नयाँ तृष्णा

Day: २०८१ श्रावण ९, बुधबार

सन् १९६९ मा आजकै दिन : जेनिफर लोपेजको जन्म

सन् १९६९ मा आजकै दिन : जेनिफर लोपेजको जन्म

काठमाडौँ । सन् १९६९ मा आजकै दिन (जुलाई २४) मा जेनिफर लोपेजका जन्म भएको थियो । उनी अमेरिकाकी चर्चित अभिनेत्री, गायिका, नर्तकी तथा व्यवसायी हुन् । लोपेजले १९९१ मा ‘इन लिभिङ कलर’ सिरिजबाट टेलिभिजन करिअर सुरु गरेकी थिइन् । १९९७ मा ‘सेलेना’ र ‘एनाकोन्डा’ तथा १९९८ मा उनले ‘आउट अफ साइट’ मा अभिनय गरेकी उनी उच्च पारिश्रमिक लिने ल्याटिन अमेरिकी कलाकारसमेत बनिन् । सांगीतिक दुनियाँमा भने उनी १९९९ को ‘अन द सिक्स’ बाट प्रवेश गरेकी हुन् । त्यससँगै अभिनयलाई पनि निरन्तरता दिएकी लोपेज ‘मेड इन म्यानह्याटन (२००२)’, ‘स्याल वी डान्स (२००४)’, ‘मोन्स्टर इन–ल (२००५)’ मा देखा परिन् । २०११ मा लोपेज गायन रियालिटी शो अमेरिकन आइडलको…
Read More
सौर्यको जहाज दुर्घटना छानबिन गर्न सरकारले बनायो समिति

सौर्यको जहाज दुर्घटना छानबिन गर्न सरकारले बनायो समिति

काठमाडौं । सरकारले विमान दुर्घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ । बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्‌ बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतीशचन्द्रलाल सुमनको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । समितिमा नेपाल एयरलाइन्सका क्याप्टेन दिपु ज्वारचन, श्री एयरलाइन्सका इन्जिनियर सञ्जय अधिकारी, पुल्चोक इन्जिनियरिङ क्याम्पसका सहप्राध्यापक सुदीप भट्टराई र पर्यटन मन्त्रालयका प्राविधिक अधिकृत मुकेश डंगोल रहेका छन् । समितिलाई ४५ दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ । त्यस्तै सरकारले विमान दुर्घटनामा निधन भएकाको सम्झनामा विहिबार देशभर राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको गुरुङले जानकारी दिएका छन् । साथै सरकारले आगामी…
Read More
विमानमा सवार सौर्य एयरलाइन्सका कर्मचारी मात्रै (नामावलीसहित)

विमानमा सवार सौर्य एयरलाइन्सका कर्मचारी मात्रै (नामावलीसहित)

काठमाडौं । पोखरा विमानस्थलमा परीक्षण उडानका लागि त्रिभुवन विमानस्थलको रनवे छाड्ने बित्तिकै सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ। सौर्य एयरलाइन्सको ९ एन एएमई(सीआरजे २००) जहाज बिहान ११ बजे पोखरा विमानस्थलमा परीक्षण उडानका लागि उडान भरेको थियो। विमानस्थलबाट टेकअफ गर्नासाथ विमान दुर्घटनामा परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जानकारी दिएको छ। परीक्षण उडानमा रहेकाले यो जहाजमा टिकट काटेका सर्वसाधारण यात्रु भने नरहेको विमानस्थल कार्यालयले जानकारी दिएको छ। पोखरामा नियमित उडान नभएको सौर्यको यो जहाजले उसकै कर्मचारी र इन्जिनियरसहित १९ जनालाई बोकेको थियो । आफ्नै कम्पनीका इन्जिनियर र कर्मचारी लिएर ०२ रनवेबाट २–० तर्फ उड्ने क्रममा दुर्घटनामा परेको हो । विमानस्थल…
Read More