Skip to main content

नयाँ तृष्णा

अन्तर्राष्ट्रिय

दक्षिण अफ्रिकाका ५९ जना अल्पसंख्यक श्वेत शरणार्थी अमेरिका पुगे

दक्षिण अफ्रिकाका ५९ जना अल्पसंख्यक श्वेत शरणार्थी अमेरिका पुगे

काठमाडौं । दक्षिण अफ्रिकाका श्वेत अल्पसंख्यक समूहलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थीको मान्यता दिने घोषणापछि पहिलो चरणमा ५९ जना दक्षिणी अफ्रिकीहरु अमेरिका पुगेका छन्। तर, दक्षिण अफ्रिकी सरकारले भने उक्त आरोपको खण्डन गर्दै आएको छ । उसले शरणार्थी कानुनअनुसार उनीहरूलाई शरण दिनुपर्ने कुनै आधार नभएको जनाएको छ । ट्रम्प प्रशासनले दक्षिण अफ्रिकामा श्वेत किसान लक्षित जातीय हत्या र जग्गाको मुआब्जा नदिई जफतसमेत गर्न लागिएको आरोप लगाएको छ । ट्रम्प प्रशासनले अन्य धेरै मुलुकका शरणार्थीहरूको प्रक्रिया रोकिरहेको समयमा उक्त समूहलाई विशेष प्राथमिकता दिएको छ । डालस विमानस्थलमा अमेरिकी झन्डा र रङ्गीन बेलुन राखेर उनीहरूलाई स्वागत गरिएको थियो । उता, संयुक्त राष्ट्र…
Read More
झापामा तीन दिवसीय पत्रकारिता सम्बन्धी एआई तालिम सम्पन्न

झापामा तीन दिवसीय पत्रकारिता सम्बन्धी एआई तालिम सम्पन्न

मेचीनगर । प्रेस क्लब मेचीनगरको आयोजना तथा मेचीनगर नगरपालिकाको आर्थिक सहयोगमा तीन दिवसीय एआईसम्बन्धी तालिम सम्पन्न भएको छ। काँकरभिट्टा स्थित होटल नमस्ते बर्मेली टोलमा शुक्रबारदेखि सञ्चालन भएको तालिम आइतबार समापन गरिएको हो। तालिमको पहिलो दिन सञ्चार क्षेत्रका विज्ञ भानुभक्त आचार्यले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) विषयमा प्रशिक्षण दिएका थिए। दोस्रो र तेस्रो दिन भिडियो इडिटिङ सम्बन्धी विषयमा शितल प्रसाद मण्डलले प्रशिक्षण दिए भने डिजिटल पत्रकारितामा कानूनी जटिलताबारे तारामणि सापकोटाले प्रशिक्षण प्रदान गरे। तालिमको समापन कार्यक्रममा प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले यस्ता तालिमहरुले नगरका पत्रकार तथा सञ्चारकर्मीहरुको क्षमता अभिवृद्धिमा सघाउ पुर्‍याउने विश्वास व्यक्त गरे। उनले तालिममा प्राप्त ज्ञान लेखनी तथा व्यवहारमा…
Read More
तीन घण्टा नबित्दै पाकिस्तानले गर्‍यो युद्धविराम उल्लंघन, गोलाबारी सुरु

तीन घण्टा नबित्दै पाकिस्तानले गर्‍यो युद्धविराम उल्लंघन, गोलाबारी सुरु

काठमाडौँ । भारत र पाकिस्तानबीच शनिबार साँझ ५ बजेबाट युद्धविराम लागू भएपछि पनि पाकिस्तानले विस्फोट गरिरहेको भारतीय पक्षले आरोप लगाएको छ । जम्मु–कश्मिरका मुख्यमन्त्री उमर अब्दुल्लाहले श्रीनगरमा अझै विस्फोटको आवाज आइरहेको भन्दै सामाजिक सञ्जाल एक्समा भिडियो पोस्ट गरेका छन् । मुख्यमन्त्री अब्दुल्लाहले लेखेका छन्, ‘यो कस्तो युद्धविराम हो ? श्रीनगरमा अझै विस्फोटको आवाज सुनिँदैछ ।’
Read More
नयाँ पोपमा अमेरिकी कार्डिनल रोबर्ट प्रिभोस्ट निर्वाचित

नयाँ पोपमा अमेरिकी कार्डिनल रोबर्ट प्रिभोस्ट निर्वाचित

भ्याटिकन / भ्याटिकनमा आयोजित पोप कन्क्लेभको दोस्रो दिन नयाँ पोपको निर्वाचन गरिएको छ। ६९ वर्षीय रोबर्ट फ्रान्सिस प्रिभोस्ट नयाँ पोप निर्वाचित भएका छन्। उनी अमेरिकाबाट पोप बन्ने पहिलो कार्डिनल हुन्। उनले आफ्नो लागि पोप लियो-१४ नाम रोजेका छन्। उनी १३३ कार्डिनलहरूको दुई तिहाइ बहुमतबाट पोप निर्वाचित भएका हुन्। सन् १९०० पछि दुई दिनमा नयाँ पोपको निर्वाचन भएको यो पाँचौं पटक हो। मतदानको दोस्रो दिन रोमन क्याथोलिक चर्चको सिस्टिन चैपलको चिम्नीबाट सेतो धुवाँ निस्किएको थियो जसले नयाँ पोप चयन भएको संकेत गर्‍यो। नयाँ पोप चयन हुने बित्तिकै भ्याटिकनमा उपस्थित ४५ हजारभन्दा बढी मानिसहरूले ठूलो स्वरमा ताली बजाएर एकअर्कालाई बधाई दिएका थिए।…
Read More
अमेरिकाले आफ्ना नागरिकलाई भन्यो-  ‘सकेसम्म लाहौर छाड्नु, नसके सुरक्षित ठाउँमा बस्नु’

अमेरिकाले आफ्ना नागरिकलाई भन्यो-  ‘सकेसम्म लाहौर छाड्नु, नसके सुरक्षित ठाउँमा बस्नु’

काठमाडौँ ।  भारतले गत ७ मे राति गरेको ‘अपरेशन सिन्दूर’ पछि पाकिस्तानमा यतिखेर आतंक फैलिएको छ । त्यसको जवाफमा बिहीबार पाकिस्तानी सेनाले श्रीनगर, जम्मू र अमृतसर, जालन्धर र पञ्जाबको लुधियानामा ड्रोन र मिसाइलहरू मार्फत आक्रमण गर्ने प्रयास गरेको थियो भने आज बिहान भारतीय सशस्त्र बलले पाकिस्तानका धेरै स्थानहरूमा वायु रक्षा रडार र प्रणालीहरूलाई निशाना बनाएको थियो । भारत पाकिस्तान बिचको बढदो तनाव पछि अमेरिकाले पाकिस्तानमा रहेका आफ्ना नागरिकका लागि एडभाइजरी जारी गरेको छ । अमेरिकाले लेखेको छ, ‘ड्रोन विस्फोट, ड्रोन खसालेको र लाहोर र वरपरको हवाई क्षेत्रमा सम्भावित घुसपैठको रिपोर्टका कारण लाहोरस्थित अमेरिकी महावाणिज्य दूतावासले सबै कन्सुलर कर्मचारीहरूलाई खाली गर्नुहोला…
Read More
पाकिस्तानका प्रधानमन्त्रीले गरे भारतसँग बदला लिने उद्घोष

पाकिस्तानका प्रधानमन्त्रीले गरे भारतसँग बदला लिने उद्घोष

इस्लामाबाद । भारतले आफ्नो देशमा गरेको हवाई आक्रमणलाई पाकिस्तानले ‘युद्धको कार्य’ भनेको छ । पाकिस्तानले भारतसँग बदला लिने दाबी समेत गरेको छ । पाकिस्तानले भनेको छ, ‘हामी ठाउँ र समय छनोट गरेपछि आक्रमण गर्नेछौँ ।’ प्रधानमन्त्री शाहबाज शरीफले बुधबार पाकिस्तानको संसद्मा भारतले कायरतापूर्ण आक्रमण गरेको बताएका छन् । अप्रिल २२ मा पहलगाममा भएको आक्रमणमा पाकिस्तानको कुनै सम्बन्ध नरहेको उनले फेरि दाबी गरे । उनले भारतको कारबाहीमा पाकिस्तानले जित हासिल गरेको पनि जिकिर गरे । यस आक्रमणको जवाफमा पाकिस्तानले कारबाही गर्दा ५ वटा भारतीय लडाकु विमान खसालेको उनको भनाई छ । यी पाँच विमानहरूमध्ये ३ वटा राफेल विमान रहेको उनले दाबी…
Read More
सोनिया र राहुल गान्धीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता

सोनिया र राहुल गान्धीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता

  नयाँदिल्ली । प्रवर्तन निदेशालय ईडीले मंगलबार कांग्रेसको नेशनल हेराल्ड अखबार र एसोसिएटेड जर्नल्स लिमिटेड (एजेएल) सँग सम्बन्धित मनी लान्ड्रिंग मुद्दामा पहिलो आरोपपत्र दायर गरेको छ। जसमा सोनिया गान्धी, राहुल गान्धी, साम पित्रोदा र सुमन दुबेको नाम समावेश गरिएको छ। यस मुद्दाको सुनुवाई अप्रिल २५ मा दिल्लीको राउज एभिन्यू अदालतमा हुनेछ। अदालतले ईडीसँग मुद्दाको केस डायरी पनि मागेको छ। सन २०१२ मा बीजेपी नेता सुब्रमण्यम स्वामीले सोनिया, राहुल र तिनीहरूसँग सम्बन्धित कम्पनीहरूसँग सम्बन्धित व्यक्तिहरू विरुद्ध यस विषयमा गुनासो गरेका थिए। २०२५ अप्रिल १२ मा अनुसन्धानका क्रममा संलग्न सम्पत्ति जफत गर्ने कारबाही गरिएको थियो । ईडीले दिल्ली, लखनउ र मुम्बईमा ६६१…
Read More
अमेरिकी राजदूतले पुटिन भेटेको दुई दिनपछि रुसद्वारा  युक्रेनमा हमला, २१ युक्रेनीको मृत्यु

अमेरिकी राजदूतले पुटिन भेटेको दुई दिनपछि रुसद्वारा युक्रेनमा हमला, २१ युक्रेनीको मृत्यु

  कीभ । युक्रेनको उत्तरपूर्वी सहर सुमीमा रुसले गरेको ब्यालेस्टिक मिसाइल आक्रमणमा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने ८० भन्दा बढी घाइते भएका छन् । यो जानकारी दिँदै युक्रेनले रुसले सर्वसाधारणमाथि गरेको यो अर्को घातक आक्रमण भएको बताएको छ । क्षेप्यास्त्र आक्रमण त्यस समयमा भएको थियो जब एक शीर्ष अमेरिकी अधिकारीले हालै रुस भ्रमण गरेका थिए। युक्रेनको सुमी सहर रुसको सिमाना नजिक छ र यो सहर विगत केही सातादेखि लगातार निशाना बनिरहेको छ । अमेरिकी राजदूत स्टिभ विटकफले रुसी नेता भ्लादिमिर पुटिनसँग भेट गरेको दुई दिनपछि सुमीमाथि यो हमला भएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसलाई युद्ध अन्त्य गर्न आग्रह…
Read More
दर्ता नगरी अमेरिकामा ३० दिनभन्दा बढी बस्ने विदेशी नागरिकलाई सजाय हुने

दर्ता नगरी अमेरिकामा ३० दिनभन्दा बढी बस्ने विदेशी नागरिकलाई सजाय हुने

वासिङटन डिसी । अमेरिकामा ३० दिनभन्दा बढी समय बसेका विदेशी नागरिकहरूले संघीय सरकारलाई जानकारी गराउनु पर्ने भएको छ । यदी यसो गरिएन भने एलियन दर्ता ऐन अन्तर्गत दर्ता नगरेको खण्डमा उनीहरूलाई डिपोर्ट तथा जेल सजायलगायत हुने छ। ह्वाइटहाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लाभेटका अनुसार अमेरिकामा ३० दिनभन्दा बढी समयदेखि बसोबास गर्ने सबै विदेशी नागरिकहरूले संघीय सरकारमा दर्ता गर्नुपर्ने नियम लागु भएको छ। उनका अनुसार जरिवाना, जेल वा दुवै सजाय हुन सक्ने बताएकी छन्। क्यारोलिनले भनिन्, ‘राष्ट्रपति ट्रम्प र गृह सुरक्षा सचिव क्रिस्टी नोएम दुवैले भनेझैं यदि तपाईंले दर्ता गर्नुभएन भने तपाईंलाई पक्राउ गरिनेछ, जरिवाना गरिनेछ, देश निकाला गरिनेछ र कहिल्यै हाम्रो…
Read More
दुर्गा प्रसाईं भारतको असाम राज्यबाट पक्राउ, नेपाल ल्याइँदै

दुर्गा प्रसाईं भारतको असाम राज्यबाट पक्राउ, नेपाल ल्याइँदै

काठमाडौँ। गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतको असाम राज्यबाट पक्राउ परेका छन् । उनलाई काकरभिट्टा नाका हुँदै नेपाल ल्याइँदै गरेको प्रहरीले जनाएको छ। उनी प्रहरीको सम्पर्कमा पुगेको प्रसाईको परिवारले पनि पुष्टि गरेको छ। तर, परिवारका ती सदस्यले प्रहरीले पक्राउ गरेको नभई सुरक्षाका लागि आफै आसाम प्रहरीको सम्पर्कमा पुगेको बताए। तीनकुने घटनामा प्रहरीलाई नै गाडीले पेलेर अघि बढेका प्रसाईं केहीबेरपछि सम्पर्कविहीन भएका थिए । त्यसयता प्रहरीले उनको खोजी गरिरहेको थियो । यसबीचमा प्रसाईंले सामाजिक सञ्जालबाट भिडियो पोस्ट गर्दै आफू फरार नरहेको बताउँदै आएका थिए । न्युज अफ नेपाल
Read More