म्यानमार । गत साता गएको बिनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या २ हजार ८८६ पुगेको छ । सिन्हवाका अनुसार सो भुकम्पमा परी ४ हजार ६३९ जना घाइते भएका छन् भने ३७३ अझै बेपत्ता रहेका छन् । प्रधानमन्त्री मिन आङ ह्लिङले यो जानकारी दिदैँ उनले बिभिन्न जातीय सशस्त्र संगठनहरूको युद्धविराम प्रस्ताव भने अस्वीकार गरेका छन् । उनले भुकम्पको बिनाशकारी समयमा पनि सैन्य कारबाही जारी राख्ने जनाएका छन । ‘तर, केही जातीय सशस्त्र समूहहरू अझै सक्रिय रूपमा लडाइँमा संलग्न रहेका छन्, ’ ह्लिङले भने, ‘यो एक प्रकारको आक्रामकता भएको हुनाले सेनाले आवश्यक रक्षा कारबाही जारी राख्नेछ।’ भूकम्पको विनाश र मानवीय सहायता पठाउनमा…
झापा । अर्जुनधारा ईसाई समाजले १३ औं साधारणसभा साथै ७औ अधिवेशन सम्पन्न भएको छ । निर्वाचन समितिको संयाेजक पास्टर राजु चाम्लिङ संयाेजकत्वमा समाज नेतृत्वमा पास्टर पुष्प घलेकाे अध्यक्षमा पाच मूल समिति , आमा संगतिकाे अध्यक्षमा ग्रेस खड्का र जवान संगतिकाे नेतृत्व सुस्मिता तामाङले गरेकी थिइन् । समाजले तीन तहमा ५/५ समिति चयन गरेको छ । कार्यक्रमकाे अध्यक्ष पास्टर पुष्प घलेले गर्नु भएको थियो भने यावेस लिम्बूले सञ्चालन गर्नुभएको थियोे । मुल समाजकाे समिति आमा दिदीबहिनी समाज जवान संगतिका समिति
झापा । पत्रकार हत्या र सञ्चार गृहमा भएको आक्रमणको बिरोधमा नेपाल पत्रकार महासंघले झापासहित देशैभरी बिरोध प्रदर्शन गरेको छ । हिजो शुक्रवार काठमाडौमा राजावादीहरुले गरेको आन्दोलनका क्रममा हत्या गरिएका फोटो पत्रकार सुरज रजकको हत्यारा र सञ्चारगृहमा आक्रमण गर्नेलाई कडा भन्दा कडा कारवाहीको माग गर्दै महासंघले देशैभरी बिरोध गरेको छ । बिरोध प्रर्दशनकै क्रममा नेपाल पत्रकार महासंघ झापा शाखाले पनि झापाको बिर्तामोडमा बिरोध प्रदर्शन गरेको हो । बिर्तामोडमा भेला भएका झापाभरका पत्रकारहरुले प्रेस स्वतन्त्रको सम्मान गर, पत्रकार हत्या र सञ्चार गृह आक्रमण गर्ने लागि कडा कारवाही गर, प्रेस स्वतन्त्रता जिन्दावाद, पत्रकारको हत्यारालाई कारवाही गर, पत्रकारमाथिको आक्रमण बन्द गरलगायतका प्याले कार्डसहित नारा…
झापा । नेपाल पत्रकार महासंघको ७० औं स्थापना दिवसको अवसरमा झापामा आयोजित कार्यक्रममा अस्वस्थकर खानपानका कारण पछिल्लो समय मानिसमा नसर्ने रोगको संक्रमण बढ्दो क्रममा रहेको स्वास्थ्य शाखा झापाका प्रमुख रमेश वराकोटीले बताएका छन् । नसर्ने रोगहरुको परीक्षण (स्क्रिनिङ) तथा स्वास्थ्य प्रवद्र्धनकार्यक्रममा बोल्दै वराकोटीले उच्च रक्तचाप, मधुमेह , स्वासप्रश्वास र क्यान्सर जस्ता रोगको संक्रमण बढ्दै गएको बताए । उनले हरेक चार जनामा एक जनालाई यस खाले समस्या देखा परेको बताए । महिलामा पाठेघर तथा स्तन क्यान्सर र पुरुषमा फोक्सोमा बढी समस्या देखिने गरेको प्रमुख वराकोटीले बताए । यस्ता रोग बढ्नुमा अस्वास्थकर खानपान, अधिक अल्कोहल सेवन, शारीरिक व्यायम नगर्नु र जनचेतनाको कमी…
काठमाडौं । राजावादीहरुले जडिबुटीस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा आगजनी गरेका छन् ।पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा भएको प्रदर्शनमा उत्रिएका उनीहरूले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा आगजनी गरेका हुन् । राजावादीहरु तोडफोड र आगजनीमा उत्रिएपछि अहिले तीनकुने, कोटेश्वर र सिनामंगलमा प्रशासनले कर्फ्यु आदेश जारी गरिसकेको छ । यसअघि उनीहरुले कोटेश्वरस्थित भाटभटेनीमा लुटपाट गरेका थिए भने आलोकनगरस्थित एकिकृत समाजवादीको पार्टी कार्यालयमा आगजनी गरेका थिए । त्यस्तै उनीहरुले तिनकुनेस्थित एक निजी घरमा आगजनी समेत गरेका थिए ।
काठमाडौँ। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंविरुद्ध उजुरी परेको छ । प्रसाईँले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई लक्षित गरी घृणास्पद अभिव्यक्ति दिएको भन्दै मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिल बाबु पन्तले नेपाल प्रहरीको साइबर व्युरोमा उजुरी दिएका हुन् । उक्त उजुरी शुक्रबार व्युरोमा दर्ता पनि भइसकेको छ ।
काठमाडाैं । काठमाडौंमा आज हुने दुई प्रमुख प्रदर्शनको मध्यनजरमा सुरक्षा व्यवस्था कडा गरिएको छ। गणतन्त्र पक्षधर समाजवादी मोर्चा र पूर्वराजा समर्थक समूहले छुट्टाछुट्टै प्रदर्शन गर्नेछन्। समाजवादी मोर्चाले प्रदर्शनीमार्गमा शक्ति प्रदर्शन गर्ने भने पूर्वराजा समर्थकले तीनकुनेमा जुलुस निकाल्ने छन्। समाजवादी मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा सहभागी छन्। उनीहरूले भृकुटीमण्डपदेखि प्रदर्शनीमार्गसम्म र्याली निकाल्नेछन्। पूर्वराजा समर्थक समूह ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’का आयोजनामा प्रदर्शन गर्नेछन्। सुरक्षा दृष्टिकोणबाट, उपत्यका प्रहरी कार्यालयले उच्च सतर्कता अपनाएको छ। तीनकुने र प्रदर्शनीमार्ग क्षेत्रमा प्रहरी परिचालन गरिने छ।…
१४ चैत्र, काठमाडौं। ‘धर्म, संस्कृति तथा नागरिक बचाऊ’ महाअभियानका संयोजक दुर्गा प्रसाईँको नेतृत्वमा चैत १५ गते (भोलि) काठमाडौंको तीनकुनेमा ‘नागरिक जनविद्रोह’ घोषणा गर्ने तयारी गरिएको छ। महाअभियानमा नेपालका ७७ जिल्लामध्ये ६८ जिल्लाबाट मानिसहरू काठमाडौं आएको दाबी गरिएको छ। ती जिल्लाबाट प्रतिनिधिमुलक रूपमा मानिसहरू काठमाडौं आएको र उनीहरू उक्त कार्यक्रममा सहभागी हुने महाअभियानका प्रवक्ता माधव कल्पितले बताए। प्रसाईंले बिहीबार पूर्वराजा ज्ञानेन्द्र शाहसँग झन्डै दुई घण्टा लामो छलफल गरेको दाबी कल्पितले गरे। उक्त भेटपछि प्रसाईंले पत्रकार सम्मेलन आयोजना गर्दै आगामी रणनीतिबारे जानकारी गराएको दाबी कल्पितको छ। उक्त पत्रकार सम्मेलनमा राजसंस्था पुन:स्थापनाका लागि गठित समितिका संयोजक नवराज सुवेदीसहित अन्य राजावादी नेताहरू पनि सहभागी…
१४ चैत, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणबाट पदमुक्त भएका कार्यकारी निर्देशक कुलमान घिसिङले पेस गरेको रिट निवेदन बिहीबार सर्वोच्च अदालतमा दर्ता भएको छ । आफूलाई गैरकानुनी रुपमा पदमुक्त गरिएको घिसिङले दावी गरेको छ । सरकारको निर्णय बदर गरी आफूलाई कार्यकारी निर्देशकमा पुनस्थापना गर्नुपर्ने उनको माग छ । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, ऊर्जामन्त्री दिपक खड्का एवं उनले सम्हालेको मन्त्रालय, नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई विपक्षी बनाएका छन् । कुनै गल्ती, त्रुटी नगरेको अवस्थामा सरकारले बदनियतका साथ आफूलाई स्पष्टीकरण सोधेको र गलत ढंगले पदमुक्त गरेको भनी उनले रिट निवेदनमा जिकिर गरेका छन् । सर्वोच्च अदालत…
१२ चैत, मेचीनगर । झापाको मेचीनगर –६ बाट आज दिउँसो सशस्त्र प्रहरीले करिब रू एक करोड बराबरको अवैध सामान बरामद गरेको छ । मेचीनगर–६ झुल्केघाम टोलस्थित मदन पोखरेल र उत्तम ठकुरीको घरबाट करिब रू एक करोड बराबरको अवैध कपडा र मोटरपार्टस् बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेड क्वाटर झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारीले जानकारी दिनुभयो । विषेश सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेक्वारबाट प्रहरी नायब उपरीक्षक मदनकुमार रसाइलीको कमाण्डमा खटिएको टोली र राजश्व अनुसन्धान कार्यालय इटहरीबाट अनुसन्धान अधिकृत विधुर गौतमसहितको टोलीले उनीहरुको घरबाट उक्त सामान बरामद गरेको हो । पोखरेलको घरबाट…