नयाँ तृष्णा

प्रहरी अतिरिक्त महानिरीक्षकद्वय गुरुङ र ढकाललाई दर्ज्यानी चिन्ह प्रदान

प्रहरी अतिरिक्त महानिरीक्षकद्वय गुरुङ र ढकाललाई दर्ज्यानी चिन्ह प्रदान

प्रहरी अतिरिक्त महानिरीक्षकद्वय गुरुङ र ढकाललाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षकद्वय बुद्धिराज गुरूङ र केदार ढकाललाई आज दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।   नेपाल सरकार मन्त्रिपरिषद्को यही मङ्सिर ६ गतेको निर्णयअनुसार प्रहरी नायब महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका गुरुङ र ढकाललाई आज प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले दर्ज्यानी चिन्ह प्रदान गरेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । प्रहरी महानिरीक्षक कुँवरले सङ्गठनको हितको लागि सकल दर्जाको सामूहिक प्रतिबद्धता आवश्यक रहेको उल्लेख गर्दै आ–आफ्नो जिम्मेवारी र भूमिकामा सदैव क्रियाशील, चिन्तनशील र दृढ सङ्कल्पित रहन निर्देशन दिए । समाजमा कानुनी शासनको प्रयात्याभूति दिलाउनु प्रहरीको…
Read More
सडक फोहोर गरेको भन्दै एमालेलाई काठमाडौं महानगरले गरे १ लाख जरिवाना

सडक फोहोर गरेको भन्दै एमालेलाई काठमाडौं महानगरले गरे १ लाख जरिवाना

७ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना गराएको छ । शुक्रबार दरबारमार्गमा जागरण सभाका क्रममा सडक तथा सडक पेटीमा जथाभावी फोहोर गरेको भन्दै महानगरपालिकाले एक लाख रुपैयाँ जरिवाना गरिएको व्यहोराको पत्र पठाएको छ । फोहोर मैला व्यवस्थापन ऐन २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन २०८१ एक लाख रुपैयाँ जरिवाना गरिएको पत्रमा उल्लेख छ । नगर प्रहरी निरीक्षक लिलाराज गाछाले हस्ताक्षर गरेको पत्रअनुसार एमालेले अब महानगरपालिका जरिवाना रकम तिर्नुपर्नेछ ।
Read More
बलात्कार आरोपित प्रहरी जवान थुनामा

बलात्कार आरोपित प्रहरी जवान थुनामा

७ मंसिर, धादिङ । १३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरी जवान थुनामा पुगेका छन् । चितवन जिल्ला माडी नगरपालिका–३ का २८ वर्षीय हरी नारायण महतोलाई जिल्ला अदालत धादिङको शुक्रबारको आदेशले पुर्पक्षका  लागि थुनामा पठाएको छ। जिल्ला न्यायाधीश  मनकुमारी विक जिएमको इजलासले बालिका बलात्कार गरेको आरोपमा हिरासतमा राखिएका महतोलाई पुर्पक्षका लागि कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रह्लाद सिलवालले जानकारी दिए । आरोपित महतोले बालिकालाई नीलकण्ठ नगरपालिका –३ मा ०८१ असोज ५ गते बलात्कार गरेको भन्दै कात्तिक  १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेपछि सोही दिन हिरासतमा लिइएको थियो । पीडितको कात्तिक १५ गते धादिङ अस्पतालमा स्वास्थ्य परीक्षण भएको थियो।
Read More
काठमाडौंको कीर्तिपुर केन्द्रविन्दु भएर भूकम्प

काठमाडौंको कीर्तिपुर केन्द्रविन्दु भएर भूकम्प

७ मंसिर, काठमाडौं । काठमाडौंको कीर्तिपुर आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । गएराति पौने ११ बजे भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको तीव्रता २.६ म्याग्निच्युड मापन भएको छ । काठमाडौं उपत्यकाबासीले भूकम्पको धक्का महसुस गरेको भन्दै सामाजिक सन्जालमा लेखेको देखिन्छ । तर भूकम्पको झड्का सानो भएकाले यसले क्षति भने पुर्‍याएको विवरण छैन ।
Read More
भोलि काठमाडौंका तीन ठाउँमा एकै समय प्रदर्शन

भोलि काठमाडौंका तीन ठाउँमा एकै समय प्रदर्शन

६ मंसिर, काठमाडौं । शुक्रबार काठमाडौंमा सत्तारुढ दल एमालेसहित अन्‍य विभिन्न पक्षले प्रदर्शन गर्ने भएका छन् । सरकारको नेतृत्व गरेको एमालेले दरबारमार्गमा प्रदर्शन गर्दैछ । एमाले नेता विष्णु रिजालका अनुसार काठमाडाैंका विभिन्न सम्पर्कविन्दुबाट ११ बजे बिहान सुरु हुने जुलुस दरबारमार्ग पुग्नेछ । यही समयमा सहकारीमा बचत गरेको तर रकम फिर्ता नपाएका पीडितहरुको प्रदर्शन पनि जारी हुनेछ । उनीहरुले दुई दिनदेखि जारी राखेको आन्दोलनलाई शुक्रबार पनि निरन्तरता दिने भएका छन् । उनीहरुले माइतीघरमा केन्द्रित भई प्रदर्शन जारी राखेका छन् । सहकारी ठगीमा संलग्नहरुमाथि छानबिन र कारवाही हुनुपर्ने अनि पीडितहरुको बचत फिर्ता हुनुपर्ने उनीहरुको मुख्य माग छ । यता, दुर्गा प्रसाई समर्थकहरुले…
Read More
बिभिन्न अपराध नियन्त्रण गर्न नेपाल भारतका सघ–संस्थाहरुबीच बृहत अन्तरकृया

बिभिन्न अपराध नियन्त्रण गर्न नेपाल भारतका सघ–संस्थाहरुबीच बृहत अन्तरकृया

५ मंसिर, मेचीनगर । मानब बेचबिखन तथा अन्य जघन्य अपराध नियन्त्रणका लागि नेपाल भारतका सघ–संस्थाहरुबीच बृहत अन्तरकृया कार्यक्रम भएको छ । आज बिश्व बाल दिवसको अवसर पारेर सनलप कलकताको आयोजनामा साथै कञ्चनजघा उद्धार केन्द्र सिलगुडी र माइती नेपाल काँकरभिट्टाको समन्वयमा मानब बेचबिखन तथा अन्य अपराधमूलक कार्य नियन्त्रण सम्बनिध एक दिवसिय अन्तरकृया कार्यक्रम भएको हो । मानब बेचबिखन तथा अन्य जघन्य हिंसात्मक अपराधहरुमा ठूलो संख्यामा बिश्वभर छिटो र सरल तरिकाले सफलता हात पार्न नेटवर्किङ संजाल फिंजाएका छन् । ती अपराधमूलक घटनामा संलग्न गिरोहलाई निरुत्साहित पार्न अबका दिनहरुमा आफूहरु सक्रिय हुनुपर्ने माइती नेपालका क्षेत्रिय अध्यक्ष गोबिन्द घिमिरेको भनाइ थियो । यस कार्यक्रममा…
Read More
गलत र भ्रमपूर्ण सामग्री प्रसारण गरेको भन्दै नौवटा युट्युब च्यानल काउन्सिलको कारबाहीमा

गलत र भ्रमपूर्ण सामग्री प्रसारण गरेको भन्दै नौवटा युट्युब च्यानल काउन्सिलको कारबाहीमा

४ मंसिर , काठमाडौं । प्रेस काउन्सिल नेपालले गलत र भ्रमपूर्ण अभिव्यक्ति प्रसारण गरी अराजकता फैलाएको भन्दै विभिन्न ९ वटा युट्युब च्यानललाई मंगलबार कारबाही गरेको छ । ती मध्ये दर्ता, सूचीकरण विना चलेका ३ वटालाई आवश्यक अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोमा पत्राचार समेत गरेको छ । सूचीकरण भएका अन्य सामाजिक सञ्जाल (युट्युब च्यानल)मा भएका अप्रमाणित र एकपक्षीय सामाग्रीलाई तत्काल हटाउन वा स्थगन गर्न समेत काउन्सिलले निर्देशन दिएको छ । काउन्सिलले पछिल्लोसमयमा कार्यविधि बनाई कुनै मिडियासँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल विशेष गरी युट्युब च्यानल र फेसबुक पेजबाट सम्प्रेषित सामाग्रीको विशेष अनुगमन गरिरहेको छ । केही सामाजिक…
Read More
दुर्गा प्रसाईं भक्तपुरबाट पक्राउ

दुर्गा प्रसाईं भक्तपुरबाट पक्राउ

४ मंसिर , काठमाडौं । दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन्। प्रसाईं भक्तपुरस्थित निवासबाट मंगलबार बिहान पक्राउ परेका हुन्।
Read More
चौंथो खुदुनाबारी गोल्डकप : बुधवार मेचीनगर र शिवसताक्षी फाइनल भिड्दै

चौंथो खुदुनाबारी गोल्डकप : बुधवार मेचीनगर र शिवसताक्षी फाइनल भिड्दै

३ मंसिर, मेचीनगर । मेचीनगरले भद्रपुर नगरपालिकालाई हराउँदै चौंथो खुदुनाबारी गोल्डकपको फाइनलमा पुगेको छ । आजको अन्तिम सेमिफाइनल खेलमा भद्रपुर नगरपालिकालाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै मेचीनगर नगरपालिका उपाधि नजिक पुगेको हो । मेचीनगरका खेलाडी सनम भुजेलले ह्याट्रिक गरे । ३४ औं मिनेटमा पहिलो गोल गरेका भुजेलले ४० औं र ६९ औं मिनेटमा थप दुई वटा गोल गरेका थिए । मेचीनगरको तर्फबाट पहिलो गोल सरोज कार्कीले गरे । उनले खेलको ३० औं मिनेटमा गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै मेचीनगरका लक्षु थापाले ५४ औं मिनेटमा थप एक गोल गरे । दोस्रो हाफमा भद्रपुरका गोलरक्षक देव लिम्बूले…
Read More
मेचीनगरले “लैंगिक हिँसा विरूद्धकाे १६ दिने अभियान” सफल पार्न सरोकारवाला निकायसंग गरे छलफल

मेचीनगरले “लैंगिक हिँसा विरूद्धकाे १६ दिने अभियान” सफल पार्न सरोकारवाला निकायसंग गरे छलफल

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले “लैंगिक हिँसा विरूद्धकाे १६ दिने अभियान” विविध कार्यक्रम गरि भव्यरूपमा सफल बनाउन सम्बन्धि सरोकारवाला निकायहरूसंग छलफल अगाडि बढाएको छ । नगरपालिकाले आज नगरपालिकाको बैठक कक्षामा बिशेष छलफलको आयोजना गरि नगरक्षेत्र भित्र रहेका महिला, बालबालिका तथा मानव अधिकारका क्षेत्रमा क्रियाशील विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्था, विभिन्न राजनीतिक दलका नेतृत्वदायी भूमिकामा रहेका महिला प्रमुख प्रतिनिधिहरूलाई एक ठाउँमा उपस्थित गराएर मेचीनगरको अगुवाइमा सबैलाई एकताबद्ध बनाइ अभियानलाई साझा रूपमा सफल बनाउन के कस्ता उपायहरू अपनाउनु पर्छ भन्ने बिषयमा बृहत् छलफल गरिएको थियो । छलफलमा बोल्दै मेचीनगर उपप्रमुख मीना पोख्रेल उप्रेतीले अहिलेको समयमा पनि विभिन्न बहानामा मानिसको मानवीय अधिकारी…
Read More