२४ भाद्र, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको तिरहुत गाउँपालिकामा सोलार बत्ती खरिद तथा पर्यटन गेट बनाउने कार्यमा भ्रष्टाचार भएको भन्दै दुईवटा अलगअलग मुद्दा आइतबार विशेष अदालतमा दायर गरेको छ। आर्थिक वर्ष २०७४/०७५ मा सोलार बत्ती जडान र २०७५/०७६ मा पर्यटन गेट बनाउने कार्यमा रकम हिनामिना गरिएको भन्दै मुद्दा दायर गरिएको हो। सोलार बत्ती जडानमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामनारायण साहसहित ९ जनालाई प्रतिवादी बनाइएको छ भने पर्यटन गेट बनाउने कार्यको मुद्दामा ११ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो। सोही गाउँपालिकाको वडा नं. १ देखि वडा नं. ५ सम्म सोलार बत्ती जडान गर्दा योजनाअनुसार काम नगरेको तथा वास्तविक कार्यभन्दा बढी…
२० भाद्र, काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन यथाशीघ्र संशोधन गरी समयसापेक्ष बनाइने बताएका छन्। मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १८औँ राष्ट्रिय दिवसका अवसरमा महिला, कानुन र विकास मञ्चले आयोजना गरेको छलफलमा मन्त्री साहले प्रक्रिया पूरा गरेर ऐन संशोधन गरिने बताएका हुन्। उनले विसं २०८१ मा ऐन संशोधन गरिसक्ने गरी प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। मन्त्री सुडीले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन संशोधनका लागि एक हप्ता भित्र मन्त्रिपरिषद्मा लैजाने तयारी भइरहेको जानकारी दिए। “कानुन बनाएर वा संशोधन गरेर मात्र पुग्दैन, यसको कार्यान्वयन पनि हुनुपर्छ। कार्यान्वयनका लागि सबैको सहयोग आवश्यक…
२० भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मानव बेचबिखनविरुद्धको १८औँ राष्ट्रिय दिवसका अवसरमा मानव बेचबिखनविरुद्धको अभियानलाई सफल बनाउन सबै क्रियाशील भएर अगाडि बढ्नुपर्ने बताएका छन्। प्रधानमन्त्री ओलीले आज शुभकामना सन्देश जारी गर्दै यस दिवसले सबैलाई थप प्रेरणा दिन सकोस् भन्ने कामना व्यक्त गरेका हुन्। ‘तीनै तहका सरकारको प्रतिबद्धताः मानव बेचबिखनविरुद्ध सबैको ऐक्यबद्धता’ भन्ने नाराका साथ मनाउन लागिएको १८औँ राष्ट्रिय दिवसका अवसरमा उहाँले सबैमा शुभकामना व्यक्त गरेका हुन्। “मानव बेचबिखन तथा ओसारपसार मानव सभ्यताको कलङ्क र जघन्य अपराघ हो । समय क्रमसँगै मानव बेचबिखन तथा ओसारपसारको प्रकृति, स्वरुप र गन्तव्यमा निरन्तर परिवर्तन हुँदै गएको पाइएको छ”, सन्देशमा भनिएको छ, “नेपालबाट…
१७ भाद्र , झापा । आमूल परिवर्तन नागरिक पार्टीले धार्मिक स्थलमाथिको अतिक्रमण, जातीय तथा महिला बालबालिका माथि भएका हिंसाको विरूद्धमा राजधानी काठमाण्डौको माइतीघर मण्डलामा खबरदारी तथा विरोध प्रदर्शन कार्यक्रम आयोजना गर्नेभएको छ । पार्टीको मुद्दा पहिचान तथा कार्यक्रम/आन्दोलन परिचालन विभागका प्रमुख तथा पार्टीका उपमहासचिव विदुर अधिकारीले अब यो पार्टीले कुनै पनि प्रकारका अन्याय, अत्याचार, दमन शोषण, हिंसा र विभेदबारे मुकदर्शक भएर नबस्ने तर जनचेतना र परिचालनका प्रभावकारी कार्यक्रम लिएर आउने अनि जनसामान्यमा भयरहितता सुरक्षा तथा न्यायको वातावरण महसुस गराउने बताउनुभयो । कार्यक्रमको जानकारी : धार्मिक स्थलमाथि आक्रमण, जातीय भेदभाव, महिला बालबालिकामाथि हिंसा विरूद्धमा खबरदारी कोणसभा तथा विरोध प्रदर्शन कार्यक्रममा सहभागिता…
१६ भाद्र , काठमाडौँ। नेपाल पत्रकार महासंघको निर्वाचन आगामी ५ असोजमा हुने भएको छ। अध्यक्ष विपुल पोखरेलले आइतबार विज्ञप्तिमा जारी गरेर निर्वाचन ५ असोजमा हुने जानकारी दिएका हुन् । असोज ५ गते महासंघको सबै तहको निर्वाचन एकैसाथ सम्पन्न गर्न निर्वाचन समितिलाई पत्राचार गरिएको जानकारी गराउँछु । साथै, यो निर्वाचनलाई सफल बनाउन सबैसँग हार्दिक आग्रह गर्छु’, अध्यक्ष पोखरेलले विज्ञप्तिमा भनेका छन् । सदस्यता वितरण, नवीकरण लगायत कारणले महासंघको चुनाव पटक-पटक सर्दै आएको छ ।
१५ भाद्र, सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकामा आज शनिवार चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मरिण गाउँपालिका वडा नम्बर ७ मरिण खोला नजिकै महेश्वताको पुच्छार चौरीमा गाईवस्तु चराई रहेका ६५ बर्षका चन्द्र बहादुर माझीको चट्याङ लागेर मृत्यु भएको हो । चट्याङ लागेर गम्भिर घाईते भएका माझीलाई उपचारको लागि कपिलाकोट प्राथमिक स्वास्चा केन्द्रमा ल्याए पनि डाक्टरले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय कपिलाकोटकाका ईन्चार्ज इनिस्पेक्टर धर्मराज खत्रीले जानकारी दिए । जिल्लाको मरिण र हरिहरपुरगढी क्षेत्र चट्याङको जोखिम क्षेत्रमा पर्दछ । गएको भदौं १० गते सोमवार हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ३ माडिमा धानको झार गोड्ने क्रममा चट्याङ लागेर वडा नम्बर…
१४ भाद्र, मेचीनगर । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र मेची सामुदायिक सेवा केन्द्र काँकरभिट्टाको आयोजनामा शुक्रबार इप्रकाको सभाहलमा मेचीनगर नगरपालिका वडा नं ६ का टोल विकास संस्थाहरुको प्रतिनिधिमूलक सहभागितामा चिन्ता लागू औषधको १ कसरी गर्ने नियन्त्रण ? भन्ने मूल बिषयमा अन्तरकृया सम्पन्न भयो । नागरिक र प्रहरीको सहकार्यमा कसरी लागू औषध दुव्र्यसनी मुक्त समाज बनाउने विषयमा सहभागिहरुले आफ्ना विचार राखेका थिए । कार्यक्रमको सहजीकरण मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्ति पौडेलले गरेका थिए भने इप्रका काँकरभिट्टाका प्रहरी नायब उपरिक्षक मीमबहादुर लामाले नागरिक र प्रहरीको सकार्यका विषयमा आफ्ना भनाई राखेका थिए ।
१४ भाद्र, बिर्तामोड । झापाको बिर्तामाेड ३, बिर्ताबजार स्थित नयाँ सृष्टि प्रतिस्ठान नामक सुधारकेन्द्रमा राखेका आफन्तलाई लिन जाँदा त्यहाका सञ्चालक र कर्मचारीले एक महिलासहित तीनजनालाई निर्घात कुटपिट गरेका छन् । गत बुधबारको घटनाबाट घाइते भएका तीनैजनाको बिर्तामोडको बिएण्डसी हस्पिटलमा उपचार भइरहेको छ । स्थानीय आकाश खड्काले सञ्चालन गरेको सुधार केन्द्रमा भएको कुटपिटबाट अर्जुनधारा–१ की सविना तामाङ, बिर्तामोड–५ का मनकुमार खुदाङग र बाबुराम योङहाङ घाइते भएका हुन् । घटना अनुसार सविनाको देवर मदन तामाङलाई ६ महिना अघि सो पुनस्र्थापना केन्द्रमा उपचारका लागि भर्ना गरिएको थियो । पीडित परिवारका अनुसार घाइतेमध्ये मनकुमारको मेरुदण्डमा चोट लागेको छ । सञ्चालक खड्कासँग हरहिसावका बारेमा प्रश्न…
१३ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले श्रीकेश तेल उत्पादक कम्पनी सप्तऋषि ओयल एण्ड कस्मेटिक इण्डष्ट्रीलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । उत्पादक कम्पनीसँग माग गरिएका विवरणका आधारमा तयार पारिएको प्राविधिक विश्लेषण प्रतिवेदनमा गुणस्तर पुष्टि हुन नसकेपछि जरिवाना गरिएको निरीक्षण अधिकृत डा. अवधेश झाले जानकारी दिए । तेलको गुणस्तरका विषयमा गुनासो आएपछि महानगरपालिकाले असार ७ गते विवरण माग भएको थियो । ‘हामीले मागेको विवरणका आधारमा प्रतिवेदन तयार गर्यौं र सोही प्रतिवेदनका आधारमा जरिवाना गरिएको हो,’ झाले भने । माग गरिएको विवरणमा तेलमा प्रयोग हुने कच्चा पदार्थको प्राविधिक समिश्रणको विधि (फर्मुलेसन, रेसपी मेथड)को कागजात प्राप्त हुन सकेको थिएन । महानगरको अनुगमनमा…
काठमाडौँ । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्युत प्राधिकरणले उठाउन बाँकी करिव २२ अर्ब बक्यौता उठाउने निर्णय मन्त्रिपरिषद्बाटै गर्न सरकारलाई चुनौती दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री सामाजिक सञ्जालमा प्रस्ताव गरेर होइन, क्याबिनेटबाट निर्णय गराउनुपर्ने बताए । ‘प्रधानमन्त्रीले नौ वर्षसम्म किन एक्काइस अर्ब अठासी करोड महसुल उठाइएन भनेर पनि फेसबुकबाटै सोध्नुभएको छ । नियत सही भएको प्रधानमन्त्रीले क्याबिनेटबाट सोध्नुपर्ने हो यो प्रश्न । खासमा यो प्रश्न सोध्ने होइन, जवाफ दिनुपर्ने व्यक्ति नै प्रधानमन्त्री ओली आफैँ हो’, अध्यक्ष प्रचण्डले प्रश्न गरे, ‘प्राधिकरणलाई आफ्नो काम आफैँ गर्न नदिएर यो विवाद निम्त्याएको…