नयाँ तृष्णा

Day: २०८१ श्रावण ३१, बिहीबार

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

श्रावण ३१, काठमाडौं  । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलको प्रतिलिटर ५ र डिजेल तथा मट्टितेलको प्रतिलिटर ३ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो । घटेको मूल्य आज राति १२ बजेदेखि लागु हुने छ । निगमले भारतबाट आएको नयाँ मुल्य सूचीमा पेट्रोल प्रतिलिटर ५ र डिजल तथा मट्टीतेल प्रतिलिटर २ रुपैयाँ ९६ पैसाले घटेर आएको जनाएको छ । नयाँ मुल्य अनुसार अब काठमाडौँमा पेट्रोलको प्रति लिटर १६५ र डिजल तथा मट्टीतेलको प्रति लिटर १५५ रुपैयाँ पर्ने भएको छ ।
Read More
दशरथ रंगशालाको मैदान खराब भएपछि एन्फा र राखेप छलफलमा

दशरथ रंगशालाको मैदान खराब भएपछि एन्फा र राखेप छलफलमा

श्रावण ३१, काठमाडौं । दशरथ रंगशालाको अवस्था दयनीय भएपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) र अखिल नेपाल फुटबल संघ (एन्फा) छलफलमा जुटेका छन् । गत मंगलबार भुटानको पारो एफसीले  र नेपालको चर्च ब्वाइज युनाइटेड क्लब एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणको खेल खेल्ने क्रममा मैदान हिलाम्मे भएपछि अहिले सामाजिक सञ्जाल र मिडियामा कडा आलोचना भइरहेको छ । मैदानको पूर्वाधार राम्रो नभएको भन्दै यसअघि एएफसीले अन्तर्राष्ट्रिय प्रतियोगिता हुन नसक्ने बताए पनि अहिले अन्तर्राष्ट्रिय मान्यता दिएको छ तर मैदान भने खेल्न लायक देखिएको छैन । यसैबीच बिहीबार राखेप सदस्य–सचिव टंकलाल घिसिङ र एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङबीच दशरथ रंगशालाको मैदान स्तरोन्नतिका विषयमा छलफल भएको छ…
Read More
हसिनाविरुद्ध ९ वर्ष पुरानो अपहरण मुद्दा दर्ता

हसिनाविरुद्ध ९ वर्ष पुरानो अपहरण मुद्दा दर्ता

३१ श्रावण २०८१, ढाका । बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध ९ वर्ष पुरानो अपहरणको मुद्दा दर्ता भएको छ। उजुरीकर्ता सोहेल राणा सर्वोच्च अदालतका वकिल हुन्। २०१५ जुन ६ को  राति साथीसँग हिँडिरहेको अवस्था थियो। त्यसपछि र्‍यापिड एक्सन बटालियनका केही सिपाहीहरूले उनलाई अपहरण गरेका थिए। उनीहरूलाई कुटपिट गरी बिजुलीको झटका दिइयो। उनी ३८ दिनपछि १३ अगस्टमा रिहा भएका थिए। सोही विषयलाई लिएर अहिले हसिनाविरुद्ध मुद्दा हालेका हुन् ।
Read More
हात्ती छेक्न बिर्तामोडमा विद्युतीय तारवार

हात्ती छेक्न बिर्तामोडमा विद्युतीय तारवार

बिर्तामोड, ३१ साउन । हात्ती नियन्त्रणका लागि बिर्तामोड‌ नगरपालिकामा सौर्य उर्जामा आधारित विद्युतीय तारवार निर्माणको काम सुरु भएको छ ।हात्तीले दिनैपिछे दु:खदिन थालेपछि बिर्तामोड क्षेत्रमा विद्युतीय तारवार लगाउन सुरू गरिएको हाे । राष्ट्रिय प्रकृति संरक्षण कोषले बिर्तामोडको वडा नम्बर ६, ७ र ८ मा सोलार ईलेक्ट्रिक फेन्सिङ वाल निर्माणको काम सुरु गरेको छ । वडा नम्बर ६ को देउनिया पुलदेखि वडा नम्बर ८ स्थित किसनभिट्टा सम्मको ९ किलोमिटर क्षेत्रमा तारवार निर्माण हुन लागेको हाे । आज बिर्तामोड मेयर पवित्रा महतारा प्रसाईले तारवार निर्माण कार्यकाे शिलान्यास गरिन् । कार्यक्रममा मेयर प्रसाईले हात्ती नियन्त्रणका लागि विद्युतीय तारवार प्रभावकारी हुने दावी गरिन् ।…
Read More