नयाँ तृष्णा

नेपाल पत्रकार महासंघको स्थापना दिवसः बिर्तामोडमा स्वास्थ्य शिविर

Advertisement

झापा । नेपाल पत्रकार महासंघको ७० औं स्थापना दिवसको अवसरमा झापामा आयोजित कार्यक्रममा अस्वस्थकर खानपानका कारण पछिल्लो समय मानिसमा नसर्ने रोगको संक्रमण बढ्दो क्रममा रहेको स्वास्थ्य शाखा झापाका प्रमुख रमेश वराकोटीले बताएका छन् ।

नसर्ने रोगहरुको परीक्षण (स्क्रिनिङ) तथा स्वास्थ्य प्रवद्र्धनकार्यक्रममा बोल्दै वराकोटीले उच्च रक्तचाप, मधुमेह , स्वासप्रश्वास र क्यान्सर जस्ता रोगको संक्रमण बढ्दै गएको बताए । उनले हरेक चार जनामा एक जनालाई यस खाले समस्या देखा परेको बताए ।

महिलामा पाठेघर तथा स्तन क्यान्सर र पुरुषमा फोक्सोमा बढी समस्या देखिने गरेको प्रमुख वराकोटीले बताए । यस्ता रोग बढ्नुमा अस्वास्थकर खानपान, अधिक अल्कोहल सेवन, शारीरिक व्यायम नगर्नु र जनचेतनाको कमी भएको उनको भनाई छ ।

नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ड डा. सुनिल अधिकारीले नगर अस्पतालले प्रदान गर्दै आएको स्वास्थ्य सेवाको विषयमा जानकारी गराएका थिए ।

नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजना तथा स्वास्थ्य कार्यालय र बिर्तामोड नगरपालिका स्वास्थ्य शाखाको सहकार्यमा स्वास्थ्य शिविर आयोजना गरिएको थियो ।

शिविरमा बीएमआई (बडी मास इन्डेक्स), रक्तचाप, मधुमेह (सुगर), मिर्गौला, पाठेघरको मुखको जाँचलगायत सेवा प्रदान गरिएको थियो । शिविर बिर्तामोड–८ गरामनी स्वास्थ्य चौकीमा आयोजना गरिएको थियो ।

शिविर उद्घाटन सत्रमा स्वागत महासंघकी उपाध्यक्ष तथा कार्यक्रम संयोजक विनिषा गौतमले स्वागत गरेकी थिइन् भने महासंघका उपाध्यक्ष सुव्रत न्यौपानेले धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रमको संचालन महासंघ झापा शाखाका सचिव प्रदीप परियारले गरेका थिए ।
महासंघको स्थापना दिवसको अवसरमा शनिवार साँझ महासंघको कार्यालयमा दीप प्रज्वलन गरिने कार्यक्रम रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

लागूऔषध र प्रतिबन्धित औषधि ठुलो मात्रामा बरामद

लागूऔषध र प्रतिबन्धित औषधि ठुलो मात्रामा बरामद

२ साउन, झापा । प्रहरीले बिर्तामोडको एउटा औषधि गोदामबाट ठुलो मात्रामा लागूऔषध र प्रतिबन्धित औषधि बरामद गरेको छ ।इलाका प्रहरी कार...
मानव बेचबिखन नियन्त्रणमा राज्य गम्भीर नभएको भन्दै सरोकारवालाहरुको चिन्ता

मानव बेचबिखन नियन्त्रणमा राज्य गम्भीर नभएको भन्दै सरोकारवालाहरुको चिन्ता

२ श्रावण, झापा । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा राज्यले जिम्मेवार ढंगले अगाडि नबढेको भन्दै सरोकारवालाहरूले गम्भीर चिन्...
राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा प्रवेश गर्नु गम्भीर : ओली

राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा प्रवेश गर्नु गम्भीर : ओली

२ श्रावण, काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा फर्किने घोषणापछि नेकपा एमाले भित्र यस विषयमा औपचारि...
प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे, मन्त्रीहरूको जवाफ र विधेयक पेश हुने

प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे, मन्त्रीहरूको जवाफ र विधेयक पेश हुने

३० असार, काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दै छ। बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपर...