरेल उप्रेतीले प्रस्तुत गरेकी थिइन् । उपप्रमुख उप्रेतीेले दुई अर्ब ५ करोड २९ लाख २ हजार रूपैयाँको प्रस्तावित बजेट प्रस्तुत गरिन् । बजेटका विषयमा असार १२ गतेसम्म छलफल हुनेछ । बुधबार विहान ८ वजे वैठक फेरि बस्ने गरि आजलाई समापन भएको छ । बुधबार मात्र पूर्ण बजेट…
Read More
मनसुन भित्रिएसँगै डेंगुको संक्रमण विकराल बन्ने सम्भावना

मनसुन भित्रिएसँगै डेंगुको संक्रमण विकराल बन्ने सम्भावना

  असार १०, काठमाडौं । यस वर्ष गर्मी बढेसँगै लामखुट्टे वृद्धि भएको र डेंगुको संक्रमण पनि बढ्दै गइरहेको अवस्थामा मनसुन भित्रिएसँगै डेंगुको संक्रमणले बिकराल रूप लिने सम्भावना बढेर गएको छ। यसैलाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लामखुट्टेबाट जोगिन सबैलाई आह्वान गरेको छ। लामो समयसम्म वर्षा नभएको र एकैपटक विगतमा भन्दा बढी पानी पर्नसक्ने अनुमान जल तथा मौसम विज्ञान विभागले गरेसँगै स्वास्थ्य मन्त्रालयले डेंगुले विकराल रूप लिनसक्ने जोखिम औंल्याएको हो । बढ्दो तापक्रम र मनसुनसँगै लामखुट्टेको प्रजनन्का लागि अनुकूल अवस्था बन्ने र सङ्क्रमितको संख्यासमेत बढ्नसक्ने मन्त्रालय प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताउनुभयो । मन्त्रालयले सातै प्रदेश तथा सबै स्थानीय तहहरूमा वर्षात्को…
Read More
सुशील प्याकुरेलद्वारा राजदूत पद अस्वीकार

सुशील प्याकुरेलद्वारा राजदूत पद अस्वीकार

  असार ९,काठमाडौं । दक्षिण कोरियाका लागि राजूदत सिफारिश भएका मानव अधिकारकर्मी सुशील प्याकुरेलले राजदूत बन्न अस्वीकार गरेका छन्। मन्त्रिपरिषद्को असार ७ गते बसेको बैठकले प्याकुरेललाई दक्षिण कोरियाका लागि राजदूतमा सिफारिश गरेको थियो। प्याकुरेलले आफ्नो नाम फिर्ता लिन अनुरोध गरिएको पत्र आइतबार प्रधानमन्त्रीको सचिवालयमा दर्ता गराएका छन्। राजदूत नियुक्तसम्बन्धी विगतमा सरकारले तय गरेको मापदण्ड र संसदीय सुनुवाइको औचित्य र राजदूतको कार्यकालमा विषयमा समेत विमर्श आवश्यक रहेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
Read More
राजीनामा दिने तयारीमा मुख्यसचिव अर्याल

राजीनामा दिने तयारीमा मुख्यसचिव अर्याल

  असार ९, काठमाडौँ । मुख्यसचिव डा. वैकुण्ठ अर्यालले राजीनामाको तयारी गरेका छन् । टेरामेक्स खरिद प्रकरणमा भ्रष्टाचारको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गर्ने भएपछि उनले राजीनामाको तयारी गरेका हुन् । शुक्रबार अख्तियारले टेरामक्स र सुरक्षण मुद्रण केन्द्रमा भ्रष्टाचार भएको भन्दै विशेष अदालतमा मुद्दा हाल्ने निर्णय गरेको थियो भने आज सो मुद्धा दायर गर्न अख्तियारको टोली विशेष अदालत पुगेको छ । आफूविरुद्ध मुद्धा दायर हुने भएपछि मुख्य सचिव अर्यालले राजीनामासहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेको बुझिएको छ । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले अर्याललाई आफ्नो स्वविवेकमा निर्णय गर्न भनेका थिए । अर्याल सञ्चार सचिव हुदा भएका यी…
Read More
सुरेन्द्र र सुसनले कालापत्थरको उचाइमा नृत्य गरेर राखे विश्व कीर्तिमान

सुरेन्द्र र सुसनले कालापत्थरको उचाइमा नृत्य गरेर राखे विश्व कीर्तिमान

असार ९, काठमाडौं । नृत्य कलाकारद्वय सुरेन्द्र राई र सुसन तामाङले सबैभन्दा उचाइमा नाचेर विश्व कीर्तिमान रचेका छन् । नेपाली डान्स क्रु ‘वाइल्ड रिपर्ज क्रु’ का उनीहरुले सोलुखुम्बुको कालापत्थरको ५ हजार ६४१ मिटर उचाइमा नृत्य गर्दै गिनिज वर्ल्ड रेकर्ड राखेका हुन् । सुसन र सुरेन्द्रले १९ मे २०२४ अर्थात् गत जेठ ६ मा आफ्नो कला प्रस्तुत गरेका थिए । कालापत्थरको उचाइ ५६४४.५ मिटर छ । उनीहरुले कालापत्थरमा गायक दीपक बज्राचार्यको ‘मन मगन’ गीतमा नृत्य तथा कोरियोग्राफी गरेका थिए । उनीहरुको यो पेश गरेको निवेदनलाई ‘गिनिज वर्ल्ड रेकर्ड’ले अनुमोदन गर्दै आधिकारिक रूपमै उच्चतम उचाइमा कोरियोग्राफी गर्ने जोडीको रेकर्ड प्रमाणपत्र प्रदान गरेको…
Read More
लोकतन्त्रका लाभहरू सबै जाति र समुदायको जीवनसँग जोडिनुपर्छ : प्रधानमन्त्री प्रचण्ड

लोकतन्त्रका लाभहरू सबै जाति र समुदायको जीवनसँग जोडिनुपर्छ : प्रधानमन्त्री प्रचण्ड

असार ९, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आधुनिक समाजको विकाससँगै लोकतन्त्रका लाभहरू सबै जाति र समुदायको जीवन पद्धतिसँग जोडिनुपर्ने बताएका छन्। जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको बैठकलाई आइतबार यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आदिवासी जनजातिहरूको परम्परालाई जीवन्त राख्दै उनीहरूको अधिकार सुनिश्चित गर्नुपर्ने बताएका हुन्। ‘आदिवासी जनजाति पहिचानको महत्त्वपूर्ण आधार र परम्परागत रीतिरिवाज हो, पुर्ख्याैली जमिनलाई आस्थाको प्रतीक मान्दै आदिवासी जनजातिले प्राकृतिक स्रोतसाधनहरूको उपयोग मात्रै नभई आफ्नो मौलिक, परम्परागत ज्ञान र सीपको आधारमा प्रकृतिको संरक्षण, संवर्द्धन गरिरहेका छन्,’ उनले भने, ‘आदिवासी जनजातिको जनजीविकामा क्षति पुर्‍याउन हुन्न, उनीहरूको पुर्ख्याैली जमिन र प्राकृतिक स्रोतमा हुने हानिनोक्सानी, सामूहिक अधिकारको हनन हुनबाट जोगाउनुपर्छ ।’ संविधानले आदिवासी जनजातिलाई…
Read More
नेपाल आइडल सिजन–५ को उपाधि करण परियारलाई

नेपाल आइडल सिजन–५ को उपाधि करण परियारलाई

असार ९,काठमाडौँ – गायन रियालिटी शो नेपाल आइडल सिजन–५ को उपाधि करण परियारले प्राप्त गरेका छन् । बर्दियाका परियारले शनिबार राति सम्पन्न ग्रान्ड फिनालेमा दर्शकको भोटको आधारमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै यो उपाधि हात पारेका हुन् । उपाधिसँगै उनले २५ लाख नगद र ट्रफी प्राप्त गरे। नेपाल आइडल सिजन–५ मा सलोमी गुरुङ फस्ट रनरअप र सचिन विश्वकर्मा सेकेन्ड रनरअप घोषित भए । गुरुङले १० लाख र विश्वकर्माले ५ लाख नगदसहित ट्रफी प्राप्त गरे । एपीवान टेलिभिजनमा नेपाल आइडलको शृङ्खला प्रसारण हुँदै आएको छ । यो सिजनमा गायक न्ह्यु बज्राचार्य, गायिका इन्दिरा जोशी र गायक कालीप्रसाद बास्कोटा निर्णायकको रूपमा थिए । 1
Read More