नयाँ तृष्णा

गलत र भ्रमपूर्ण सामग्री प्रसारण गरेको भन्दै नौवटा युट्युब च्यानल काउन्सिलको कारबाहीमा

गलत र भ्रमपूर्ण सामग्री प्रसारण गरेको भन्दै नौवटा युट्युब च्यानल काउन्सिलको कारबाहीमा

गलत र भ्रमपूर्ण सामग्री प्रसारण गरेको भन्दै नौवटा युट्युब च्यानल काउन्सिलको कारबाहीमा

४ मंसिर , काठमाडौं । प्रेस काउन्सिल नेपालले गलत र भ्रमपूर्ण अभिव्यक्ति प्रसारण गरी अराजकता फैलाएको भन्दै विभिन्न ९ वटा युट्युब च्यानललाई मंगलबार कारबाही गरेको छ । ती मध्ये दर्ता, सूचीकरण विना चलेका ३ वटालाई आवश्यक अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोमा पत्राचार समेत गरेको छ । सूचीकरण भएका अन्य सामाजिक सञ्जाल (युट्युब च्यानल)मा भएका अप्रमाणित र एकपक्षीय सामाग्रीलाई तत्काल हटाउन वा स्थगन गर्न समेत काउन्सिलले निर्देशन दिएको छ । काउन्सिलले पछिल्लोसमयमा कार्यविधि बनाई कुनै मिडियासँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल विशेष गरी युट्युब च्यानल र फेसबुक पेजबाट सम्प्रेषित सामाग्रीको विशेष अनुगमन गरिरहेको छ । केही सामाजिक…
Read More
दुर्गा प्रसाईं भक्तपुरबाट पक्राउ

दुर्गा प्रसाईं भक्तपुरबाट पक्राउ

४ मंसिर , काठमाडौं । दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन्। प्रसाईं भक्तपुरस्थित निवासबाट मंगलबार बिहान पक्राउ परेका हुन्।
Read More
चौंथो खुदुनाबारी गोल्डकप : बुधवार मेचीनगर र शिवसताक्षी फाइनल भिड्दै

चौंथो खुदुनाबारी गोल्डकप : बुधवार मेचीनगर र शिवसताक्षी फाइनल भिड्दै

३ मंसिर, मेचीनगर । मेचीनगरले भद्रपुर नगरपालिकालाई हराउँदै चौंथो खुदुनाबारी गोल्डकपको फाइनलमा पुगेको छ । आजको अन्तिम सेमिफाइनल खेलमा भद्रपुर नगरपालिकालाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै मेचीनगर नगरपालिका उपाधि नजिक पुगेको हो । मेचीनगरका खेलाडी सनम भुजेलले ह्याट्रिक गरे । ३४ औं मिनेटमा पहिलो गोल गरेका भुजेलले ४० औं र ६९ औं मिनेटमा थप दुई वटा गोल गरेका थिए । मेचीनगरको तर्फबाट पहिलो गोल सरोज कार्कीले गरे । उनले खेलको ३० औं मिनेटमा गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै मेचीनगरका लक्षु थापाले ५४ औं मिनेटमा थप एक गोल गरे । दोस्रो हाफमा भद्रपुरका गोलरक्षक देव लिम्बूले…
Read More
मेचीनगरले “लैंगिक हिँसा विरूद्धकाे १६ दिने अभियान” सफल पार्न सरोकारवाला निकायसंग गरे छलफल

मेचीनगरले “लैंगिक हिँसा विरूद्धकाे १६ दिने अभियान” सफल पार्न सरोकारवाला निकायसंग गरे छलफल

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले “लैंगिक हिँसा विरूद्धकाे १६ दिने अभियान” विविध कार्यक्रम गरि भव्यरूपमा सफल बनाउन सम्बन्धि सरोकारवाला निकायहरूसंग छलफल अगाडि बढाएको छ । नगरपालिकाले आज नगरपालिकाको बैठक कक्षामा बिशेष छलफलको आयोजना गरि नगरक्षेत्र भित्र रहेका महिला, बालबालिका तथा मानव अधिकारका क्षेत्रमा क्रियाशील विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्था, विभिन्न राजनीतिक दलका नेतृत्वदायी भूमिकामा रहेका महिला प्रमुख प्रतिनिधिहरूलाई एक ठाउँमा उपस्थित गराएर मेचीनगरको अगुवाइमा सबैलाई एकताबद्ध बनाइ अभियानलाई साझा रूपमा सफल बनाउन के कस्ता उपायहरू अपनाउनु पर्छ भन्ने बिषयमा बृहत् छलफल गरिएको थियो । छलफलमा बोल्दै मेचीनगर उपप्रमुख मीना पोख्रेल उप्रेतीले अहिलेको समयमा पनि विभिन्न बहानामा मानिसको मानवीय अधिकारी…
Read More
चारआली खानेपानीको अध्यक्षमा राजन चिमरिया निर्वाचित

चारआली खानेपानीको अध्यक्षमा राजन चिमरिया निर्वाचित

२ मंसिर , मेचीनगर, झापाको चारआली साना शहरी तथा खानेपानी सरसफाइ उपभोक्ता समितिको चुनावमा अध्यक्षमा नेकपा माओवादी केन्द्रका राजन चिमरिया विजयी भएका छन् । कर्मठ समाजसेवीको व्यक्तित्व बनाएका चिमरिया दुग्ध व्यवसायी पनि हुन् । शनिवार सम्पन्न चुनावको मतगणनाको अन्तिम परिणाम अनुसार साझा प्यानलका चिमरियाले ९११ मत प्राप्त गरि विजयी भए । अध्यक्ष पदका एमालेका उम्मेद्वार सन्तोस मेचेले ४९३ र काङ्ग्रेसका तर्फबाट अध्यक्षका उम्मेद्वार बालकुमार बिष्टले २७२ मत ल्याए । उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा समेत साझा प्यानलकै उम्मेद्वार विजयी भएका छन । उपाध्यक्षमा साझा प्यानलका मैया कार्कीले ६०६ मत ल्याउदा एमालेका पुष्पा गौतम खनालले ५२० मत र काङ्ग्रेसका दीपा आचार्य पौडेलले…
Read More
हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु

हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु

२ मंसिर, झापा । झापाको दमक ३ मा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ। आज बिहान २ बजे दमक नगरपालिका वडा न.३ दिपज्योती टोलमा जंगलबाट आएको एउटा हात्तीले सोही ठाउँ बस्ने सुबिन भट्टराईको भान्सा घर भत्काउन लागेको थियो । सोही बेला छिमेकी ४५ वर्षीय मिनबहादुर भण्डारीले धपाउन खोज्दा उनीमाथि हात्तीले आक्रमण गरेको थियो । सय मिटर परसम्म हात्तीले लखेटेर लछारपछार पारी उचालेर पछार्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय दमकमा घटनाबारे प्राप्त हुनासाथ प्रहरी टोली खटिएर अनुसन्धान कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Read More
भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने

भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने

१ मंसिर, काठमाडौँ । आसन्न स्थानीय तह उपनिर्वाचनका लागि भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ । निर्वाचन आयोगको आजको बैठकले आइतबारदेखि उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्र सार्वजनिक पद धारण गरेका व्यक्ति, निकाय तथा अधिकारीलाई निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागू गर्ने निर्णय भएको आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिए । आयोगका अनुसार नेपाल सरकार र मन्त्री, प्रदेश सरकार र प्रदेशमन्त्री, संवैधानिक निकाय र सोका पदाधिकारी, नेपाल सरकार वा प्रदेश सरकारका निकाय र सोका पदाधिकारी, स्थानीय कार्यपालिका र सोका सदस्य, सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारीलाई…
Read More
साइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

साइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

३० कार्तिक, मेचीनगर । आज बेलुका पूर्व पश्चिम राजमार्गमा चारआलीबाट धुलाबारी आउँदै गरेको मोटरसाइकलले बाटो क्रस गर्दै गरेको पैदल यात्रीलाई ठक्कर दिँदा मृत्यु भएको छ । चारआलीबाट धुलाबारी आउँदै गरेको मे.६ प.३१७९ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेका नाम र थर नखुलेका पैदल यात्री अन्दाजी ५० वर्षीय पुरुषलाई शुक्रबार बेलुका ६ वजे ठक्कर दिँदा गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । उनलाई तत्काल उपचारका लागि बिर्तामोड स्थित बीएण्डसी अस्पताल पठाइएको थियो । घाइतेलाई बेलुका करिव ७ वजे अस्पताल पुर्याउन साथ डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको घोषणा गरेका थिए । मोटरसाइकल चालक मेचीनगर नगरपालिका–७ बस्ने बर्ष ५२…
Read More
प्रतिगमनतर्फ फर्कने प्रयासबिरुद्ध परिवर्तनका हिस्सेदार एक हुनुपर्छ- प्रचण्ड

प्रतिगमनतर्फ फर्कने प्रयासबिरुद्ध परिवर्तनका हिस्सेदार एक हुनुपर्छ- प्रचण्ड

३० कार्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निरंकुशता र प्रतिगमनतर्फ फर्कने कसरतका विरुद्ध परिवर्तनका हिस्सेदार शक्तिहरु एकताबद्ध भएर प्रतिवाद गर्नुपर्ने बताएका छन् । नेपाल राष्ट्रिय प्राध्यापक संगठनका पूर्व केन्द्रीय संयोजक अखिलेश्वरलाल दासको दोस्रो स्मृति दिवस तथा उहाँको स्मृतिमा प्रकाशित ‘स्मृतिमा अखिल सर’ विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘हामी आज देख्छौं समाजलाई अलिकति अराजकता र निरंकुशतातिर फकाउने कसरतहरु भइरहका छन्’, उनले भने,‘एकातिर हामीले स्थापित गरेको संघीय लोकतान्त्रिक मूल्य मान्यताबाट पछि हट्न खोज्ने हामीभित्रै कसैको मनशाय छ भने त्यसलाई पनि सफल हुन दिनु हुँदैन भने अर्कोतिर अराजकतावादीहरुले जनतामा देखिएको निराशा र आवेगलाई दुरुपयोग गरेर…
Read More
सक्षम र पारदर्शी प्रशासन सरकारको उच्च प्राथमिकतामा : प्रधानमन्त्री

सक्षम र पारदर्शी प्रशासन सरकारको उच्च प्राथमिकतामा : प्रधानमन्त्री

३० कार्तिक, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनगुनासोलाई सम्बोधन गर्दै सुस्त, दुरुस्त, सक्षम र पारदर्शी प्रशासन कसरी सञ्चालन गर्ने भन्ने विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । सिंहदरबारमा आज सम्पनन्न राष्ट्रिय विकास समस्या समाधान समितिको ५३औँ बैठकमा प्रधानमन्त्री ओलीले विकासका लागि सुशासन झनै आवश्यक भएकाले शासकीय सुधारलाई समितिबाट निर्णय गर्नुपर्ने कार्यसूचीको पहिलो नम्बरमा राखेको स्पष्ट गरे । उनले वन वातावरण संरक्षण गर्दै यस क्षेत्रले विकासका आयोजनालाई सहजीकरण गर्नुपर्ने र विकासलाई अवरोध गर्ने गरी वनसम्बन्धी निकायले काम गर्न नहुने बताए । उनले अजरवैजानको बाकुमा भएको जलवायुसम्बन्धी सम्मेलनमा वन मन्त्रालयले आवश्यकताभन्दा बढी कर्मचारी पठाएको सन्दर्भ उल्लेख गर्दै यस्ता गलल प्रवृत्ति हुन…
Read More