Skip to main content

नयाँ तृष्णा

झापा जिल्लामा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १८ औं राष्ट्रिय दिवस सम्पन्न

Advertisement

२० भदौ,

मेचीनगर ।

हरेक वर्षको २० गते नेपालमा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईन्छ । झापा जिल्लाले आज विहिबार १८ औं राष्ट्रिय दिवस विभिन्न कार्यक्रमकासाथ मेचीनगरमा “तीनै तहका सरकारको प्रतिवद्धता ः मानव बेचबिखन विरुद्ध सबैको ऐक्यवद्धता” भन्ने राष्ट्रिय नाराका साथ जिल्ला प्रशासन कार्यालय झापाले कारितास नेपालको संयोजन र मेची सामुदायिक सेवा केन्द्र,माइती नेपाल,साहसी महिला नेपाल, आफन्त नेपाल, साना हातहरु नेपाल,नव अभियान नेपाल,शक्ति समूह नेपाल,एबिसी नेपाल,एकल महिला जिल्ला समिति झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टागरी दश सरोकारवाला संघ–संस्थाको सहकार्यमा आयोजनामा बिभिन्न कार्यक्रम भएको थियो

अन्तरक्रियामा इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक मिमबहादुर लामाले प्रस्तुत गरेको मानव बेचबिखनको चारबर्षिय तथ्याङ्क हेर्दा हरेक बर्ष मानव बेचबखिनका घटना बृद्धि भएको छ । आर्थिक वर्ष २०७७/०७८ देखि २०८०/०८१ को अवधिमा देशभर मानव बेचबिखनका छ सय चारवटा मुद्धा दर्ता भएका छन् भने, महिला र पुरुष गरी आठ सय ४१ जना पीडित भएका थिए । घटनामा संलग्न एकहजार दुईसय ५७ अभियुक्तमध्ये सात सय १६ जनामात्र पक्राउ परेका छन् भने बाकी पाँचसय ४२ जना अझै फरार छन् ।

आर्थिक वर्ष २०७७/०७८ मा एकसय ३४ वटा यस्ता प्रकृतिका मुद्धा दर्ता भएका थिए भने, एकसय ८३ महिला र चारजना पुरुषगरी कुल एकसय ८७ जना पीडित भएको अभिलेखमा स्पष्ट छ । घटनामा ९५ जना महिला र दुईसय दुईजना गरी कुल दुईसय ९७ जना अभियुक्त थिए । त्यसमध्ये ५१ महिला र एकसय १२ गरी कुल एकसय ६३ जनालाई प्रहरीले पक्राउ गरेको प्रस्तुत प्रतिवेदनमा उल्ल्ेख छ । एकसय ३५ वर्ष अझै फरार छन् ।

आर्थिक वर्ष २०७८/०७९ मा यस्ता प्रकृतिका घटनामा बृद्धि भएर एकसय ४७ मा उकालो लागेको थियो । मुद्धामा बृद्धि भएसँगै पीडितको संख्यामा समेत बढोत्तरी भएको अभिलेखले देखाएको छ । पीडितमा पुरुषको तुलनामा महिलाको संख्या निक्कै छ । आर्थिक वर्ष २०७८/०७९ मा दुईसय महिला र ११ पुरुषगरी कुल दुईसय ११ जना पीडित भएको बताईएको छ । त्यसवर्ष ७६ महिला दुईसय १५ पुरुष गरी कुल दुईसय ९१ जना अभियूक्तमध्ये ४५ महिला र एकसय ३५ पुरुषगरी कुल एकसय ८० जनालाईमात्र प्रहरीले नियन्त्रणमा लिन सकेको थियो । ३१ महिला र ८० पुरुषगरी कुल एकसय २१ जनालाई अझैसम्म प्रहरीले पक्राउ गर्न नसकेको प्रहरी नायव उपरीक्षक लामाले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।

आर्थिक वर्ष २०७९/०८० अघिल्लो आर्थिक वर्षको तुलनामा दशवटा बढेर एकसय ५७ वटा मुद्धा दर्ता भएका थिए । ती घटनामा दुईसय दशजना महलिा र २० पुरुषगरी कुल दुईसय ३० जना पीडित, एसकय २१ महिला र दुईसय २२ पुरुषगरी कुल तीनसय ४३ जना अभियुक्तमध्ये ६६ महिला र एकसय १२ पुरुषगरी कुल एकसय ७८ जनामात्र पक्राउ परे । ५५ महिला र एकसय दश पुरुषगरी एकसय ६५ जना अझै फरार छन् ।

आर्थिक वर्ष २०८०/०८१ मा एकसय ६६ वटा मुद्धा दर्ता भए । ती मुद्धामा एसकय ९६ महिला र १७ पुरुषगरी कुल दुईसय १३ जना पीडित भए । ८९ महिला र दुईसय ३७ पुरुषगरी कुल तीनसय २६ अभियुक्त भएपनि ५८ महिला र एकसय ३७ पुरुषगरी कुल एकसय ९५ जनमा पक्राउ परे भने, एकयसय पुरुष र ३१ महिलागरी कुल एकसय ३१ जना अझै फरार छन् ।

मानव बेचबिखनको घटनामा सबैभन्दा बढी महिला पीडित हुन्छन् तर अभियुक्तमा पनि महिलाको संख्या उल्लेख्य देखिनु विडम्बना नै भएको सरोकारवालाहरुको भनाई छ । त्यसैगरी तीनसय ८१ महिला अभियुक्तमध्ये एकसय ६१ जना फरार रहनुले उनीहरू पनि कति दरिलो आत्मबलका साथ यस कुकर्ममा लागेका छन् भन्ने देखिन्छ ।

 

झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको अध्यक्षतामा मेचीनगर नगरनगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यता र उपप्रमुख मीना पोखरेल उप्रेतीको विशिष्ट आतिथ्यतामा भएको अन्तरक्रियामा कार्यक्रममा कारितास नेपालका प्रादेशिक प्रवन्धक शंकर पौडेलले कार्यक्रमको औचित्यमाथि प्रकाशसहित स्वागत र मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्ति पौडेलले सञ्चालन गर्नुभएको थियो ।

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

४ साउन , झापा । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। अमेरिकाको न्युयोर्कस्थित न्यु जर्...
विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता

विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता

  काठमाडौं ।   न्युयोर्कको मेटलाइफ स्टेडियममा आइतबार अर्जेन्टिना र स्पेनबीच हुने फिफा विश्वकप २०२६ को फाइनल खेल इतिहासकै सब...
हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने

हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने

३ साउन, काठमाडौं । हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने भएको छ । हिमालय टिभी, हिमालय स्पोर्टस् र डि...
मेचीनगरको सार्वजनिक सुनुवाइमा जनआक्रोश, न्यून सहभागिताले कार्यक्रममाथि प्रश्न

मेचीनगरको सार्वजनिक सुनुवाइमा जनआक्रोश, न्यून सहभागिताले कार्यक्रममाथि प्रश्न

  मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रमप्रति नगरवासीले असन्तुष्टि जनाएका छन्। नगरपालिकाले सामुदायिक विका...