Skip to main content

नयाँ तृष्णा

सरुवामा आर्थिक चलखेल बढेपछि कडाइ, मापदण्ड नबनेसम्म सबै सरुवामा रोक

[adsforwp id="2511"]

असार ११ , काठमाडौं ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलगायतका निकायले जथाभावी रूपमा कर्मचारी सरुवा गर्न थालेपछि सरकारले कडाइ गरेको छ। सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्पष्ट मापदण्ड नबनाउँदासम्म सबै खाले सरुवामा रोक लगाएको छ।

केही दिनअघि तत्कालीन मुख्य सचिव डा. वैकुण्ठ अर्यालको अध्यक्षतामा बसेको सचिवहरूको बैठकले सरुवा मापदण्ड नबनाउँदासम्म सबैखाले सरुवामा रोक लगाउने निर्णय गरेको हो ।

आर्थिक वर्ष २०७९\८० मा मात्रै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजपत्रांकित १ हजार ९५४ जना र राजपत्रअनंकित तथा श्रेणीविहीन १ हजार ३४७ जना कर्मचारीको सरुवा गर्दा अधिकांश सरुवा नियमविपरीत गरेको पाइएको छ।

निजामती सेवा नियमावली २०५० अनुसार मन्त्रालयले हरेक महिनाको भदौ महिनामा मात्रै कर्मचारी सरुवा गर्न पाउँछ। तर, पछिल्ला महिनामा सामान्य प्रशासन मन्त्रालयले नियमावलीको धज्जी उडाउँदै मनपर्दी सरुवा गर्दै आएको थियो। कतिपय सरुवामा आर्थिक लेनदेनसमेत भएको आरोप लाग्दै आएको थियो ।

सचिव बैठकले कर्मचारी सरुवालाई व्यवस्थित गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले छुट्टै मापदण्डको मस्यौदा बनाएर आगामी २५ असारभित्र सबै सचिवहरू/प्रदेशका प्रमुख सचिवहरूलाई पठाउने निर्णयसमेत गरेको छ। सचिव बैठकको सो निर्णयसँगै सामान्य प्रशासन मन्त्रालयले गर्न लागेको सबै सरुवा रोकेको छ। साथै अन्य सबै मन्त्रालय तथा निकायलाई पनि कर्मचारी सरुवा रोक्न सचिव बैठकले निर्देशन दिने निर्णय गरेको छ।

यसो त यसअघि पनि विभिन्न समयमा सरुवासम्बन्धी मापदण्ड र निर्देशिका बन्दै आएका थिए तर ती सबै मापदण्ड र निर्देशिकाहरू निष्प्रभावी बनेका थिए। यसपटक बन्न लागेको मापदण्ड भने निष्प्रभावी नहुने विश्वास गरिएको छ। केही समयअघिसम्म सरुवामा ब्रिफकेस आतंकसमेत मच्चिने गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...