काकरभिट्टा । पाँचौं मेचीनगर गोल्डकप अन्तर्गत आज दोस्रो दिनको खेल सञ्चालन हुँदैछ । आज चर्च ब्वाइज युनाइटेडले झापा एफसीको सामना गर्नेछ । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा सञ्चालित मेचीनगर गोल्डकपको पाँचौं संस्करण काँकरभिट्टा खेलमैदानमा दिउँसो २:३० बजेबाट सेमिफाइनल प्रवेशका लागि ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड र एनएसएल टिम झापा एफसीको रोमाञ्चक भिड्न्त हुने छ । आयोजकले प्रतियोगितामा दुवै टिम सशक्त रहेका कारण आजको खेल अत्यन्तै प्रतिष्पर्धात्मक रहने विश्वास लिइएको छ । यश अघि उदघाटन खेलमा शनिबार आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले पाहुना टोली भारतको जर्जियन एफसीलाई ४-२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरिसकेको छ । चैत २ गते…
मेचीनगर । काँकरभिट्टामा शनिवारबाट सुरु भएको पाँचौ मेचीनगर गोल्डकपमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले विजयी सुरुवात गरेको छ । शनिवारबाट काँकभिट्टा खेलमैदानमा सुरु भएको प्रतियोगितामा पाहुना टोली जर्जियन फुटबल क्लब भारतलाई ४– २ गोल अन्तरले पराजित गर्दै सेमीफाइनलको यात्रा तय गरेको हो । खेलको २८ औँ मिनेटमा जर्जियन खेलाडी टिमका लागि पहिलो गोल गरे । जर्जियनका खेलाडी कुञ्जमान थापालाई काँकरभिट्टाका सञ्जय लिम्बुले फाउल गरेपछि पाएको फ्रिकिकलाई सत्यम शर्माले सानदार गोलमा परिणत गरेका थिए । पहिलो हाफको अतिरिक्त समयमा काँकरभिट्टाले गोल गर्दै खेललाई बराबरीको अवस्थामा ल्याएको थियो । जर्जियनको डिएरियामा काँकरभिट्टाका खेलाडीलाई फाउल गरेपछि पाएको पेनाल्टीलाई काँकरभिट्टाका निशान लिम्बूले गोल गर्दै…
मेचीनगर । झापाको काँकरभिट्टामा फागुन २४ गतेदेखि सूरु हुने पाँचौं मेचीनगर गोल्डकपको तयारीको अन्तिम चरणमा पुगेको छ । काकरभिट्टा माविको खेल मैदानमा हुने प्रतियोगिताका लागि अहिले मैदान तयारीको काम अन्तिम चरणमा पुगेको छ भने अन्य तयारी र प्रचारात्मक अभियानलाई तीब्र पारिएको गोल्डकप मूल आयोजक समितिका संयोजक श्रीप्रसाद मैनालीले जानकारी दिनु भयो । वहाँका अनुसार प्याराफिट बनाउने काम पनि धमाधम भइरहेको छ । ‘हामी दर्शकका लागि बाँसको प्याराफिट बनाउँदैछौं,’ मैनालीले भन्नुभयो, ‘बस्न सजिलो हुनेगरी प्याराफिट बनाउँदैछौं ।’ करीब ६ हजार दर्शक अटाउने गरी मैदानको व्यवस्थापन गरिने संयोजक मैनालीले बताउनु भयो । करीब ८० लाख खर्च हुने अनुमान गरिएको गोल्डकपको स्थायीत्वका लागि…
किशोर कुमार सार्की, मेचीनगर । आर्थिक वर्ष २०८१/८२ मा मेचीनगर नगरपालिकामा खेलकुद विकासले नयाँ आयाम थपेको छ । अन्तर्राष्ट्रिय प्रतियोगिता, विद्यालय, युवा र समुदायमा आधारित पहलले खेल प्रतिभालाई उजागर गराउँदै खेलकुदलाई सांस्कृतिक तथा आर्थिक विकासको बलियो आधार बनाएको छ । आर्थिक वर्ष २०८१/८२ मा मेचीनगर नगरपालिका संरक्षक रही पाँचौं मेचीनगर गोल्डकप सफल पार्ने काम भएको छ । २०८१ फागुन २१ देखि फागुन २८ सम्म काँकरभिट्टामा सञ्चालन भएको पाँचौँ “मेचीनगर गोल्डकप” ले मेचीनगरलाई राष्ट्रियस्तरमा फुटबलबाट परिचित गराउन सफल भयो । ए–डिभिजन क्लबहरू (चर्च ब्वाइज, मच्छिन्द्र, एपीएफ) र भारत–उज्बेकिस्तानका विदेशी क्लब जर्जियन एफसी, ब्ल्याक बुल्स एफसी सहभागी थिए । चर्च ब्वाइज युनाइटेडले…
काँकरभिट्टा । लिम्बू समुदयलाई लक्षित गरि प्रथम अन्तर्राष्ट्रिय ख्रीष्टिय लिम्बू महिला सम्मेलन सम्पन्न भएको छ । “आऔ हाम्रा मानिसहरुका लागि हामी एस्तर बनौं ” भन्ने मुख्य बचनलाई प्रशंग बनाई बुधबारबाट शुरु भएको प्रथम अन्तर्राष्ट्रिय ख्रीष्टिय लिम्बू महिला सम्मेलन काँकरभिट्टाको सामुदायीक हलमा आज सम्पन्न भएको हो । प्रथम अन्तर्राष्ट्रिय ख्रीष्टिय लिम्बू महिला सम्मेलन डा.छत्र पावल सुब्बाले प्रमुख आतिथ्यता रहेका थिए भने रेभ दानियल सुब्बाको बिशिष्ठ आतिथ्यतामा भएको बृहत कार्यक्रमको प्रमुख बक्ता सारा सुब्बा र अन्य बक्ताहरु लिना सुब्बा,तारा कन्दङवा र सेम्मुई एक्तेनद्धारा लिम्बू समुदायप्रति उत्साह दिंदै परमेश्वरको आशिषमय बचन प्रस्तुत गर्नु भएको थियो । अन्तर्राष्ट्रिय ख्रीष्टिय लिम्बू महिला सम्मेलनमा अन्तर्राष्ट्रिय ख्रीष्टियन…
झापा । आज महाशिवरात्री पर्व, देशभर आराध्यदेव महादेवको पूजा आराधनासहित मनाएकोछ । झापा बिर्तामोडको बिराटपोखरीमा माहाशिवरात्रिको अवसरमा भब्यताकासाथ बिराट सरोबर समितिको आयोजनामा आराधनासहित गंगा आरती सम्पन्न भएको हो । कार्याक्रमको प्रमुख अतिथि बिर्तामोड नगर उप-प्रमुख नगेन्द्र प्रसाद संग्राैला, अतिथि वडा न ३ का अध्य्क्ष मदन बुडाथोकीलगायतको उपस्थिति रहेको थियो । कार्याक्रमको अध्यक्षता सरोबर समितिका अध्य्क्षले गर्नुभएको थियो भने कार्याक्रम संचालन लिला अनमोलले गर्नुभएको थियो । आज महादेवको पूजा आराधनाका लागि मन्दिरसहित देशभरका शिवालयमा भक्तजनको भीड लागेको थियो ।
काँकरभिट्टा । ईलाका प्रहरी कार्यालयको ब्यारेक भित्र कार्यालय सहयोगी (भान्से) निरबहादुर विक झुण्डीएको अवस्थामा फेला परेकाछन्। जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरिक्षक खगेन्द्रबहादुर खड्काका अनुसार ईप्रका काँकरभिट्टामा कार्यालय सहयोगी (भान्से)का रुपमा कार्यरत विकले एक तले प्रहरीको व्यारेक भित्र भित्रबाट ढोका बन्द गरेर तन्नाको पासो लगाई पंखामा झुण्डीएको अवस्थामा भेटिएको बताए । प्रवक्ता खड्काका अनुसार दिउँसो करिब दुई बजेको समयतिर भित्रबाट ढोका लगाएको अवस्थामा व्यारेककै पंखामा उनलाई झुण्डीएको अवस्थामा भेटिएको उनले बताए । घट्नाका विषयमा प्रहरीले अनुसंधान गरिरहेको र घट्नाका विषयमा परिवारलाई जानकारी गराईएको बताए ।
७ फागुन, काँकरभिट्टा । प्रेस क्लब मेचीनगरको अध्यक्ष प्रकाश पौडेल सर्वसम्मत चयन भएका छन् । आज काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सभाहलमा आयोजित प्रेस क्लबको बुधबार सम्पन्न १० औँ साधारणसभा तथा छैटौं अधिवेशनले पौडेललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा उपाध्यक्षमा खगेन्द्र घिमिरे, महिला उपाध्यक्षमा मनिषा गौतम, सचिवमा प्रविण अधिकारी, सहसचिवमा नवराज सुवेदी र कोषाध्यक्षमा दिलीप थापा चयन भएका छन् । त्यस्तै सदस्यहरुमा सुजन प्रधान, भोला तिम्सिना, सेवन्ता घिमिरे, पुष्कर गुरागाईं रहेका छन् । कार्यसमिति सदस्यमा एक जना पछि थप गरिने निर्वाचन समितिले जनाएको छ । ११ सदस्यीय कार्यसमितिको कार्यकाल २ वर्षको रहने छ । अध्यक्षमा…
६ फाल्गुन, काठमाडौँ। प्रहरीले काठमाडौंबाट गैरकानुनी अनलाइन जुवा खेलाएको आरोपमा थप चार जना भारतीयलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत उत्तरप्रदेश गोरखपुर घर भई काठमाडौँ बुढानीलकण्ठ२ बस्ने २२ वर्षीय एमडी आरिफ हुसेन, उत्तर प्रदेशकै फत्तेपुर जिल्ला घर भएका ४२ वर्षीय अब्दुल कलाम, २५ वर्षीय अभिषेक मदेसिया र ४० वर्षीय इरफान पठान रहेका छन्। उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँले सोमबार बुढानीलकण्ठ नगरपालिका-२ तौलुङबाट पक्राउ गरेको हो। परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीका अनुसार उनीहरूलाई घर भाडामा लिएर गैरकानुनी अनलाइन जुवा खेलाएको आरोपमा सोमबार बेलुका पक्राउ गरिएको हो। उनीहरूले दुई अर्ब रुपैयाँभन्दा बढीको अनलाइन जुवा खेलाएको प्रारम्भिक अनुसन्धनले देखाएको एसएसपी अधिकारीले…