नयाँ तृष्णा

Day: २०८१ असार २७, बुधबार

निष्कासित महामन्त्री ढकालले रास्वपा उपाध्यक्ष अर्यालमाथि लगाए आर्थिक अनियमितताको आरोप

निष्कासित महामन्त्री ढकालले रास्वपा उपाध्यक्ष अर्यालमाथि लगाए आर्थिक अनियमितताको आरोप

झापा । राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीलगायतका सबै जिम्मेवारीबाट निष्कासनमा परेका मुकुल ढकालले पार्टीका उपाध्यक्ष डिपी अर्यालमाथि आर्थिक अनियमितताको आरोप लगाएका छन्। आज पत्रकार सम्मेलन गर्दै ढकालले यस्तो आरोप लगाएका हुन्। रास्वपाभित्र आर्थिक पारदर्शिता नरहेको उनले आरोप लगाए । ‘डिपी अर्यालले साथीहरूले दिएको पैसा पार्टीलाई नदिई सीधै आफ्नो खल्तीमा राख्नुभएको छ। दुई साताअघि पनि त्यस्तो भएको छ,’ ढकालको आरोप छ, ‘कानुनअनुसार पार्टीले ऋण लिन नपाउने प्रावधानबारे मैले सम्झाउँदा पनि अर्यालले पार्टीको ऋणको नाममा पैसा कारोबार गरिरहनुभयो।’
Read More
राखेपले खेलाडीलाई अब प्लाटिनमफ गोल्ड र सिल्भर परिचय पत्र

राखेपले खेलाडीलाई अब प्लाटिनमफ गोल्ड र सिल्भर परिचय पत्र

असार २६, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले विभिन्न खेलका खेलाडीलाई बुधबार परिचय पत्र वितरण गरेको छ । राखेपका सदस्य–सचिव टंकलाल घिसिङले खेलाडीलाई एक कार्यक्रमबीच ३ प्रकारका परिचय पत्र प्रदान गरे । राष्ट्रिय खेलकुद तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका पदक विजेतासहित उक्त प्रतियोगितामा सहभागी खेलाडीलाई विभिन्न सुविधासहितको प्लाटिनम, गोल्ड र सिल्भर परिचय पत्र प्रदान गरिएको हो । प्लाटिनम परिचय पत्रधारीले राखेपको भौतिक संरचनामा हुने खेल गतिविधिलगायत पौडी पोखरीमा निशुःल्क प्रवेश पाउनुका साथै राखेपअन्तर्गत खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रमा ल्याब तथा अन्य परीक्षणको लागि निःशुल्क सेवा पाउने छन् । गोल्ड परिचय पत्र पाउनेले प्लाटिनम परिचय पत्रधारीले पाउने दुवै सेवामा ८० प्रतिशत छुट पाउने छन्…
Read More
व्यवसायजन्य स्वास्थ्य र सुरक्षाका लागि ‘कृषि क्षेत्रको स्वयंसेवी निर्देशिका’ बन्ने

व्यवसायजन्य स्वास्थ्य र सुरक्षाका लागि ‘कृषि क्षेत्रको स्वयंसेवी निर्देशिका’ बन्ने

२६ असार, झापा । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघले निर्यातजन्य कृषिवस्तु चिया र अलैंची क्षेत्रमा सञ्चालन गर्दै आएको ‘व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य कार्यक्रमअन्तर्गत ‘कृषि क्षेत्रको स्वयम्सेवी निर्देशिका’ बन्ने भएको छ । विगत तीन वर्षदेखि झापा र इलामका चिया तथा अलैंची उद्योगहरुमा सञ्चालित व्यवसायजन्य स्वास्थ्य र सुरक्षा कार्यक्रम प्रभावकारी देखिएपछि यसको निरन्तरता र दीर्घकालीन स्थायित्वका लागि निर्देशिका तयार गर्न लागिएको बताइएको छ । यसै सन्दर्भमा निर्देशिकामा उल्लेख गर्नुपर्ने विषयहरुका सम्बन्धमा यसै साता सरोकारवालाहरुसँग छलफल गरी सुझाव संकलन गरिएको छ । झापाको विर्तामोडस्थित टाइमलेस मुमेन्ट होटलको सभाहलमा झापा र इलामका सरोकारवालाहरु बीच निर्देशिकामा के–कस्ता विषय समेट्दा व्यवसायजन्य सुरक्षा…
Read More
रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ: मुकुल ढकाल

रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ: मुकुल ढकाल

असार २६, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी का निलम्बित महामन्त्री डा.मुकुल ढकालले सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछानेमाथि छानबिन हुनुपर्ने बताएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै ढकालले लामिछानेमाथि सहकारी ठगि प्रकरणमा पार्टीले स्वतन्त्र छानबिन समिति गठन गर्नुपर्ने बताएका छन् । साथै ढकालले लामिछानेको दुई वटा पासपोर्टको विषयमा पनि पार्टीले उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने बताएका छन् । ढकालले आफुलाई गरेको कारवाही नियम संगत नभएको भन्दै आफु अहिले पनि पार्टीको महामन्त्री रहेको दाबि गरेका छन् । उनले आफुले पार्टीभित्र आर्थिक पारदर्शीता नभएको भन्दै रास्वपाको आर्थिक पाटो उपसभापति डिपी अर्यालले हेर्ने गरेको बताए । उनले कतिपय प्रकरणमा उपसभापति अर्यालले पार्टीको नाममा…
Read More
एक्सप्रेस-वेमा दुर्घटना हुँदा १८ जनाको मृत्यु

एक्सप्रेस-वेमा दुर्घटना हुँदा १८ जनाको मृत्यु

असार २६,काठमाडौं । भारतको उत्तर प्रदेशको उन्नावमा भएको  सवार बस दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । उत्तर प्रदेशको आगरा-लखनऊ एक्सप्रेसवेमा उन्नावबाट आइरहेको स्लीपर बस दुर्घटना भएको हो । यो बस दुधको ट्यांकरसँग ठोक्किएपछि दुर्घटनाग्रस्त भएको हो । ट्यांकरलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको भारतीय मिडियाहरुले प्रहरीलाई उदृत गर्दै उल्लेख गरेका छन् । ट्यांकरसँग ठोक्किएपछि बस एक्सप्रेसवेमा पल्टिएको थियो । समाचार एजेन्सी पीटीआईका अनुसार स्लीपर बस बिहारको सीतामढीबाट मोतिहारी हुँदै दिल्ली गइरहेको थियो । दुर्घटनाप्रति दुःख व्यक्त गर्दै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जिल्ला प्रशासनलाई घटनास्थलमा पुग्न र राहत कार्यलाई तीव्रताका साथ अघि बढाउन निर्देशन दिएका छन् । दुर्घटनामा मृत्यु हुनेमा…
Read More
बिर्तामोड बसपार्कको जग्गामा मालपोतको ‘अघोषित’ प्रतिबन्ध

बिर्तामोड बसपार्कको जग्गामा मालपोतको ‘अघोषित’ प्रतिबन्ध

असार २६ ,झापा । सर्वोच्च अदालतको फैसलापछि मालपोत कार्यालय झापाले बिर्तामोड बसपार्क क्षेत्र वरपरको ५१ बिघा जग्गाको बिक्रीवितरण बन्द गरेको छ। निजी तथा व्यावसायिक प्रयोजनका लागि त्यस क्षेत्रको जग्गाको कारोबारमा मालपोत कार्यालयले ‘अघोषित’ प्रतिबन्ध लगाएको हो। गिरीबन्धु टी स्टेट प्रालिले हदबन्दी छुट पाएकोमध्ये १५ वर्षअघि सार्वजनिक तथा निजी प्रयोजन र बिक्रीवितरणमा गइसकेको ५१ बिघा जग्गाको स्वामित्वको विषयमा अनेक थरी अड्कलबाजी छन्। सर्वोच्च अदालतको फैसलापछि उत्पन्न अन्योलका बीच मालपोत कार्यालयले बसपार्क क्षेत्र वरपरको जग्गाको व्यक्तिगत तथा व्यावसायिक प्रयोजनको काम रोकेको हो। सरकारी निर्णयका आधारमा आफ्नै क्षेत्रका जनताले खरिदबिक्री गरेको जग्गाको किनबेच अघोषित रूपमा बन्द भएपछि जनप्रतिनिधिका हिसाबले सभामुख देवराज घिमिरेले आफैँ…
Read More
ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर भूकम्पको धक्का

ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर भूकम्पको धक्का

असार २६,काठमाडौं । ताप्लेजुङमा भूकम्प गएको छ । बुधबार बिहान १:४६ बजे ताप्लेजुङको तापेथोक आसपास केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस भएको थियो। भूकम्पबाट कुनै क्षतिको विवरण आएको छैन ।
Read More