Skip to main content

नयाँ तृष्णा

इटाभट्टामा असोज १२ देखि जिल्लास्तरीय फुटबल प्रतियोगिता

Advertisement

इटाभटा । झापाको मेचीनगर-८ स्थित ञइट्टभटा एफसि क्लबझले प्रथम इट्टाभटा नकाआउट जिल्लास्तरीय फुटबल प्रतियोगिताको तयारी गरेको छ ।

स्थानीय युवाको चौतर्फी विकासलाई मध्यनजर गर्दै आगामी असोज १२ गतेदेखि १९ गतेसम्म नकाआउट जिल्लास्तरीय फुटबल प्रतियोगिता गर्ने भएको बुधबार पत्रकारसमक्ष जानकारी दिएको छ ।

जिल्लाका बिभिन्न ८ वटा क्लबबाट प्रतियोगितामा सहभागी हुने र त्यसको सबै प्रक्रिया पूरा गरेको इटाभटा एफसि क्लबले अध्यक्ष मनकुमार लिम्बुले जानकारी दिए । उक्त प्रतियोगितामा प्रथम हुनेलाई १ लाख १ हजार १ सय १ रुपैयाँ र दोस्रो हुनेलाई ५१ हजार १ सय ११ रुपैयाँ नगदसहित ट्रफि तथा प्रमाणपत्र वितरण गर्ने जनाएको छ ।

प्रतियोगितामा सहाअयोजक मेचीनगर(८ सहआयोजक रहेको मेचीनगर(८ का अध्यक्ष गिरिराज धमलाले जानकारी दिए । युवाको चेतनाको विकाससंगै शारीरिक र बौद्धिक विकासका लागि पहिलो पटक इट्टाभटा नकाआउट जिल्लास्तरीय फुटबल प्रतियोगिता गरिएको अध्यक्ष धमलाको भनाई थियो।

केहीदिन अघि दर्ता प्रक्रिया पूरा गरी प्रतियोगिताको तयारी गरेकाले स्थानीय उद्योगी(ब्यवसायी एबम् संघसंस्थाबाट आर्थिक सहयोगको अपेक्षा गरिएको वडाका सदस्य एबम् खेलकुद संयोजक बिष्णु भट्टराईले जानकारी दिए । १५ लाख लाग्ने अनुमान गरिएको प्रतियोगिता मेचीनगर(८स्थित बन बाटिका खेल मैदानमा तयारी गरिएको आयोजकको भनाइ छ । प्रचारप्रसारका लागि आयोजित पत्रकार भेटघाटको सञ्चालन रामकुमार गिरीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

४ साउन , झापा । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। अमेरिकाको न्युयोर्कस्थित न्यु जर्...
विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता

विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता

  काठमाडौं ।   न्युयोर्कको मेटलाइफ स्टेडियममा आइतबार अर्जेन्टिना र स्पेनबीच हुने फिफा विश्वकप २०२६ को फाइनल खेल इतिहासकै सब...
हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने

हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने

३ साउन, काठमाडौं । हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने भएको छ । हिमालय टिभी, हिमालय स्पोर्टस् र डि...
मेचीनगरको सार्वजनिक सुनुवाइमा जनआक्रोश, न्यून सहभागिताले कार्यक्रममाथि प्रश्न

मेचीनगरको सार्वजनिक सुनुवाइमा जनआक्रोश, न्यून सहभागिताले कार्यक्रममाथि प्रश्न

  मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रमप्रति नगरवासीले असन्तुष्टि जनाएका छन्। नगरपालिकाले सामुदायिक विका...