२० भदौ, मेचीनगर । हरेक वर्षको २० गते नेपालमा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईन्छ । झापा जिल्लाले आज विहिबार १८ औं राष्ट्रिय दिवस विभिन्न कार्यक्रमकासाथ मेचीनगरमा “तीनै तहका सरकारको प्रतिवद्धता ः मानव बेचबिखन विरुद्ध सबैको ऐक्यवद्धता” भन्ने राष्ट्रिय नाराका साथ जिल्ला प्रशासन कार्यालय झापाले कारितास नेपालको संयोजन र मेची सामुदायिक सेवा केन्द्र,माइती नेपाल,साहसी महिला नेपाल, आफन्त नेपाल, साना हातहरु नेपाल,नव अभियान नेपाल,शक्ति समूह नेपाल,एबिसी नेपाल,एकल महिला जिल्ला समिति झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टागरी दश सरोकारवाला संघ–संस्थाको सहकार्यमा आयोजनामा बिभिन्न कार्यक्रम भएको थियो । अन्तरक्रियामा इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक मिमबहादुर लामाले…
१८ भदौ, झापा । झापाको मेचीनगरमा किरात याक्थुङ चुम्लुङको ३६ औं स्थापना विभिन्न कार्यक्रमहरु आयोजना गरि सम्पन्न भएको छ । सोमवार किरात याक्थुङ चुम्लुङ मेचीनगरको आयोजनामा इट्टाभट्टा स्थित आफ्नै भवनमा विविध कार्यक्रमका साथ स्थापना दिवस मनाइएको हो । कार्यक्रममा मेचीनगरका लिम्बू समुदायका जनप्रतिनिधिहरू, जग्गादाताहरू, चुम्लुङमा विशेष योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गरिएको थियो । किरात याक्थुङ चुम्लुङ इजरायल सहयोग कोषबाट प्रत्येक वर्ष प्रदान गरिँदै आएको छात्रवृत्ति मेचीनगर स्थित बालकल्याण मावि कक्षा- ७ मा अध्ययनरत मेचीनगर-५ निवासी छात्रा स्नेहा लिम्बूलाई नगद १० हजार प्रदान गरिएको थियो। गायक उत्तमजंग लिम्बू र गायिका गंगा फियाकको बेजोड सांगितीक प्रस्तुति रहेको कार्यक्रममा विभिन्न वडाको केलाङ, यालाङ,…
१४ भाद्र, मेचीनगर । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र मेची सामुदायिक सेवा केन्द्र काँकरभिट्टाको आयोजनामा शुक्रबार इप्रकाको सभाहलमा मेचीनगर नगरपालिका वडा नं ६ का टोल विकास संस्थाहरुको प्रतिनिधिमूलक सहभागितामा चिन्ता लागू औषधको १ कसरी गर्ने नियन्त्रण ? भन्ने मूल बिषयमा अन्तरकृया सम्पन्न भयो । नागरिक र प्रहरीको सहकार्यमा कसरी लागू औषध दुव्र्यसनी मुक्त समाज बनाउने विषयमा सहभागिहरुले आफ्ना विचार राखेका थिए । कार्यक्रमको सहजीकरण मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्ति पौडेलले गरेका थिए भने इप्रका काँकरभिट्टाका प्रहरी नायब उपरिक्षक मीमबहादुर लामाले नागरिक र प्रहरीको सकार्यका विषयमा आफ्ना भनाई राखेका थिए ।
५ भाद्र, काठमाडौं । संसारकै सबैभन्दा धेरै तौल भएका व्यक्ति मानिने खालिद बिन मोहसेन शारीले आफ्नो परिवर्तनले सबैलाई चकित पारेका छन् । साउदी अरबका पूर्व राजा अब्दुल्लाहको सहयोगमा उनले ५४६ केजी तौल घटाए । २०१३ मा खालिदको वजन ६१० किलो थियो। उनी ३ वर्षभन्दा बढी समयसम्म ओछ्यानमा लडिरहे । आफ्नो दैनिक आवश्यकताका लागि पनि उनले साथीभाइ र परिवारबाट सहयोग लिनुपरेको थियो । खालिद साउदी अरेबियाको जाजान सहरका बासिन्दा हुन्। खालिदको अवस्था देखेर तत्कालीन राजा अब्दुल्लाहले उनको ज्यान बचाउन सहयोग गरेका थिए । राजाले खालिदका लागि ३० जना चिकित्सकको टोलीको व्यवस्था गरेका थिए । यो टोलीले उनको उपचार र खानपानको ख्याल…
५ भाद्र, काठमाडौं । आरक्षणको विषयलाई लिएर भारतका दलित र जनजाती संगठनहरुले आज भारत बन्द आह्वान गरेका छन् । बन्द आह्वानलाई बहुजन समाज पार्टी (बसपा), राष्ट्रिय जनता दल (राजद), आजाद समाज पार्टी लगायतका विभिन्न दलहरुले पनि समर्थन गरेका छन् । बसपाकी प्रमुख मायावतीले सर्वोच्चको फैसला अनुसार संविधान संशोधनको माग गर्दै आन्दोलनरत पक्षलाई शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न आह्वान गरेकी छन् । मायावतीका भतिजा आकाश आनन्दले भारत बन्दको क्रममा बसपाका कार्यकर्ताहरु पार्टीको झण्डासहित शान्तिपूर्ण रुपमा प्रदर्शनमा सहभागी हुने बताएका छन् । बन्दलाई लक्षित गरी राजस्थान, लखनउ, मध्य प्रदेश लगायतका विभिन्न स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको छ । लखनउमा निषेधाज्ञा नै लागू गरिएको…
४ भाद्र, काठमाडौँ। अल्पसंख्यक महिला तथा पुरुषहरु विभिन्न भेषभुषामा सजिएर गाईजात्रामा सहभागी भएका छन्। ब्लु डायमण्ड सोसाइटीद्वारा काठमाडौँमा मंगलबार आयोजित गाईजात्रा कार्यक्रममा अल्पसंख्यक महिला तथा पुरुषहरू विभिन्न भेषभुषामा सजिएर गाईजात्रामा सहभागी भएका हुन्। उनीहरुले आफ्नो समूहका दिवंगतको सम्झनामा गाईजात्रा परेड प्रदर्शन पनि गरेका छन् । न्युज अफ नेपाल
३ भाद्र, कोलम्बस। राणाशासन विरोधी अभियानका बेला गोपालप्रसाद रिमालले लेखेको ‘रातो र चन्द्रसूर्जे’सँग नन्दू खतिवडाको खासै साइनो छैन । डेढ वर्षको उमेरमा भुटानबाट लखेटिएर बाबुआमासँगै नेपाल आएका उनी १९ वर्ष पुगेपछि शरणार्थी पुनर्वास कार्यक्रम अन्तर्गत अमेरिका पुगे । अहिले ३१ वर्ष पुग्दा उनलाई कुनै कुराको लालसा छ भने त्यो हो – नेपालीत्वको । गत शनिबार बेलुकी हलभरि नेपाली राष्ट्रिय झण्डा फहराएर उफ्रिरहेका मानिसहरूको भिडमा नन्दू पनि उत्तिकै आनन्दसाथ नाचिरहेका देखिन्थे । ‘नेपाली पहिचानमै आधारित नेपथ्यले मेरो जीवनमा कति महत्व राख्छ भनेर साध्य छैन,उनले भने, ‘उमेरले मेरा बाभन्दा जेठा भइकन पनि लोकभाका गाउँदै छमछमी नाच्ने अमृत दाइको ऊर्जा देखेर मैले आज…
२ भाद्र, काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली सञ्चार माध्यम तथा सञ्चार सम्बद्ध संघ संस्थालाई समावेशी चरित्रको बनाउन आफूले पहल गर्ने बताएका छन्। नेवाः पत्रकार राष्ट्रिय दवु सम्बद्ध पत्रकारको आज ज्ञापनपत्र बुझ्दै उनले सो कुरा बताएका हुन् । नेपाली सञ्चार माध्यम तथा सञ्चार सम्बद्ध संघ संस्था समावेशी चरित्रको बन्न नसक्दा सबै समुदायको आवाजको प्रतिनिधित्व हुन नसकेको भन्दै उनले त्यसका लागि आफूले पहल गर्ने विश्वास दिलाए । दबूले आज नौ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै सञ्चार सम्बद्ध संघ संस्थाको संरचना समावेशी चरित्रको बनाउन माग गरेको छ । प्रेस काउन्सिल, सूचना विभाग, न्यूनतम पारिश्रमिक निर्धारण समितिसहित सरकारी सञ्चार माध्यमको नेतृत्वमा समानुपातिक…
१ भाद्र, झापा । बुद्धिचाल प्रतियोगिताका क्षेत्रमा निरन्तर लागिपर्दै आएको झापा मेचीनगर-६ काँकरभिट्टाको नाइट चेस क्लबले `छैठौं राष्ट्रिय एमेच्युर चेस क्याम्पियनसिप २०८१´को आयोजना गर्ने भएको छ । लागुऔषध दुर्ब्यसनी विरुद्धकाे क्षेत्रमा लामो समययता कृयाशिल क्लबले युवाको बुद्धि- विवेक र प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित गराउने उद्देश्यले चेस च्यम्पियन्सिप प्रतियोगिता गर्ने भएको हो । भदौ ७ गतेदेखि १० गतेसम्म देशभरका बुद्धिचालमा झुकाव राख्ने खेलाडीलाई प्रतियोगितामा सहभागी गराउने शनिबार पत्रकारसमक्ष नाइट चेस क्लबका अध्यक्ष बिश्व भुजेलले जानकारी दिए । प्रतियोगितामा २ हजारदेखि १७ सय र १७ मुनि अंङ्कमा छनोटमा परेका २० जनालाई नगद, प्रमाणपत्रसहित समान एबम् पुरस्कृत गरिने जनाएको छ । दुई…
१ भाद्र , काठमाडौँ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को विकल्पका रूपमा राष्ट्रिय परिचयपत्रलाई प्रयोगमा ल्याउन सबै प्रदेश तयार भएका छन् । त्यसकालागि ट्राफिक प्रहरीलाई आवश्यक पर्ने उपकरण खरिदमा प्रदेश अन्तर्गतका मन्त्रालयहरूले सहयोग गर्ने निर्णय गरेका छन् । शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सातवटै प्रदेशका यातायात मन्त्रीहरू र सचिवहरूको उपस्थितिमा छलफल भएको थियो । लाइसेन्सलाई राष्ट्रिय परिचयपत्रसँग जोड्ने लगायतबारे छलफल आयोजना गरिएको थियो । छलफलमा स्थानीय तहहरूको पनि सहभागिता रहेको थियो । सरकारले लाइसेन्सको सट्टा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने तयारी गरेको छ । त्यसका लागि सवारी चालकले राष्ट्रिय परिचयपत्र वा नम्बर भनेका आधारमा ट्राफिक प्रहरीले विशेष किसिमको डिभाइसमार्फत सवारी लाइसेन्स…