नयाँ तृष्णा

नेपाली अल्ट्रा धावक सुनमाया बुढाले चीनमा अर्को दौडको उपाधि

Advertisement

१७ कात्तिक,

काठमाडौं । अन्तर्राष्ट्रियस्तरमै चर्चित नेपाली अल्ट्रा धावक सुनमाया बुढाले चीनमा अर्को रेसको उपाधि जितेकी छन् । सुनमायाले शनिबार भएको एसियाकै प्रतिष्ठित र ठूलो रेस टिसाइगु ट्रेल रेसको १०५ किलोमिटर दूरी ९ घण्टा ३२ मिनेट ४७ सेकेण्डमा पूरा गर्दै उपाधि जितेकी हुन् । चिनियाँ धावक दोस्रो र तेस्रो भए ।

दुई सातामा सुनमायाले चीनमा जितेको यो दोस्रो रेस हो । यसअघि उनले कात्तिक पहिलो साता भएको अल्ट्रा ट्रेल निन्घाई बाई युटिएमबी रेस कीर्तिमानी समयसहित जितेकी थिइन् । यस्तै सुनमाले चीनमा जितेको यो तेस्रो उपाधि हो । उनले गत चैतमा चीनमै भएको गोल्डेन कोस्ट ट्रेल रेसको उपाधि जितेकी थिइन् ।

पछिल्लो समयमा सुनमायाले लगातार अन्तर्राष्ट्रिय ट्रेल रेसहरुमा भाग लिइरहेकी छन् । चीनबाहेक उनले युरोपका विभिन्न राष्ट्रमा गएर पनि ट्रेल रेसमा दौडिएकी छन् । अधिकांक रेसमा सुनमायाले शीर्ष तीनमा आउन सफल भएकी छन् ।

कर्णाली प्रदेशको जुम्ला पातरासी गाउँपालिका २ पेरे गाउँकी सुनमायाले अहिले आफ्नो क्षेत्र मात्र नभई देशलाई नै विश्वमाझ चिनाइरहेकी छन् । सुरुमा स्कुलमा हुने विभिन्न दौड प्रतियोगितामा भाग लिने सुनमायाले सन् २०१५ मा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा दौडमा दोस्रो भएपछि यसलाई निरन्तरता दिइन् ।

सन् २०१६ मा भएको मनास्लु माउन्टेन ट्रेल रेसमा दोस्रो भएपछि उनको अन्तर्राष्ट्रिय दौड यात्रान पनि सुरु भयो । त्यसपछि भने सुनमायाले विश्वका विभिन्न देशमा गएर दौडिसकेकी छन् भने धेरै पदक समेत जितेकी छन् ।

हङकङ, स्वीट्जरल्याण्ड, चीन, फ्रान्स, इटली, अस्ट्रेलिया, स्पेन लगायत देशमा गएर दौड प्रतियोगितामा भाग लिइसकेकी उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा धेरै रेसको उपाधि जितिसकेकी छन् ।

उनले सन् २०२१ मा थाइल्याण्डमा भएको ‘अल्ट्रा ट्रेल’ रनिङ प्रतियोगितामा महिलातर्फ ११० किलोमिटर दूरी १४ घन्टा ५४ मिनेट १ सेकेण्डमा पूरा गर्दै कीर्तिमान नै बनाएकी थिइन् । त्यसपछि भने उनको अन्तर्राष्ट्रिय स्तरमा चर्चा बढ्न थाल्यो । त्यसपछि उनले फ्रान्समा भएको युटिएमबी सीसीसीमा दोस्रो हुँदै थप चर्चा पाइन् ।

त्यसयता सुनमायाले एसिया र युरोपमा विभिन्न रेसहरुमा भाग लिइसकेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

संसद्‌मा विपक्षी एकतालाई सरकारकै निम्तो

संसद्‌मा विपक्षी एकतालाई सरकारकै निम्तो

  १८ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिविरुद्ध विपक्षी दलहरू एकजुट भएका छन् । सबै विपक्षी दलका नेताह...
रास्वपा सभापति रवि लामिछाने भारत भ्रमण

रास्वपा सभापति रवि लामिछाने भारत भ्रमण

  १८ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पाँचदिने भ्रमणका लागि आज भारत प्रस्थान गर...
सुनको मूल्यमा अहिलेसम्मकै उच्च वृद्धि, चाँदीको भाउ पनि बढ्यो

सुनको मूल्यमा अहिलेसम्मकै उच्च वृद्धि, चाँदीको भाउ पनि बढ्यो

  काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार ...
बजेट २०८३/८४: बजेटको आकार २१ खर्ब २४ अर्ब

बजेट २०८३/८४: बजेटको आकार २१ खर्ब २४ अर्ब

  काठमाडौँ। आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब ३४ करोड बराबर घोषणा गरिएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त ...