नयाँ तृष्णा

Breaking News 2

नक्कली शरणार्थी प्रकरण : बेचन झा र प्रतिक थापालाई थुनामै राख्न आदेश

नक्कली शरणार्थी प्रकरण : बेचन झा र प्रतिक थापालाई थुनामै राख्न आदेश

१ पुष , काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी बेचन झा र प्रतिक थापालाई थुनामै पठाउन उच्च अदालत पाटनले आदेश दिएको छ । न्यायाधीशहरू अञ्जु उप्रेती ढकाल र कैलाशप्रसाद सुवेदीको इजलासले दुवै जनालाई थुनामा राख्ने काठमाडौं जिल्ला अदालतको आदेशलाई सदर गरेको हो । जिल्ला अदालत काठमाडौंले आफूलाई गैरकानूनी रुपमा थुनामा पठाएको भन्दै झाले उच्च अदालत पाटनमा निवेदन दिएका थिए । निवेदनको सुनुवाइपछि उच्च अदालतले जिल्ला अदालतको आदेश नै सदर गरिदिएको छ । झामाथि अरु आरोपितहरूलाई झैं ठगी, लिखत किर्ते, राज्यविरुद्धको अपराध अनि संगठित अपराधको आरोप थियो  ।दुवैलाई २ भदौ २०८१ मा जिल्ला अदालत काठमाडौंले थुनामा राख्न आदेश दिएको थियो ।
Read More
पत्रकार महासंघ झापामा गिरी पुनः निर्वाचित

पत्रकार महासंघ झापामा गिरी पुनः निर्वाचित

२९ मंसिर, झापा । नेपाल पत्रकार महासंघ झापा शाखाको अध्यक्षमा एकराज गिरी पुनः निर्वाचित भएका छन् । अन्तिम मत परिणाम अनुसार गिरी १३१ मतका साथ विजयी भएको निर्वान अधिकृत शिरो सान्दाइले जानकारी दिए । गिरी बर्तमान कार्य समितिका अध्यक्ष समेत हुन् । अध्यक्षका प्रतिस्पर्धीहरु डिकेश लामाले ३४, राजेन्द्र गौतमले ३४ र टीकाराम नेतीले ४ मत मात्र प्राप्त गरेका छन् । यस्तै, उपाध्यक्षमा सुब्रत न्यौपानेले १२२ मतका साथ निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी गणेशमान मुखियाले ८१ मत मात्र प्राप्त गरेका छन् । सचिव पदमा प्रदीप परियार र राजु पाठकको मत बराबरी पाएका छन् । उनीहरुले समान ९९÷९९ मत ल्याएका छन्…
Read More
चीनको भेजियाङमा दुई ठूला चर्चले संयुक्तरुपमा ख्रीष्टमस मनाउने तयारी

चीनको भेजियाङमा दुई ठूला चर्चले संयुक्तरुपमा ख्रीष्टमस मनाउने तयारी

२० मंसिर , काठमाण्डौ । झेजियाङका दुईवटा चर्चले संयुक्तरुपमा क्रिसमस मनाउने योजना घोषणा गरेका छन् । गत सोमबार, हाङ्झाउको चोङ्गी चर्चले डिसेम्बर २२– २५ मा “उनी तपाईलाई पर्खिरहेका छन्” विषयको क्रिसमस उत्सवहरू सुरु गर्ने बताएको छ । ख्रीष्टमसको अवसरमा पाँच कार्यक्रमको आयोजना गरिएको छ । प्रार्थना, सुसमाचार सभा, आराधाना र क्यारोल लगायतको कार्यक्रमहरु गरेर ख्रीष्टमस उत्सव मनाउने तयारी गरीरहेको बताइएको छ । ख्रीष्टमस कार्यक्रमको पूर्वसन्धयामा सिचेङ चर्चले संगीत सेवा, युवा भेला र क्रिसमसको अवसरमा नाटक सहित प्रस्तुत गर्ने बताइएको छ ।
Read More
पत्रकार महासङ्घको निर्वाचन मङ्सिर २८ गते

पत्रकार महासङ्घको निर्वाचन मङ्सिर २८ गते

१८ मंसिर, काठमाडौं । नेपाल पत्रकार महासङ्घको निर्वाचन मङ्सिर २८ गते हुने भएको छ । आज निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै महासंघले सो जानकारी दिएको हो । सार्वजनिक कार्यतालिका अनुसार यसै साता अर्थात् मङ्सिर २१ गते शुक्रवार उम्मेदवारको मनोनयन दर्ता हुने भएको छ । त्यसैगरी मङ्सिर २२ गते उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ भने मतदान मङ्सिर २८ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म चल्नेछ । प्रदेश समितिको मनोनयन मङ्सिर २४ गते जिल्ला शाखा र प्रतिष्ठान शाखाको मङ्सिर २६ गते मनोनयन दर्ता गर्ने गरी व्यवस्था मिलाउनुहुन सम्बन्धित निर्वाचन समितिलाई अनुरोध समेत गरिएको छ ।  
Read More
दार्चुलाको दुहुँ–५ मा कांग्रेस विजयी

दार्चुलाको दुहुँ–५ मा कांग्रेस विजयी

१६ मंसिर, दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिका –५ मा सम्पन्न उपनिर्वाचन मा नेपाली कांग्रेसका उम्मेदवार धनसिंह कुँवर विजयी भएका छन्। कांग्रेसका उम्मेदवार कुँवरले खसेको मत ८७७ मध्ये ३७६ मत प्राप्त गरी विजय प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी एमालेका उम्मेद्वार मानसिहं बडालले ३५८ मत प्राप्त गरेका छन् । यस्तै माओवादी केन्द्रका उम्मेदवार वीर सिंह कार्कीले ९८ मत र स्वतन्त्र उम्मेदवार लाल सिंह कुवँरले अर्ना चिन्हमा २५ मत प्राप्त गरेका छन्। जम्मा खसेको मतमध्ये २० मत बदर भएको छ । वडा –५ का वडा अध्यक्ष मनोरथ भट्टको निधनपछि उक्त पदमा उपनिर्वाचन भएको हो ।      
Read More
मसिने र त्यो “रंगीन कागज”

मसिने र त्यो “रंगीन कागज”

खोज – तरुण राई, ए भामारा, तेरो आउने समय यही हो ? आकाशको घामलाई हेर त कहाँ पुगीसक्यो ? मैले तँलाई हिजो नै भनेको होइन ? भोली बिहानै आइजा भनेर, तँलाई थाहा भाकै हो आज रोपाँई छ, कति धेरै काम हुन्छ भनेर आधा काम गरिसक्यो ...... । मसिने ठुलो काजीको घरको गेटबाट आँगनमा पाइला मात्र के टेकेको थियो, मसिनेलाई देख्नसाथ ठूलो काजी रिसले रातो पिरो भएर गाली गर्न थाल्यो, हुन त यस्ता गाली मसिनेको लागि कुनै नयाँ कुरा थिएन र नभएर नै होला उसले यसलाई समान्य प्रकारले लिँदै त्यसको बेवास्ता गर्दै अलिक अदार तथा डरको भान देखाउँदै आफ्नो शिरमा भएको…
Read More
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

१२ मंसिर, काठमाडौँ। सर्वोच्च अदालले  विद्युतीय कसूरको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ । गैरकानुनी रूपमा प्रसाईंलाई थुनामा राखेको दाबी गर्दै उनका छोरा निराजनले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए । न्यायाधीशद्वय नित्यान्द पाण्डेय र महेश शर्मा पौडेलको संयुक्त इजलासले बुधबार उक्त रिट खारेज गरेको हो । इजलासले रिट खारेज गर्दै निर्देशनात्मक आदेश जारी गरेको प्रसाईंका तर्फबाट बहस गरेका कानुन व्यवसायी कीर्तिनाथ शर्माले जानकारी दिए । प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा लगानी गरेको भन्दै अपुष्ट सन्देश सामाजिक सञ्जालमा प्रवाह गरेपछि उनलाई प्रहरीले ४ मंसिरमा पक्राउ गरेको थियो ।
Read More
इमरानको रिहाइका लागि सुरु भएको प्रदर्शनमा ६ सुरक्षाकर्मीको मृत्यु

इमरानको रिहाइका लागि सुरु भएको प्रदर्शनमा ६ सुरक्षाकर्मीको मृत्यु

११ मंसिर, इस्लामवाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै आइतबारदेखि सुरु भएको विरोध प्रदर्शन हिंसात्मक बनेको छ । जियो टिभीका अनुसार इमरान खानका सयौं समर्थक इस्लामाबादमा प्रवेश गरेका छन् । सेनाले ढुवानी कन्टेनर राखेर राजधानी जाने राजमार्ग अवरुद्ध गरे पनि प्रदर्शनकारीले लिफ्टिङ मेसिन र केही हेभी मेसिनको सहायताले ब्यारिकेड तोडेका छन् । प्रदर्शनकारीहरूले श्रीनगर राजमार्गमा सुरक्षा बलहरूमाथि आक्रमण गरेका थिए । जसमा ४ सैनिक र २ प्रहरीको मृत्यु भएको थियो। यस घटनामा ५ सैनिक र २ प्रहरी पनि घाइते भएका छन् । समाचार अनुसार हिंसामा हालसम्म एक सयभन्दा बढी प्रहरी घाइते भएका छन् । अधिकांशको अवस्था गम्भीर छ…
Read More
झापाका विवादित पत्रकार पुजन घिमिरे पक्राउ

झापाका विवादित पत्रकार पुजन घिमिरे पक्राउ

८ मंसिर, झापा । विभिन्न काण्ड तथा घटनामा पटकपटक विवादमा आइरहने झापाका विवादित पत्रकार पुजन घिमिरे पक्राउ परेका छन् । घिमिरेमाथि शारिरिक रुपमा अशक्त रोङ–६ इलामका एक व्यक्तिलाई निर्घात कुटेको आरोप छ । प्रहरीले घिमिरेसहित ५ जनामाथि अभद्र व्यवहारको मुद्धामा जिल्ला प्रशासन कार्यलय इलामबाट म्याद लिएर अनुसन्धान गरिरहेको जनाएको छ । रोङ–६ सलकपुर इलाम स्थायी घर भएका घिमिरे र सोही ठाउँका देवेन्द्र खड्कालाई इलाका प्रहरी कार्यलय पशुपतिनगरबाट खटिएको टोलीले शुक्रबार साझँ झापाको बिर्तामोडबाट पक्राउ गरेको हो । अन्य तीन आरोपितहरु सोही ठाउँका भुवन गहतराज, मणी तामाङ र डिल्लीराम सापकोटालाई भने यसअघि नै पक्राउ परिसकेको इप्रका पशुपतिनगरका प्रहरी निरीक्षक छे फिन्जो…
Read More
बलात्कार आरोपित प्रहरी जवान थुनामा

बलात्कार आरोपित प्रहरी जवान थुनामा

७ मंसिर, धादिङ । १३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरी जवान थुनामा पुगेका छन् । चितवन जिल्ला माडी नगरपालिका–३ का २८ वर्षीय हरी नारायण महतोलाई जिल्ला अदालत धादिङको शुक्रबारको आदेशले पुर्पक्षका  लागि थुनामा पठाएको छ। जिल्ला न्यायाधीश  मनकुमारी विक जिएमको इजलासले बालिका बलात्कार गरेको आरोपमा हिरासतमा राखिएका महतोलाई पुर्पक्षका लागि कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रह्लाद सिलवालले जानकारी दिए । आरोपित महतोले बालिकालाई नीलकण्ठ नगरपालिका –३ मा ०८१ असोज ५ गते बलात्कार गरेको भन्दै कात्तिक  १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेपछि सोही दिन हिरासतमा लिइएको थियो । पीडितको कात्तिक १५ गते धादिङ अस्पतालमा स्वास्थ्य परीक्षण भएको थियो।
Read More