Skip to main content

नयाँ तृष्णा

सामाजिक सञ्जाल

काँकरभिट्टाको होटलबाट गैँडाको खागसहित भारतीय पक्राउ

काँकरभिट्टाको होटलबाट गैँडाको खागसहित भारतीय पक्राउ

२४ पुस, मेचीनगर । काँकरभिट्टा स्थित हिमालय गेस्ट हाउसबाट गैँडाको खाग जस्तो देखिने वस्तु र खैरो हिरोइनसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । आज दिउँसो साढे ३ वजे इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख एवम् डीएसपी मिमबहादुर लामाको कमाण्डमा खटिएको टोलीले हिमालय गेस्ट हाउसको १०२ नं.कोठामा बसेका भारत वेष्ट बंगाल उत्तर मेन्दाबारी बस्ने नारायण रामधामबाट गैँडाको खाग जस्तो देखिने वस्तु बरामद गरेको हो । प्रहरीका अनुसार इनटेक्स लेखिएको कार्टुनभित्र १८.६ इन्च सतह गोलाइ, ८.६ इन्च उचाइ, १ केजी ७०० ग्राम तौल भएको गैँडाको खाग जस्तो देखिने वस्तु रहेको छ । त्यस्तै प्रहरीले रामधामबाट प्लाष्टिकसहित ३ ग्राम ७६० मिलिग्राम लागुऔषध (खैरो…
Read More
प्रेस सेन्टर नेपाल झापाको अध्यक्षमा पुष्प

प्रेस सेन्टर नेपाल झापाको अध्यक्षमा पुष्प

१३ पुष, बिर्तामोड । प्रेस सेन्टर नेपाल झापाको १० औं जिल्ला अधिवेशनले पुष्प खड्कालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । आज बिर्तामोडमा सम्पन्न अधिवेशनले खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । ११ सदस्यीय नयाँ कार्यसमितिको उपाध्यक्षद्वयमा होमप्रकाश अधिकारी र सन्तोष शर्मा, सचिवमा प्रकाश उप्रेती, सहसचिवद्वयमा लेखनाथ चापागाईं र राजन साम्पाङ्ग तथा कोषाध्यक्षमा मनोज तिवारी चयन भएका छन् । यसैगरी सदस्यहरुमा टीकाराम बाँस्तोला, भोला तिम्सिना र पर्वत तामाङ सदस्यमा छन् । कार्यसमितिमा पछि २ जना सदस्य थप गर्ने गरी ११ सदस्यीय समिति चयन गरेको छ । अधिवेशनले डण्डिराज घिमिरे र झुलन रेग्मीलाई केन्द्रीय प्रतिनिधिमा पठाउने निर्णय गरेको छ ।…
Read More
आज ‘ख्रीष्टमस’ मनाइँदै, देशभर सार्वजनिक बिदा

आज ‘ख्रीष्टमस’ मनाइँदै, देशभर सार्वजनिक बिदा

१० पुष, झापा । आज डिसेम्बर २५ का दिन बिश्वब्यापीरुपमा प्रभू येशू ख्रीष्टको जन्मोत्सव अर्थात ‘ख्रीष्टमस डे’ मनाउँदैछन्। प्रभू येशू ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज विश्वभरि नै ख्रीष्टियनहरुले ‘ख्रीष्टमस डे’ मनाउँने गरेको हो । आजभन्दा दुई हजार २५ वर्षअघि येशू ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो। पवित्र आत्माबाट गर्भवती भई कन्य कुमारी मरियमबाट जन्मिएका येशू ख्रीष्टले मानवजातिको निम्ति मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा ख्रीष्टियनले समुदायले आजको दिनलाई बिशेष दिनको रुपमा ‘ख्रीष्टमस’ मनाउने गर्दछन् । नेपालको परिप्रेक्ष्यमा मण्डलीको आरम्भसंगै हर्सोलासका साथ अन्य देशहरुमा झै यस देशमा पनि भब्यताका साथ ख्रीष्टमस मनाउन आरम्भ भएको हो । हाल नेपालमा ३५ लाख ख्रीष्टियनले…
Read More
जनताको समस्यामा चाँडै पुग्न नगर प्रहरीलाई गाडी

जनताको समस्यामा चाँडै पुग्न नगर प्रहरीलाई गाडी

२१ मंसिर , मेचीनगर । जनतालाई परेको समस्यालाई छिटो र सहज ढंगले सुरक्षा दिन खटिएका नगर प्रहरीलाई नगरपालिकाले आज गाडी उपलब्ध गराएको छ । विहीबार विहान मेचीनगर नगरपालिका कार्यालयको परिसरमा एक कार्यक्रमको आयोजना गरेर नगर प्रहरीलाई गाडी जिम्मा दिईएको हो । मेयर गोपालचन्द्र बुढाथोकी, उपमेयर मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती लगायतले नगर प्रहरीलाई गाडीको चावी बुझाईएको हो । जिम्मेवारीलाई समयमै कार्यन्वयन गर्न, काममा सहजता होस र जनताका समस्यालाई सहज ढंगले कार्यान्वयन गर्न भनेर नगर प्रहरीलाई सवारी साधन दिएको मेयर बुढाथोकी बताए । उपमेयर उप्रेतीले न्यायिक समितिले गरेका निर्णय तथा बजारमा हुने कालोबजारी, खाद्य…
Read More
लैङ्गिक हिंसा बिरुद्ध १६ दिने अभियानमा महिलावादीहरुको उद्घोष

लैङ्गिक हिंसा बिरुद्ध १६ दिने अभियानमा महिलावादीहरुको उद्घोष

१८ मंसिर, मेचीनगर । चौरासीमा महिला हुनुपर्छ पहिला, घर चलाउने हातले देश चलाउन सक्छ लगायत नारासहित आज ३३ औँ लैङ्गिक हिंसा बिरुद्ध १६ दिने अभियानको अवसरमा काँकरभिट्टा बजारमा प्रभातफेरी सहितको कार्यक्रम गरिएको छ । र्याली काँकरभिट्टा बजार परिक्रमापछि हनुमान मन्दिर परिसरमा कोणसभामा परिणत भएको हो । कोणसभामा कार्यक्रमकी प्रमुख अतिथि मेचीनगर नगरपालिका उपमेयर मीना पोखरेल उप्र्रेती, अन्तर–पुस्ता महिलावादी मञ्चकी संस्थापक केन्द्रीय सदस्य सरु जोशी, महिला जनचेतना केन्द्र मेचीनगरकी संस्थापक अध्यक्ष राधा प्रधान कार्की लगायतले अब ०८४ सालमा महिलाले वडाध्यक्षदेखि मेयर पदमा जितेर देश हाक्न सबै महिलाहरु एकजुट भएर लाग्नु पर्नेमा जोड दिएका थिए । प्रभातफेरीसहितको र्यालीमा विभिन्न संघ–संस्थाका प्रमुख, प्रतिनिधि,…
Read More
झापामा लैङ्गिक हिंसा विरूद्धकाे १६ दिने अभियान शुरु : हिंसा अन्त्यको माग गर्दै काँकरभिट्टामा प्रभातफेरि (तस्विर सहित)

झापामा लैङ्गिक हिंसा विरूद्धकाे १६ दिने अभियान शुरु : हिंसा अन्त्यको माग गर्दै काँकरभिट्टामा प्रभातफेरि (तस्विर सहित)

  १० मंसिर , मेचीनगर । लैङ्गिक हिंसा विरूद्धकाे १६ दिने अभियानकाे पहिलाे दिन आज झापाकाे मेचीनगरमा प्रभात फेरि सहितको र्याली निकालेको छ । हरेक वर्षकाे २५ नाेभेम्बरदेखि १० डिसेम्बर वा (२०८१ मंसिर १० देखि २५ गते) सम्म याे अभियान सञ्चालन हुने गर्दछ । ‘हामी सबैको प्रतिवद्वताः लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्वता’ नारासहित नगरपालिकाकाे आयोजनामा प्रभातफेरि गरेर आजदेखि १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान सुरु गरेको छ । ईलाका प्रहरी कार्यालय परपसरबाट शुरू भएको र्यालीले “घर शान्ति नै विश्व शान्तिको आधार, दिगो विकाशका लागि लैङ्गिक हिंसा रहित समाज”, “हिंसामुक्त समाज हाम्रो प्रतिवद्धता, “बालबालिकालाई शिक्षामा जोड दिऊँ”, “हाम्रो आधार सुरक्षित, हाम्रो…
Read More
चौंथो खुदुनाबारी गोल्डकप : बुधवार मेचीनगर र शिवसताक्षी फाइनल भिड्दै

चौंथो खुदुनाबारी गोल्डकप : बुधवार मेचीनगर र शिवसताक्षी फाइनल भिड्दै

३ मंसिर, मेचीनगर । मेचीनगरले भद्रपुर नगरपालिकालाई हराउँदै चौंथो खुदुनाबारी गोल्डकपको फाइनलमा पुगेको छ । आजको अन्तिम सेमिफाइनल खेलमा भद्रपुर नगरपालिकालाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै मेचीनगर नगरपालिका उपाधि नजिक पुगेको हो । मेचीनगरका खेलाडी सनम भुजेलले ह्याट्रिक गरे । ३४ औं मिनेटमा पहिलो गोल गरेका भुजेलले ४० औं र ६९ औं मिनेटमा थप दुई वटा गोल गरेका थिए । मेचीनगरको तर्फबाट पहिलो गोल सरोज कार्कीले गरे । उनले खेलको ३० औं मिनेटमा गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै मेचीनगरका लक्षु थापाले ५४ औं मिनेटमा थप एक गोल गरे । दोस्रो हाफमा भद्रपुरका गोलरक्षक देव लिम्बूले…
Read More
हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु

हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु

२ मंसिर, झापा । झापाको दमक ३ मा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ। आज बिहान २ बजे दमक नगरपालिका वडा न.३ दिपज्योती टोलमा जंगलबाट आएको एउटा हात्तीले सोही ठाउँ बस्ने सुबिन भट्टराईको भान्सा घर भत्काउन लागेको थियो । सोही बेला छिमेकी ४५ वर्षीय मिनबहादुर भण्डारीले धपाउन खोज्दा उनीमाथि हात्तीले आक्रमण गरेको थियो । सय मिटर परसम्म हात्तीले लखेटेर लछारपछार पारी उचालेर पछार्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय दमकमा घटनाबारे प्राप्त हुनासाथ प्रहरी टोली खटिएर अनुसन्धान कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Read More
दशैंको अवसरमा जागृत बाल उद्धार केन्द्रलाई खाद्यन्न सामाग्री बितरण

दशैंको अवसरमा जागृत बाल उद्धार केन्द्रलाई खाद्यन्न सामाग्री बितरण

मेचीनगर । सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडद्धारा जागृत बाल उद्धार केन्द्र नेपाललाई दशैंको उपलक्ष्यमा खाद्यन्न सामाग्रीसहित नगद बितरण गरेको छ । आज सहकारी संस्थाले यहाँका आश्रित बाल बालिकालाई बडा दशैंको अवसरमा खाद्यन्नलगायत मासु खनाका लागि नगद बितरण गरेको हो । संस्थाका बिभागीय बिजय बस्नेतले दशैको चाडवाडको समयमा बाल बालिकाहरु भोकभोकै नबसुन् भनेर दश हजारजतिको खाद्यन्न संस्थाले उपलब्ध गराएको बताउदै संस्थाका अध्यक्ष सुवास भट्टराईको हातबाट हस्तान्तरण गरिएको थियो । सहकारी संस्था संस्थाबाट केन्द्रीय अध्यक्ष सुवास भट्टराई, बिभागीय बिजय बस्नेत, सेवा केन्द्र काँकरभिट्टा प्रमुख नारद प्रसाद पौडेल र कर्मचारी हरि दाहाल सहभागी रहेका थिए भने यस जागृत बाल उद्धार केन्द्र…
Read More
झापाका ५३२ जना विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री

झापाका ५३२ जना विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री

२५ भदौ, मेचीनगर । नेपाल मानव धर्म सेवा समिति मेचीले विश्व साक्षरता दिवसको अवसरमा  मेचीनगर, दमक र गौरादह नगरपालिकाका विभिन्न सामुदायिक विद्यालयहरुमा शैक्षिक सामाग्री वितरण गरेको छ । नेपाल मानव धर्म सेवा समिति मेचीले मेचीनगर, दमक र गौरादह नगरपालिकाका विभिन्न सामुदायिक विद्यालयहरुमा ५३२ जना विपन्न वर्गका विद्याार्थीहरुलाई शैक्षिक सामाग्री सोमबार वितरण गरेको हो । मेचीनगर–८ को विद्योदय प्राविका अध्ययनरत ६० जना विद्यार्थीलाई वडाध्यक्ष गिरीराज धमलाले वितरण गरिएको थियो । मेचीनगर–१५ को कालिका आधारभुत विद्यालयका १९१ जना विद्यार्थीहरुलाई मेचीनगर नगरपालिकाका उपमेयर मीना पोखरेल उप्रेतीले वितरण गरिएको थियो । वडा नम्बर १५ कै मेची पारीको गाउँमा रहेको मेची प्राविका २१ जना विद्यार्थीलाई…
Read More