नयाँ तृष्णा

नेपाली अल्ट्रा धावक सुनमाया बुढाले चीनमा अर्को दौडको उपाधि

नेपाली अल्ट्रा धावक सुनमाया बुढाले चीनमा अर्को दौडको उपाधि

नेपाली अल्ट्रा धावक सुनमाया बुढाले चीनमा अर्को दौडको उपाधि

१७ कात्तिक, काठमाडौं । अन्तर्राष्ट्रियस्तरमै चर्चित नेपाली अल्ट्रा धावक सुनमाया बुढाले चीनमा अर्को रेसको उपाधि जितेकी छन् । सुनमायाले शनिबार भएको एसियाकै प्रतिष्ठित र ठूलो रेस टिसाइगु ट्रेल रेसको १०५ किलोमिटर दूरी ९ घण्टा ३२ मिनेट ४७ सेकेण्डमा पूरा गर्दै उपाधि जितेकी हुन् । चिनियाँ धावक दोस्रो र तेस्रो भए । दुई सातामा सुनमायाले चीनमा जितेको यो दोस्रो रेस हो । यसअघि उनले कात्तिक पहिलो साता भएको अल्ट्रा ट्रेल निन्घाई बाई युटिएमबी रेस कीर्तिमानी समयसहित जितेकी थिइन् । यस्तै सुनमाले चीनमा जितेको यो तेस्रो उपाधि हो । उनले गत चैतमा चीनमै भएको गोल्डेन कोस्ट ट्रेल रेसको उपाधि जितेकी थिइन् ।…
Read More
इजरायलमा हिजबुल्लाहको रकेट आक्रमण, ७ जनाको मृत्यु

इजरायलमा हिजबुल्लाहको रकेट आक्रमण, ७ जनाको मृत्यु

१६ कार्तिक, काठमाडौँ । उत्तरी इजरायलमा हिजबुल्लाहले बिहीबार गरेको दुई छुट्टाछुट्टै रकेट आक्रमणमा सात जनाको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार यो हमला महिनौंमा भइरहेका हमलाहरुमध्ये सबैभन्दा घातक दिन साबित भएको छ । इजरायली र थाई अधिकारीहरूका अनुसार लेबनानको सिमानामा रहेको मेतुला सहर नजिकै रकेट प्रहार हुँदा एक इजरायली किसान र चार थाई खेत मजदुरको मृत्यु भएको थियो । त्यसपछि पछि, हाइफाको तटीय सहरको बाहिरी भागमा रहेको किबुट्ज अफेक नजिकैको जैतुनको ग्रोभमा भएको आक्रमणमा एक इजरायली महिला र उनको वयस्क छोराको पनि मृत्यु भएको थियो । हिजबुल्लाहले इजरायली सेनालाई हाइफाको उत्तरी भागमा र मेतुलाको विपरित लेबनानी सहर खियामको दक्षिणतर्फ क्रायोट…
Read More
मेचीनगरका श्रेष्ठको उपचारमा समस्या, सहयोग गरिदिन परिवारको आग्रह

मेचीनगरका श्रेष्ठको उपचारमा समस्या, सहयोग गरिदिन परिवारको आग्रह

१६ कार्तिक , झापा । झापा मेचीनगर-३ का कुमार श्रेष्ठलाई उपचारमा समस्या परेको छ । क्यान्सर रोगबाट ग्रसित उनी जीवनमरणको दोसाँधमा रहे पनि अहिले आर्थिक अभावका कारण थप समस्या झेल्दै आएका छन् । बिगत २ बर्षदेखि क्यान्सर रोगबाट पीडित श्रेष्ठ हाल विर्तामोड स्थित “पूर्वाञ्चल क्यान्सर अस्पताल” मा उपचाररत छन् । तर, आर्थिक अवस्था कमजोर रहेका उनीलाई थप उपचारमा समस्या भएको उनका दाई विप्लप श्रेष्ठले जनाए । उनका परिवारको अनुसार कुमारको उपचारमा १५ लाख बढी खर्च भइसकेको बताएको छ । आफुहरूसंग भएको सबै पैसा सकियो अझै उपचारमा लाखौं रकम लाग्ने अस्पतालले जनाएको छ । तर, पैसा अभावले बिरामीको उपचारमा समस्या भइरहेको परिवार…
Read More
डिजेल र मट्टितेलको मूल्य घट्यो

डिजेल र मट्टितेलको मूल्य घट्यो

१५ कार्तिक, काठमाडौँ। नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको आज बसेको बैठकले आज राती १२बजेदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो । मूल्य समायोजनसँगै पहिलो वर्गका लागि डिजेल प्रतिलिटर एक सय ४७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ४९ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ५० रुपैयाँ कायम भएको छ । निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो वर्ग तथा काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्र्गमा वर्गीकरण गरेको छ । इन्डियन आयल कर्पोरेसनबाट…
Read More
नेपाल फेरि उपविजेतामा सीमित, बंगलादेश च्याम्पियन

नेपाल फेरि उपविजेतामा सीमित, बंगलादेश च्याम्पियन

१४ कार्तिक, काठमाडौँ । बंगलादेशले नेपाललाई पराजित गर्दै साफ महिला च्याम्पियनसिपको उपाधि जितेको छ । दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा बंगलादेशले नेपाललाई २-१ गोल अन्तरले पराजित गरेको हो । बंगलादेशले खेलको ८०औं मिनेटमा गोल गर्दै २-१ को अग्रता लिएको हो । यसअघि बंगलादेशले नेपालविरुद्ध १-० गोलको अग्रता लिएकोमा नेपालले केहि मिनेटमै गोल गरेर खेल बराबरी गरेको थियो । खेलको ५२औ मिनेटमा बंगलादेशले गोल गर्दै १-० को अग्रता लिएको थियो भने खेलको ५५औं मिनेटमा नेपालका लागि अमिशा कार्कीले गोल गर्दै खेल बराबरी गरेकी थिइन् । योसँगै बंगलादेशले लगातर दोस्रो पटक साफको उपाधि जितेको छ ।  बंगलादेशले २०२२ को साफ फाइनलमा पनि नेपाललाई…
Read More
बंगलादेशविरुद्ध नेपालले फर्कायो गोल

बंगलादेशविरुद्ध नेपालले फर्कायो गोल

१४ कार्तिक, काठमाडौं । साफ वुमन्स च्याम्पियनसिपमा बंगलादेशविरुद्ध नेपालले गोल फर्काएको छ । बंगलादेशले गोल गरेको ४ मिनेटपछि नै नेपालकी अमिशा कार्कीले गोल फर्काएकी हुन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा बंगलादेशले ५२ औं मिनेटमा अग्रता लिएको थियो । बंगलादेशकी  मोनिका चक्माले गोल गरेकी थिइन् । त्यसको ४ मिनेटपछि नेपालले गोल फर्काएको हो ।
Read More
मेचीनगर –८ : नेपाल सम्बत ११४५ को अवसरमा सांस्कृतिक कार्यक्रम

मेचीनगर –८ : नेपाल सम्बत ११४५ को अवसरमा सांस्कृतिक कार्यक्रम

    १४ कार्तिक, मेचीनगर । न्हुँदया भिन्तुना नेपाल सम्बत ११४५ को अवसरमा मेचीनगर –८ मा सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । साँस्कृतिक सम्पदा पुर्खाको पौरख, नेपाल सम्बत राष्ट्रिय गौरव भन्ने मुल नाराका साथ नेवा: देय् दवू मेचीनगर – ८ वडा समितिको आयोजनामा हुन लागेको साँस्कृतिक कार्यक्रममा राष्ट्रिय कलाकारदेखि बिभिन्न जातजातिको जातीय नृत्य, संगिनी नृत्य, बालन प्रस्तुत हुने छ । आयोजकले मंगलबार इटाभट्टामा पत्रकार सम्मेलन आयोजना गरेको २०८१ कात्र्तीक १६ गते साँझ साँस्कृतिक कार्यक्रम आयोजना गर्न जानकारी दिएको हो । नेवा : देय् दवूका केन्द्री सचिव दिनेश शाक्यले नेपाल सम्बतको महत्वको बारेमा प्रकाश पार्दै यसलाई देशभर लागू गर्नु पर्ने बताए…
Read More
अवैध मदिरा र कारसहित भारतीय नागरिक पक्राउ

अवैध मदिरा र कारसहित भारतीय नागरिक पक्राउ

१३ कार्तिक, काँकरभिट्टा । भन्सार छलेर नेपालतर्फ आउँदै गरेको ठुलो परिमाणमा अवैध मदिरा बोकेको सवारी साधनसहित चालक काँकरभट्टामा पक्राउ परेका छन् । आज विहान ९ बजे काँकरभिट्टा भन्सार गेट पछाडिबाट नेपालतर्फ आउँदै गरेको बीआर २२ ५०५१ नम्बरको भारतीय कारलाई इलाका प्रहरी कार्यालयको टोलीले चेकजाँच गर्दा सो कारमा फल्स बटम बनाई डिकी लगायतका अन्य भागहरुमा लुकाएको अवस्थामा ब्ल्याक माउन्टेन ह्विस्की २५४ बोतल , सुपर स्ट्रोङ बियर २४ बोतल बरामद गरेको हो । बरामद मदिराको अन्दाजी मूल्य १ लाख ९८ हजार ९०० र गाडीको बिगो समेत गरी ८ लाख ९८ हजार ९०० को सामानसहित भारतीय चालक जितेन्द्रकुमार पासवानलाई मेची भन्सार कार्यालयमा बुझाइएको…
Read More
लडाकु शिविरमा भ्रष्टाचार गरेको भन्दै  प्रचण्डसहित १३ जनाविरुद्ध अख्तियारमा उजुरी

लडाकु शिविरमा भ्रष्टाचार गरेको भन्दै प्रचण्डसहित १३ जनाविरुद्ध अख्तियारमा उजुरी

१३ कार्तिक, काठमाडौँ। माओवादी लडाकु शिविरमा भएको घोटालाबारे छानबिन गर्न माग गर्दै अख्तियारमा उजुरी परेको छ । युवराज पौडेल सफलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपमहासचिव वर्षमान पुन, जनार्दन शर्मा, पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन तथा चक्रपाणि खनालसहित १३ जनाविरुद्ध उजुरी हालेका हुन् । त्यस्तै उजुरी पर्नेमा सन्तु दराई, सुक बहादुर रोका, धनबहादुर मास्के, यम बहादुर अधिकारी, तेज बहादुर ओली, गणेशमान पुन, काली बहादुर खाम र महेन्द्र बहादुर शाही रहेका छन् । उजुरीमा विस्तृत शान्ति सम्झौतापछि सेना समायोजनका क्रममा माओवादी नेता कार्यकर्तालाई समेत सेनाको पोशाक दिएर फोटो खिचाइ रकम निकाशा गरिएको उल्लेख छ। माओवादी अध्यक्ष प्रचण्डले स्वयंले ७ हजार सेनालाई ३५ हजार…
Read More
सल्यानमा मिनी ट्रक दुर्घटना : तीन जनाको मृत्यु, आठ घाइते

सल्यानमा मिनी ट्रक दुर्घटना : तीन जनाको मृत्यु, आठ घाइते

१२ कार्त, दाङ। सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । जिल्लाको कपुरकोट गाउँपालिका–६ सिनबाङको दुबेदेबाट धान र पराल लिएर सिनबाङ्गतर्फ जाँदै गरेको रा १ ख २४०२ नम्बर मिनी ट्रक आज बेलुकी करिब ६ बजेतिर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा पुनले जानकारी दिए । स्थानीय १४ वर्षीय गोवर्द्धन खड्का, १२ वर्षीय डिल्ली भन्ने अनिल भण्डारी, १५ वर्षीया सिर्जना बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी एवं प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार दुई जनाको घटनास्थलमै एक जनाको बाटोमा मृत्यु भएको हो…
Read More