१६ कार्तिक ,
झापा । झापा मेचीनगर-३ का कुमार श्रेष्ठलाई उपचारमा समस्या परेको छ । क्यान्सर रोगबाट ग्रसित उनी जीवनमरणको दोसाँधमा रहे पनि अहिले आर्थिक अभावका कारण थप समस्या झेल्दै आएका छन् ।
बिगत २ बर्षदेखि क्यान्सर रोगबाट पीडित श्रेष्ठ हाल विर्तामोड स्थित “पूर्वाञ्चल क्यान्सर अस्पताल” मा उपचाररत छन् । तर, आर्थिक अवस्था कमजोर रहेका उनीलाई थप उपचारमा समस्या भएको उनका दाई विप्लप श्रेष्ठले जनाए ।
उनका परिवारको अनुसार कुमारको उपचारमा १५ लाख बढी खर्च भइसकेको बताएको छ । आफुहरूसंग भएको सबै पैसा सकियो अझै उपचारमा लाखौं रकम लाग्ने अस्पतालले जनाएको छ । तर, पैसा अभावले बिरामीको उपचारमा समस्या भइरहेको परिवार स्रोतले जनाएको छ ।
के गर्नु श्वास रहेसम्म बाँच्ने आश त भईहाल्छ । परिवारका सदस्यका अनुसार व्यक्तिगत रुपमा गरिने अन्य सबै उपायहरु समाप्त भइसके पछि पीडित परिवारले अब मनकारी स्वदेश तथा विदेशमा रहनुभएको नेपाली महानुभावहरू बाट सहयोगको लागि याचना गरिरहेका युवा समाजसेवी ललितबहादुर प्रधान बताउँछन् ।
उनले कुमार श्रेष्ठको उपचारमा सबैले सकेको सहयोग गरिदिन आग्रह समेत गरेका छन् ।

