असार २६,काठमाडौं । भारतको उत्तर प्रदेशको उन्नावमा भएको सवार बस दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । उत्तर प्रदेशको आगरा-लखनऊ एक्सप्रेसवेमा उन्नावबाट आइरहेको स्लीपर बस दुर्घटना भएको हो । यो बस दुधको ट्यांकरसँग ठोक्किएपछि दुर्घटनाग्रस्त भएको हो । ट्यांकरलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको भारतीय मिडियाहरुले प्रहरीलाई उदृत गर्दै उल्लेख गरेका छन् । ट्यांकरसँग ठोक्किएपछि बस एक्सप्रेसवेमा पल्टिएको थियो । समाचार एजेन्सी पीटीआईका अनुसार स्लीपर बस बिहारको सीतामढीबाट मोतिहारी हुँदै दिल्ली गइरहेको थियो । दुर्घटनाप्रति दुःख व्यक्त गर्दै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जिल्ला प्रशासनलाई घटनास्थलमा पुग्न र राहत कार्यलाई तीव्रताका साथ अघि बढाउन निर्देशन दिएका छन् । दुर्घटनामा मृत्यु हुनेमा…
असार २६ ,झापा । सर्वोच्च अदालतको फैसलापछि मालपोत कार्यालय झापाले बिर्तामोड बसपार्क क्षेत्र वरपरको ५१ बिघा जग्गाको बिक्रीवितरण बन्द गरेको छ। निजी तथा व्यावसायिक प्रयोजनका लागि त्यस क्षेत्रको जग्गाको कारोबारमा मालपोत कार्यालयले ‘अघोषित’ प्रतिबन्ध लगाएको हो। गिरीबन्धु टी स्टेट प्रालिले हदबन्दी छुट पाएकोमध्ये १५ वर्षअघि सार्वजनिक तथा निजी प्रयोजन र बिक्रीवितरणमा गइसकेको ५१ बिघा जग्गाको स्वामित्वको विषयमा अनेक थरी अड्कलबाजी छन्। सर्वोच्च अदालतको फैसलापछि उत्पन्न अन्योलका बीच मालपोत कार्यालयले बसपार्क क्षेत्र वरपरको जग्गाको व्यक्तिगत तथा व्यावसायिक प्रयोजनको काम रोकेको हो। सरकारी निर्णयका आधारमा आफ्नै क्षेत्रका जनताले खरिदबिक्री गरेको जग्गाको किनबेच अघोषित रूपमा बन्द भएपछि जनप्रतिनिधिका हिसाबले सभामुख देवराज घिमिरेले आफैँ…
२४ असार, झापा । बिर्तामोड नगर ईसाई समाज जवान संगतीको आयोजनामा (जैतुन छाँया कन्सर्ट सिजन–३ एपिसोड–२) हुन लागेको कार्यक्रम जानकारी गराउदै पत्रकार सम्मेलन गरेका छन् । आज बिर्तामोडको पपुलर होटलको सभाहलमा भएको भेटघाट तथा पत्रकार सम्मेलनमार्फत सो जानकारी गराएका हुन् । असोज ३ गते विर्तामोडमा रहेको वानस्टप महलको पछाडी रहेको कृष्ण हलमा (जैतुन छाँया कन्सर्ट सिजन–३ एपिसोड–२) बृहतरुपमा हुने छन् । सो कन्सर्टका लागि नेपाली ईसाई जगतका प्रख्यात गायक एड्रिन देवान तथा राष्ट्रिय तथा अन्तराष्ट्रिय चर्चित एडिटिएस ब्याण्ड आउने छन। जसमा गायन, जीवन गवाही र बाइबलिय शिक्षा पनि दिइने कार्यक्रम रहेको छ। बिर्तामोड ईसाई समाजका अध्यक्ष पास्टर नरेन राईले मन्तव्यको…
काठमाडौं । असार दोस्रो र तेस्रो हप्तामा बाढी पहिरोसहित विपद्जन्य घटनाबाट देशभर ६२ जनाको मृत्यु भएको छ। पछिल्लो समयमा परेको अविरल वर्षाका कारण गएको बाढी, पहिरो, चट्याङलगायत विपद्जन्य घटनाबाट ६२ को मृत्यु, ४ बेपत्ता र ९० जना घाइते भएका हुन् । गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले उक्त तथ्यांकबारे जानकारी गराएको हो। केन्द्रका अनुसार यस अवधिमा बाढीका कारण मोरङमा एक, दाङमा तीन, कैलालीमा एक, काभ्रेपलाञ्चोकमा दुई, उदयपुरमा एक, पाल्पामा एक गरी नौ जनाको मृत्यु भएको छ। बाढीकै कारण दुई जना बेपत्ता छन् । पाँच घरमा पूर्ण रूपमा क्षति पुगेको छ। ११…
२३ असार, झापा । विहारका एक युवकको टोकाइबाट सर्प मरेको छ । बिहारका सन्तोष लोहारले सर्प टोकेका थिए । बिहारका सन्तोष लोहारले टोक्दा सर्प मरेको हो। लोहारले टोक्नुअगाडि सर्पले लोहारलाई टोकेको थियो। सर्पले टोकेपछि सर्पलाई दोब्बर टोक्दा सर्पको विष नलाग्ने त्यहाँको मान्यता छ। मानिसको शरीरमा रहेको विष सर्पलाई टोक्दा सर्पको शरीरमा फिर्ता हुने स्थानीयको मान्यता छ। भारतीय मिडियाका अनुसार रेलवे निर्माण क्षेत्रको राजौलीमा लोहारलाई सर्पले त्रिपालभित्र छिरेर टोकेको थियो। रजौली थाना क्षेत्रको जंगली इलाकामा रेलवे लाइन बिछ्याउने काम चलिरहेको छ। मंगलवार राती सवै मजदूरहरु सुतिरहेका थिए। यसैवेला सन्तोषलाई सर्पले टोक्यो। त्यसपछि रिसाएका उनले सर्पलाई पनि २ पटक टोकिदिए। उनले यसरी…
असार २३ गते, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले भोलि, सोमबारदेखि हिजो र आजको तुलनामा कम पानी पर्ने जनाएको छ । महाशाखाले सोमबारदेखि न्यून चापिय रेखा दक्षिणतिर सर्दै जाने भएकाले नेपालमा मनसुनको सक्रियतामा कमी आइ वर्षाको मात्रामा केही कमी हुने बताएको हो । महाशाखाले भोलि कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानमा मध्यम वर्षा र केही स्थानमा भारी वर्षाको पूर्वानुमान गरेको छ । अन्य प्रदेशमा भने हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ । त्यसकारण भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम पूरै नघट्ने, खहरे खोलामा पानीको सतह बढ्ने भएकाले सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने महाशाखाले जनाएको छ ।
विराटनगर ,असार २३। अविरल वर्षाका कारण पानीकाे बहाव बढेपछि सप्तकोशी ब्यारेजका सबै ढोका खोलिएको छ । भारतको नियन्त्रणमा रहेको पलुमा ५६ वटा ढोका छन् । आज बिहान ९ बजेको मापनपछि ५६ वटै ढोका खोलेको हो । यो वर्षकै बहाव उच्च भएपछि कोशीका ५६ वटै ढोका खोलिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए । उनका अनुसार आज बिहान ९ बजेपछि ३ लाख ६८ हजार क्युसेक पानीकाे बहाव मापन भएको छ । सप्तकोशी नदीको बाढीले खतराको संकेत पार गरेपछि स्थानीय प्रशासनले नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।
मेचीनगर, असार २३ । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई असार २७ गते हुने भएको छ । नगरपालिका कार्यालयले एक सूचना जारी गरी सार्वजनिक सुनुवाई असार २७ गते गर्ने जानकारी दिएको हो । प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षर गरी जारी गरिएको असार २७ गते दिउँसो १ बजे नगरपालिकाकै सभाहलमा सार्वजनिक सुनुवाई हुने उल्लेख गरिएको छ । सार्वजनिक सुनुवाईमा उपस्थीत हुन सबै नगरबासीहरुमा अनुरोध समेत गरिएको छ । यसअघि असार २० गते सार्वजनिक सुनुवाई गर्ने भनिए पनि पर्याप्त सूचना नभएको भन्दै सोही दिन बिहान नगरपालिकाले कार्यक्रम स्थगित गरेको थियो ।
झापा ,असार २१। मेचीनगर नगरपालिका–१३ चारआली स्थित सर्पदंश उपचार केन्द्रले दुई दशकमा २० हजारभन्दा बढी मानिसलाई अकाल मृत्युबाट बचाएको छ । नेपाली सेना र समुदायको साझेदारीमा सञ्चालित २५ शय्याको उपचार केन्द्रमा इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुमबाट मात्र नभएर छिमेकी मुलुक भारत पश्चिम बङ्गालको दार्जीलिङ, सिलीगुढी र बिहारको किशनगञ्ज र ठाकुरगञ्जसम्मका सर्पदंशका बिरामी आउने गर्छन् । यहाँ सबै प्रकारका विषालु सर्पले डसेको उपचार हुन्छ । सञ्चालक समितिका अध्यक्ष दुर्गा भट्टराई सानो र कम सुविधायुक्त भएता पनि जनविश्वास अन्तर्राष्ट्रियस्तरमा फैलिएको कारण सर्पदंश उपचार केन्द्रको स्तरोन्नतिमा राज्यको ध्यान दिनुपर्ने बताए । उनले केन्द्रलाई सेनाले जग्गा र प्राविधिक सहयोग गरिरहेको जानकारी दिए । आफ्नो ब्यारेकभित्र…
काठमाडौँ , असार २९ । सरकार फेर बदल चलखेलले राजनीतिक वातावरण तातेको बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो कार्यशैलीमा झन् कडापन देखाउँदै अगाडि बढिरहेका छन्। हालैको मन्त्रिपरिषद् बैठकमा उनले सम्पूर्ण मन्त्रीहरूलाई कडाइका साथ आफ्नो जिम्मेवारी पूरा गर्न निर्देशन दिएका छन्। गृहमन्त्री रवि लामिछानेलाई तथ्य अनुसन्धानमा दोषी देखिएका साना-ठूला कसैलाई पनि नछोड्न प्रचण्डले स्पष्ट निर्देशन दिएका छन्। उनले गृहमन्त्रीलाई सम्बोधन गर्दै भने, “रवि जी, जति दिन यो सरकार रहन्छ, त्यो दिनसम्म जनता र देशको पक्षमा काम गर्नु पर्छ। ठूलो पाटी भनेर हात जोड्दै गयो भने भ्रष्टाचारी, चोर, तस्कर र बिचौलियाहरूले हामीलाई कमजोर ठान्दै टाउकोमा टेक्न खोज्छन्। अब एक-एक गरी जाग्नुस्। हामी…