२० भदाै, झापा । एन्फा महिला लिगमा कोशी प्रदेशले लगातार दोस्रो जित निकालेको छ। एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा कोशीले बामगती युथ क्लबलाई २-१ गोलले पराजित गर्यो। खेलमा अग्रता भने बागमती युथ क्लबले लियो। बागमतीका लागि विष्णुमाया बलले २६ मिनेटमा गोल गरिन्। २९ मिनेटमा कोशीले बराबरी गोल फर्कायो। कोशीका लागि समिक्षा मगरले बराबरी गोल गरिन्। ५५ मिनेटमा बामगतीले आत्मघाती गोल गर्दा कोशीलाई फाइदा पुग्यो। बागमतीकी दिव्या मगरले आत्मघाती गोल गरेपछि कोशी २-१ गोलले अघि बढेको थियो।
इटाभटा । झापाको मेचीनगर-८ स्थित ञइट्टभटा एफसि क्लबझले प्रथम इट्टाभटा नकाआउट जिल्लास्तरीय फुटबल प्रतियोगिताको तयारी गरेको छ । स्थानीय युवाको चौतर्फी विकासलाई मध्यनजर गर्दै आगामी असोज १२ गतेदेखि १९ गतेसम्म नकाआउट जिल्लास्तरीय फुटबल प्रतियोगिता गर्ने भएको बुधबार पत्रकारसमक्ष जानकारी दिएको छ । जिल्लाका बिभिन्न ८ वटा क्लबबाट प्रतियोगितामा सहभागी हुने र त्यसको सबै प्रक्रिया पूरा गरेको इटाभटा एफसि क्लबले अध्यक्ष मनकुमार लिम्बुले जानकारी दिए । उक्त प्रतियोगितामा प्रथम हुनेलाई १ लाख १ हजार १ सय १ रुपैयाँ र दोस्रो हुनेलाई ५१ हजार १ सय ११ रुपैयाँ नगदसहित ट्रफि तथा प्रमाणपत्र वितरण गर्ने जनाएको छ । प्रतियोगितामा सहाअयोजक मेचीनगर(८ सहआयोजक रहेको…
१५ भाद्र, काठमाडौँ । नेपालकी पलेशा गोवर्धनले पेरिस पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक जितेकी छन्। पलेशाले पेरिसस्थित ग्रान्ड प्यालेसमा शुक्रबार राति के–४४ विधाअन्तर्गत महिला ५७ केजी तौल समूहबाट कांस्य जित्दै इतिहास रचेकी हुन्। उनी कुनै पनि ओलम्पिकमा पदक जित्ने पहिलो नेपाली खेलाडी बन्न सफल भएकी छन्। पलेशाले रिपिचेजको दोस्रो खेलमा सर्बियाकी मरिजा मिचेभलाई १५–८ स्कोरले हराएर कांस्य पदक जितेकी हुन्। रिपाचेजको पहिलो खेलमा फ्रान्सकी सोफी काभरजानलाई २-१ को स्कोरमा पराजित गरेकी थिइन्। सेमिफाइनलमा भने पलेशा विश्व नम्बर एक खेलाडी ब्राजिलकी सिल्भाना मायारा कार्डोस फरनान्डेजसँग १०-८ ले पराजित भइन्। त्यसअघि शुक्रबार नै उनले क्वार्टरफाइनलमा भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१-० को फराकिलो अन्तरले पराजित…
काठमाडौं । साफ यू–२० फुटबलको फाइनलमा नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुने भएको छ । सोमबार भएको दोस्रो सेमिफाइनल खेलमा बंगलादेशले भारतलाई टाइब्रेकरमा ४-३ ले पराजित गरेको हो । निर्धारित समयमा खेल १-१ को बराबरीमा सकिएको थियो । यससँगै बुधबार दशरथ रंगशालामा हुने फाइनल खेलमा नेपाल र बंगलादेश आमने-सामने हुनेछन् । आइतबार भएको पहिलो सेमिफाइनलमा नेपालले भुटानलाई टाइब्रेकरमा ४–१ ले स्तब्ध पार्दै फाइनल पुगेको थियो ।
७ भाद्र, ७ भदाै, मेचीनगर । आजदेखि काँकरभिट्टामा छैठौं राष्ट्रिय एमेच्युर बुद्वीचाल प्रतियोगिता सुरू भएको छ । आज काँकरभिट्टा खानेपानी कार्यालयकाे सभाहलमा नाइट चेस क्लबकाे व्यवस्थापनमा उक्त प्रतियोगिता सुरू भएको हाे । प्रतियोगिता यही शुक्रबारदेखि भदाै १० गतेसम्म सञ्चालन हुनेछ । उक्त प्रतियोगिताकाे उद्घाटन मेचीनगर नगरपालिका मेयर गाेपालचन्द्र बुढाथोकीले गरेका थिए । नेपाल राष्ट्रिय बृद्वीचाल महासंघकाे प्राविधिक सहयाेग रहने प्रतियोगिताकाे सबै व्यवस्थापन सहितकाे आयोजना नाइट चेस क्लबले गरेकाे छ । उद्घाटन कार्यक्रममा मेयर बुढाथाेकी, उपमेयर मीना पाेखरेल उप्रेती, बुद्वीचाल संघ काेशी प्रदेशका इन्चार्ज राम मादेन, नेपाली कांग्रेस काेशी प्रदेश सदस्य विमल आचार्य, नेकपा एमाले काेशी प्रदेश सदस्य देवकुमार राई लगायतले…
६ भाद्र, काठमाडौँ । काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिप अन्तर्गत नेपालले बंगलादेशलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा नेपालले बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गरेको हो । नेपालको जितमा समीर तामाङ र नीराजन धामीले एक एक गोल गरेका थिए भने बंगलादेशका मिराजुल इस्लामले एक गोल फर्काएका थिए । यो जितपछि नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । नेपालले आफ्नो पहिलो खेलमा श्रीलंकालाई पराजित गरेको थियो । अब शुक्रबार समूह चरणको अन्तिम खेल समूह बी को भारत र माल्दिभ्सबीच खेल हुँदै छ । अब सेमिफाइनलको समीकरण शुक्रबारको सो खेलपछि हुने भएको छ । समूह बी…
१ भाद्र, झापा । बुद्धिचाल प्रतियोगिताका क्षेत्रमा निरन्तर लागिपर्दै आएको झापा मेचीनगर-६ काँकरभिट्टाको नाइट चेस क्लबले `छैठौं राष्ट्रिय एमेच्युर चेस क्याम्पियनसिप २०८१´को आयोजना गर्ने भएको छ । लागुऔषध दुर्ब्यसनी विरुद्धकाे क्षेत्रमा लामो समययता कृयाशिल क्लबले युवाको बुद्धि- विवेक र प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित गराउने उद्देश्यले चेस च्यम्पियन्सिप प्रतियोगिता गर्ने भएको हो । भदौ ७ गतेदेखि १० गतेसम्म देशभरका बुद्धिचालमा झुकाव राख्ने खेलाडीलाई प्रतियोगितामा सहभागी गराउने शनिबार पत्रकारसमक्ष नाइट चेस क्लबका अध्यक्ष बिश्व भुजेलले जानकारी दिए । प्रतियोगितामा २ हजारदेखि १७ सय र १७ मुनि अंङ्कमा छनोटमा परेका २० जनालाई नगद, प्रमाणपत्रसहित समान एबम् पुरस्कृत गरिने जनाएको छ । दुई…
३२ श्रावण, काठमाडौं । सरकारले काभा महिला भलिबल लिगमा उपविजेता बनेको नेपाली खेलाडीहरूलाई जनही ३ लाख रुपैयाँ नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौंमा भएको उक्त प्रतियोगितामा नेपालका तर्फबाट खेल्ने १४ जना खेलाडीहरुलाई जनही ३ लाख रुपैयाँका दरले पुरस्कार तथा सम्मान प्रदान गर्ने निर्णय गरेको हो । राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ को नियम २८ बमोजिम उक्त निर्णय गरिएको सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। त्यस्तै, नेपाली टोलीका मुख्य प्रशिक्षक १ जनालाई दुई लाख, व्यवस्थापक , प्रशिक्षक र फिजियो गरी तीन जनालाई जनही १ लाख २० हजार रुपैयाँका दरले पुरस्कार तथा सम्मान वितरण गर्ने…
श्रावण ३१, काठमाडौं । दशरथ रंगशालाको अवस्था दयनीय भएपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) र अखिल नेपाल फुटबल संघ (एन्फा) छलफलमा जुटेका छन् । गत मंगलबार भुटानको पारो एफसीले र नेपालको चर्च ब्वाइज युनाइटेड क्लब एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणको खेल खेल्ने क्रममा मैदान हिलाम्मे भएपछि अहिले सामाजिक सञ्जाल र मिडियामा कडा आलोचना भइरहेको छ । मैदानको पूर्वाधार राम्रो नभएको भन्दै यसअघि एएफसीले अन्तर्राष्ट्रिय प्रतियोगिता हुन नसक्ने बताए पनि अहिले अन्तर्राष्ट्रिय मान्यता दिएको छ तर मैदान भने खेल्न लायक देखिएको छैन । यसैबीच बिहीबार राखेप सदस्य–सचिव टंकलाल घिसिङ र एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङबीच दशरथ रंगशालाको मैदान स्तरोन्नतिका विषयमा छलफल भएको छ…
काठमाडौं । महिला एसिया कप अन्तर्गत आज नेपालले भारतको सामना गर्दै छ। यो खेल आज नेपाली समय अनुसार साँझ ७: १५ बजेदेखि सुरु हुँदै छ। यस प्रतियोगितामा भारतले लगातार २ खेल जितेको छ भने नेपालले एक जित र एक हार बेहोरेको छ। भारतले पाकिस्तान र युएईलाई पराजित गरेको थियो भने नेपालले युएईलाई पराजित गरेको थियो भने पाकिस्तानसँग पराजित भएको थियो। त्यस्तै समूह ए अन्तर्गत आजै पाकिस्तान र युएईबीच खेल हुँदै छ। यो खेल नेपाली समय अनुसार दिउँसो २: १५ बजेदेखि सुरु हुँदै छ। यस प्रतियोगितामा पाकिस्तानले २ खेलमा एक जित र एक हार बेहोरेको छ भने युएईले दुवै खेलमा हार…