२३ भाद्र, झापा । एक हप्ताअघि दमकमा गाई काटेर मारेको आरोपमा प्रहरीले एक महिलासहित चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले उक्त घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले चार जनालाई शुक्रबार पक्राउ गरेर आइतबार सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा दमक–२ बेलडाँगी स्थित भुटानी शरणार्थी शिविर क्याम्प नम्बर २ छाप्रो नम्बर ३३२ मा बस्ने वर्ष ४४ को प्रेमबहादुर विष्ट, दमक–३ बेलडाँगी स्थित भुटानी शरणार्थी शिविर क्याम्प क्याम्प नं. ३ छाप्रो नम्बर ए३–२०८ बस्ने बस्ने वर्ष ३८ का खगेन्द्र दुलाल, दमक–३ बेलडाँगी स्थित भुटानी शरणार्थी शिविर क्याम्प क्याम्प नं. ३ छाप्रो नम्बर ए२–१२० बस्ने वर्ष ३२…
२१ भाद्र , काठमाडौं । काठमाडौं उपत्यकामा हुने सवारी चोरीपैठारीका घटनाहरुलाई नियन्त्रण गर्न र चोरीएका सवारी साधनहरुलाई खोजतलास गर्दै त्यस्ता चोरीमा संलग्न व्यक्तिहरु माथी बिशेष निग्रानी गर्न उपत्यका ट्राफिक प्रहरी कार्यालयको छुट्टै टोली खटिदै आएको छ । पछिल्लो समय थप सक्रियतापूर्बक खटिदै आएको चोरी नियन्त्रण टोलीले काठमाडौँ महानगरपालिका ३१ स्थित मध्य बानेश्वरबाट बिहीबार मोटरसाइकल चोरीमा संलग्न दुईजनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । शंकास्पद अवस्थामा से ७ प ८५६२ नम्बरको नयाँ मोडलको ३५० सिसिको बुलेट मोटरसाइकल चलाइरहेका अछाम जिल्ला चौरपाटी गाउँपालिका २ घर भई कोटेश्वर बस्ने बर्ष २८ को हिमाल खत्रीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । खत्रीसँग बरामद भएको…
२० भदौ, मेचीनगर । हरेक वर्षको २० गते नेपालमा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईन्छ । झापा जिल्लाले आज विहिबार १८ औं राष्ट्रिय दिवस विभिन्न कार्यक्रमकासाथ मेचीनगरमा “तीनै तहका सरकारको प्रतिवद्धता ः मानव बेचबिखन विरुद्ध सबैको ऐक्यवद्धता” भन्ने राष्ट्रिय नाराका साथ जिल्ला प्रशासन कार्यालय झापाले कारितास नेपालको संयोजन र मेची सामुदायिक सेवा केन्द्र,माइती नेपाल,साहसी महिला नेपाल, आफन्त नेपाल, साना हातहरु नेपाल,नव अभियान नेपाल,शक्ति समूह नेपाल,एबिसी नेपाल,एकल महिला जिल्ला समिति झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टागरी दश सरोकारवाला संघ–संस्थाको सहकार्यमा आयोजनामा बिभिन्न कार्यक्रम भएको थियो । अन्तरक्रियामा इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक मिमबहादुर लामाले…
२० भदाै, झापा । एन्फा महिला लिगमा कोशी प्रदेशले लगातार दोस्रो जित निकालेको छ। एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा कोशीले बामगती युथ क्लबलाई २-१ गोलले पराजित गर्यो। खेलमा अग्रता भने बागमती युथ क्लबले लियो। बागमतीका लागि विष्णुमाया बलले २६ मिनेटमा गोल गरिन्। २९ मिनेटमा कोशीले बराबरी गोल फर्कायो। कोशीका लागि समिक्षा मगरले बराबरी गोल गरिन्। ५५ मिनेटमा बामगतीले आत्मघाती गोल गर्दा कोशीलाई फाइदा पुग्यो। बागमतीकी दिव्या मगरले आत्मघाती गोल गरेपछि कोशी २-१ गोलले अघि बढेको थियो।
२० भाद्र, काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन यथाशीघ्र संशोधन गरी समयसापेक्ष बनाइने बताएका छन्। मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १८औँ राष्ट्रिय दिवसका अवसरमा महिला, कानुन र विकास मञ्चले आयोजना गरेको छलफलमा मन्त्री साहले प्रक्रिया पूरा गरेर ऐन संशोधन गरिने बताएका हुन्। उनले विसं २०८१ मा ऐन संशोधन गरिसक्ने गरी प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। मन्त्री सुडीले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन संशोधनका लागि एक हप्ता भित्र मन्त्रिपरिषद्मा लैजाने तयारी भइरहेको जानकारी दिए। “कानुन बनाएर वा संशोधन गरेर मात्र पुग्दैन, यसको कार्यान्वयन पनि हुनुपर्छ। कार्यान्वयनका लागि सबैको सहयोग आवश्यक…
इटाभटा । झापाको मेचीनगर-८ स्थित ञइट्टभटा एफसि क्लबझले प्रथम इट्टाभटा नकाआउट जिल्लास्तरीय फुटबल प्रतियोगिताको तयारी गरेको छ । स्थानीय युवाको चौतर्फी विकासलाई मध्यनजर गर्दै आगामी असोज १२ गतेदेखि १९ गतेसम्म नकाआउट जिल्लास्तरीय फुटबल प्रतियोगिता गर्ने भएको बुधबार पत्रकारसमक्ष जानकारी दिएको छ । जिल्लाका बिभिन्न ८ वटा क्लबबाट प्रतियोगितामा सहभागी हुने र त्यसको सबै प्रक्रिया पूरा गरेको इटाभटा एफसि क्लबले अध्यक्ष मनकुमार लिम्बुले जानकारी दिए । उक्त प्रतियोगितामा प्रथम हुनेलाई १ लाख १ हजार १ सय १ रुपैयाँ र दोस्रो हुनेलाई ५१ हजार १ सय ११ रुपैयाँ नगदसहित ट्रफि तथा प्रमाणपत्र वितरण गर्ने जनाएको छ । प्रतियोगितामा सहाअयोजक मेचीनगर(८ सहआयोजक रहेको…
२० भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मानव बेचबिखनविरुद्धको १८औँ राष्ट्रिय दिवसका अवसरमा मानव बेचबिखनविरुद्धको अभियानलाई सफल बनाउन सबै क्रियाशील भएर अगाडि बढ्नुपर्ने बताएका छन्। प्रधानमन्त्री ओलीले आज शुभकामना सन्देश जारी गर्दै यस दिवसले सबैलाई थप प्रेरणा दिन सकोस् भन्ने कामना व्यक्त गरेका हुन्। ‘तीनै तहका सरकारको प्रतिबद्धताः मानव बेचबिखनविरुद्ध सबैको ऐक्यबद्धता’ भन्ने नाराका साथ मनाउन लागिएको १८औँ राष्ट्रिय दिवसका अवसरमा उहाँले सबैमा शुभकामना व्यक्त गरेका हुन्। “मानव बेचबिखन तथा ओसारपसार मानव सभ्यताको कलङ्क र जघन्य अपराघ हो । समय क्रमसँगै मानव बेचबिखन तथा ओसारपसारको प्रकृति, स्वरुप र गन्तव्यमा निरन्तर परिवर्तन हुँदै गएको पाइएको छ”, सन्देशमा भनिएको छ, “नेपालबाट…
१९ भाद्र, काठमाडौं । ११ महिनाअघि इजरायलमाथि आक्रमण गरेको हमास नेता याह्या सिनवारसहितका नेताहरुविरुद्ध अमेरिकाले आपराधिक मुद्दा चलाएको छ । अमेरिकी न्याय विभागले भनेको छ, हमासका ६ नेताहरुविरुद्ध मुद्दा चलाइएको हो । हमासका नेताहरुमाथि अमेरिकी नेताहरुको हत्या, आतंकवादलाई वित्तीय सहयोग र नरसंहार गर्ने घातक हतियारको प्रयोग लगायतका उजुरी छ । अमेरिकाले मुद्दा चलाएका नेताहरुमध्ये तीन जनाको हवाई हमलामा मृत्यु भइसकेको छ । बीबीसीका अनुसार इस्माइल हनिया, मारवान इस्सा र मोहम्मद जाएफको मृत्यु भइसकेको छ । सिनवार भने कुनै सुरुङभित्र लुकेर बसेको अनुमान छ । अमेरिकाको न्याय विभागले भनेको छ, ‘यो हमासबाट भएका हमलामा हमासका प्रमुख नेताहरुलाई जवाफदेही ठहर्याउने पहिलो प्रयास…
१९ भाद्र, विराटनगर। कोशी प्रदेशसभा बैठकबाट प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ । बुधबारको प्रदेशसभा बैठकमा संशोधन प्रस्ताव दर्ता गरेका सांसदले संशोधन फिर्ता लिएपछि प्रदेशसभाबाट विधेयक पारित भएको हो । नेकपा माओवादी केन्द्रका सांसद गोम्बु शेर्पा र गणेश उप्रेतीले संयुक्त रुपमा संसोधन प्रस्ताव दर्ता गरेका थिए । कांग्रेस प्रमुख सचेतक गोपाल तामाङ र एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले संयुक्त रुपमा संशोधन प्रस्ताव दर्ता गरेका थिए । नेकपा एमाले सांसद इन्द्रमणी पराजुली र निरन राई, नेकपा एकिकृत समाजवादीको तर्फबाट कमलप्रसाद जवेगूले विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गरेका थिए । सरकारले राजनीतिक सहमतिका आधारमा पारित गर्ने…
१९ भाद्र, काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहका समर्थकले प्रधानमन्त्री केपी शर्मा ओलीको फेसबुकमा हमला गरेका छन् । बालेनले आफ्नो फेसबुक स्टाटस सरकारले हटाइदिएको आशय व्यक्त गरेपछि आक्रोशित बनेका बालेनका समर्थहरूले ओलीलाई अनफलो गर्ने अभियान चलाएका हुन्। मंगलबार अपराह्न मेयर बालेनको स्टाटसलाई फेसबुकले हटाइदिएको उनको सचिवालयले दाबी गरेको थियो। कसैले रिपोर्ट गरेका कारण सो पोष्ट फेसबुकले डाउन गरको सचिवालयले दाबि गरेको थियो । त्यसपछि मंगलबारनै बालेनले पोष्ट हटाउने होइन, दोषीलाई करावाही गर्नुपर्यो भन्ने पोष्ट गर्दै आफ्नो पोष्ट सरकारले हटाइदिएको आशय व्यक्त गरेका थिए। त्यसपछि बालेनका समर्थहरूले ओलीलाई अनफलो गर्न शुरु गरेका हुन्। मंगलबार केपी शर्मा ओलीको पेजमा ६ लाख…