Skip to main content

नयाँ तृष्णा

नयाँ पोपमा अमेरिकी कार्डिनल रोबर्ट प्रिभोस्ट निर्वाचित

Advertisement

भ्याटिकन / भ्याटिकनमा आयोजित पोप कन्क्लेभको दोस्रो दिन नयाँ पोपको निर्वाचन गरिएको छ। ६९ वर्षीय रोबर्ट फ्रान्सिस प्रिभोस्ट नयाँ पोप निर्वाचित भएका छन्।

उनी अमेरिकाबाट पोप बन्ने पहिलो कार्डिनल हुन्। उनले आफ्नो लागि पोप लियो-१४ नाम रोजेका छन्।

उनी १३३ कार्डिनलहरूको दुई तिहाइ बहुमतबाट पोप निर्वाचित भएका हुन्। सन् १९०० पछि दुई दिनमा नयाँ पोपको निर्वाचन भएको यो पाँचौं पटक हो।

मतदानको दोस्रो दिन रोमन क्याथोलिक चर्चको सिस्टिन चैपलको चिम्नीबाट सेतो धुवाँ निस्किएको थियो जसले नयाँ पोप चयन भएको संकेत गर्‍यो।

नयाँ पोप चयन हुने बित्तिकै भ्याटिकनमा उपस्थित ४५ हजारभन्दा बढी मानिसहरूले ठूलो स्वरमा ताली बजाएर एकअर्कालाई बधाई दिएका थिए। यसअघि मे ७ मा भएको पहिलो मतदानमा कोही पनि पोप निर्वाचित भएनन्।

पोप निर्वाचित भएपछि पोप लियो-१४ ले सेन्ट पिटर बासिलिकाको बाल्कोनीबाट स्पेनी भाषामा मानिसहरूलाई सम्बोधन गरे। उनले मानिसहरूलाई अरूप्रति दया देखाउन र प्रेमका साथ बाँच्न अपील गरे।

उनले भने, ‘म फ्रान्सिसको उत्तराधिकारीको रूपमा मलाई रोज्ने सबै कार्डिनलहरूलाई धन्यवाद दिन चाहन्छु।’

पोप लियोको जन्म सेप्टेम्बर १४, १९५५ मा अमेरिकाको इलिनोइसमा भएको थियो। उनलाई पोप फ्रान्सिसको नजिकको सहयोगी मानिन्छ।

उनको विचारधारा पनि पोप फ्रान्सिससँग मेल खान्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

४ साउन , झापा । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। अमेरिकाको न्युयोर्कस्थित न्यु जर्...
विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता

विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता

  काठमाडौं ।   न्युयोर्कको मेटलाइफ स्टेडियममा आइतबार अर्जेन्टिना र स्पेनबीच हुने फिफा विश्वकप २०२६ को फाइनल खेल इतिहासकै सब...
हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने

हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने

३ साउन, काठमाडौं । हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने भएको छ । हिमालय टिभी, हिमालय स्पोर्टस् र डि...
मेचीनगरको सार्वजनिक सुनुवाइमा जनआक्रोश, न्यून सहभागिताले कार्यक्रममाथि प्रश्न

मेचीनगरको सार्वजनिक सुनुवाइमा जनआक्रोश, न्यून सहभागिताले कार्यक्रममाथि प्रश्न

  मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रमप्रति नगरवासीले असन्तुष्टि जनाएका छन्। नगरपालिकाले सामुदायिक विका...