१५ कार्तिक, काठमाडौँ। नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको आज बसेको बैठकले आज राती १२बजेदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो । मूल्य समायोजनसँगै पहिलो वर्गका लागि डिजेल प्रतिलिटर एक सय ४७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ४९ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ५० रुपैयाँ कायम भएको छ । निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो वर्ग तथा काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्र्गमा वर्गीकरण गरेको छ । इन्डियन आयल कर्पोरेसनबाट…
१२ आश्विन, धुलाबारी । नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष रविन पोख्रेलले भारी वर्षाका कारण देशमा उत्पन्न कठिन परिस्थितिलाई मध्यनजर गर्दै तत्काल उद्धारमा लाग्न अपिल गरेका छन् । क्षेत्रीय सम्मलेनमा सहभागी हुन धुलाबारी आएका अध्यक्ष पोख्रेलले समापन समारोहलाई सम्बोधन गर्दै मुलुकभर भारी वर्षाका कारण जनधनको क्षति भइरहेको अवस्थामा तुरुन्त राहत तथा उद्धारमा खटिन सबै शाखाहरुलाई निर्देशन दिएका हुन् । विगतदेखिनै सामाजिक उत्तरदायित्वमा जेसीज अग्रभागमा रहँदै आएको बताउँदै अध्यक्ष पोख्रेलले समग्र देशनै विपदमा रहेको बखत आआफ्नो क्षेत्रबाट जेसीजकर्मीहरु लागि पर्ने विश्वास ब्यक्त गरे । दुखेको घाउमा जेसीज जहिल्यै मह्लम बन्ने गरेको छ, उनले भने, 'समाजमा हामीले गर्दै आएका सकारात्मक गतिविधिलाई एकपटक पुन: प्राकृतिक विपत्ति र…
३० भाद्र, काठमाडौं । नेपाल आयल निगमले इन्धनको मुल्य घटाएको छ । निगमको आइतबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँ घटाएको हो । निगमले घटेको मुल्य आज राति १२ बजेदेखि लागि हुने निगमले जनाएको छ । नयाँ मुल्य अनुसार अब काठमाडौँमा पेट्रोलको प्रति लिटर १५९ र डिजल तथा मट्टीतेलको प्रति लिटर १४९ रुपैयाँ पर्ने भएको छ ।
तरुण राई, २८ भदौ, मेचीनगर । एक्का नेपालको सहयोगमा मेचीनगर इसाई समाजको सहकार्यमा विपन्न वर्गका विद्यार्थी बाल-बालिकाहरुलाई शैक्षिक सामग्रीहरु वितरण गरेको छ । मेचीनगर नगरपालिका-१५, ज्यामिरगढी र घोडामारामा अवस्थित अनुग्रह शान्ति चर्चका ४० विद्यार्थी बाल-बालिकाहरुलाई शैक्षिक सामग्रीहरु वितरण गरिएको हो । मेचीनगर इसाई समाजको अध्यक्ष पास्टर राजु खड्काले एक्का नेपालले इसाई समाजसँग मिलेर गर्नुभएको कामको उच्च सर्हाना गर्नुको साथै एक्का नेपाललाई धन्यवाद दिनु भयो । अनुग्रह शान्ति चर्चका अगुवा तथा समाज सेवक वोगदा टुढुले यसरी कुनै पनि गैर सरकारी संस्थाद्धारा अनुग्रह शान्ति चर्चका विद्यार्थी बाल-बालिकाहरुलाई शैक्षिक सामग्रीहरु वितरण गरेको पहिलो पटक रहेको र आउने दिनमा यस्ता प्रकारको कार्यक्रमलाई निरन्तरण गरिदिनुहुन…
श्रावण ३१, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलको प्रतिलिटर ५ र डिजेल तथा मट्टितेलको प्रतिलिटर ३ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो । घटेको मूल्य आज राति १२ बजेदेखि लागु हुने छ । निगमले भारतबाट आएको नयाँ मुल्य सूचीमा पेट्रोल प्रतिलिटर ५ र डिजल तथा मट्टीतेल प्रतिलिटर २ रुपैयाँ ९६ पैसाले घटेर आएको जनाएको छ । नयाँ मुल्य अनुसार अब काठमाडौँमा पेट्रोलको प्रति लिटर १६५ र डिजल तथा मट्टीतेलको प्रति लिटर १५५ रुपैयाँ पर्ने भएको छ ।
साउन ४, काठमाडौं । विज्ञापन बोर्डले सूचीकृत सञ्चारमाध्यम र एजेन्सीसँग मात्रै विज्ञापनको कारोबार गर्न सरोकारवालालाई सूचित गरेको छ । बोर्डमा सूचीकृत नभएका संस्थाहरूसँगको कारोबार नियमसंगत नहुने उसले जनाएको छ । बोर्डले बिहीबार चारबुँदे सूचना जारी गर्दै सार्वजनिक खरिद ऐन, २०६३, विज्ञापन (नियमन गर्ने) ऐन र विज्ञापन (नियमन गर्ने) नियमावली, २०७७ अनुसार मात्रै विज्ञापन प्रकाशन तथा प्रसारण गर्न सरोकारवालालाई आग्रह गरेको छ । पहिलो बुँदामा बोर्डमा सूचीकृत सञ्चारमाध्यममा मात्रै विज्ञापन प्रकाशन तथा प्रसारण गर्न आग्रह गरिएको छ भने दोस्रो बुँदामा सूचीकृत एजेन्सीहरूसँग मात्रै कारोबार गर्ने–गराउने भनिएको छ । ‘सञ्चारमाध्यममा सोझै विज्ञापन प्रकाशन तथा प्रसारण गरेको भए त्यस्तो सञ्चारमाध्यमले जारी गरेको बिलबमोजिम तथा विज्ञापन एजेन्सीमार्फत विज्ञापन…
काठमाडौँ । सरकारले वाढीपहिरोमा परी ज्यान गुमाउने गुमाउनेहरुलाई श्रदान्जली अर्पण गर्दै तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरवारमा आज वसेको मन्त्रिपरिषद्को पहिलो बैठकले घटनामा वेपत्ता भइ १० दिनसम्म फेला नपरेकाहरुलाई मृतक सरह राहत उपलब्ध गराउने निर्णय गरेको छ । किर्तिपुर क्रिकेट मैदानमा फगलाईट जडान तथा अन्तराष्ट्रिय मापदण्ड अनुसार प्याराफिट निर्माण ३ सय दिनभित्र सम्पन्न गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तोकिनु भएका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वि सुब्वा गुरुङले जानकारी दिनु भयो । मन्त्रिपरिषद् मन्त्रिपरिषद्का बिभिन्न समितहरुमा प्रकृयामा रहेका वा प्रकृयामा नलगेका सम्पूर्ण प्रस्तावहरु सम्बन्धित मन्त्रालयमा फिर्ता पठाउने निर्णय पनि गरेको छ । त्यसैगरी…
असार २७, काठमाडौं । ग्लोबल आइएमई बैंकको निक्षेप ५ खर्ब रुपैयाँ नाघेको छ। बुधबार बैंकको निक्षेप ५ खर्ब १ अर्ब रुपैयाँ पुगेको हो। यसले ग्लोबल आइएमई बैंकको नेतृत्व, व्यवस्थापन, ब्राण्ड, वित्तीय अवस्था र सेवाप्रति आम ग्राहकवर्गको विश्वासलाई उजागर गरेको छ। नेपाल राष्ट्र बैंकले गत हप्ता प्रकाशित गरेको विवरणअनुसार वाणिज्य बैंकहरुको कुल निक्षेप ५६ खर्ब ७४ अर्ब रुपैयाँ रहेको छ। बढ्दो वित्तीय समावेशीकरण, आर्थिक गतिविधि र विप्रेषण प्रवाहका कारण बैंकहरुमा निक्षेप बढेको हो। ग्लोबल आइएमई बैंक निक्षेपका साथसाथै धेरै सूचकहरुमा अन्य बैंक तथा वित्तीय संस्थाहरुभन्दा अगाडि रहेको छ। वाणिज्य बैंकहरुको कुल निक्षेपसँग तुलना गर्दा ग्लोबल आइएमई बैंकको निक्षेप तर्फको बजार हिस्सा…
असार २६, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी का निलम्बित महामन्त्री डा.मुकुल ढकालले सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछानेमाथि छानबिन हुनुपर्ने बताएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै ढकालले लामिछानेमाथि सहकारी ठगि प्रकरणमा पार्टीले स्वतन्त्र छानबिन समिति गठन गर्नुपर्ने बताएका छन् । साथै ढकालले लामिछानेको दुई वटा पासपोर्टको विषयमा पनि पार्टीले उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने बताएका छन् । ढकालले आफुलाई गरेको कारवाही नियम संगत नभएको भन्दै आफु अहिले पनि पार्टीको महामन्त्री रहेको दाबि गरेका छन् । उनले आफुले पार्टीभित्र आर्थिक पारदर्शीता नभएको भन्दै रास्वपाको आर्थिक पाटो उपसभापति डिपी अर्यालले हेर्ने गरेको बताए । उनले कतिपय प्रकरणमा उपसभापति अर्यालले पार्टीको नाममा…
रासस, असार १८ , धरान। शिक्षण पेसा छाडेर बाख्रापालन गर्दै आएका धरान उपमहानगरपालिका-२० विष्णुपादुकाका राजकुमार राईले त्यसबाट राम्रो आम्दानी गरिरहेका छन् । उनले व्यावसायिक बाख्रापालनबाट वार्षिक रु पाँच लाखदेखि रु छ लाखसम्म आम्दानी गर्दै आएका हुन् । १७ वर्षभन्दा बढी समय शिक्षण पेसा गरेका राईले विगत चार वर्षदेखि व्यावसायिक रुपमा बाख्रापालन गर्दै आएका छन् । उनले चार वर्षकै अवधिमा तामाखाम गाउँमै सफल व्यवसायीको परिचय बनाए । शिक्षण पेसाबाट सोचेजस्तो कमाइ नभएपछि बाख्रापालन रोजेको बताउने राईले अहिले आम्दानीका साथै आत्मसन्तुष्टि पनि प्राप्त भइरहेको बताए । ‘आफ्नो पेसा व्यवसाय भनेको फरकै हुँदो रहेछ, त्यसैमा कृषि पेसाको आनन्द बेग्लै छ, कसैको करकापमा बस्नु…