Skip to main content

नयाँ तृष्णा

झापाका विवादित पत्रकार पुजन घिमिरे पक्राउ

[adsforwp id="2511"]

झापा । विभिन्न काण्ड तथा घटनामा पटकपटक विवादमा आइरहने झापाका विवादित पत्रकार पुजन घिमिरे पक्राउ परेका छन् । घिमिरेमाथि शारिरिक रुपमा अशक्त रोङ–६ इलामका एक व्यक्तिलाई निर्घात कुटेको आरोप छ ।

प्रहरीले घिमिरेसहित ५ जनामाथि अभद्र व्यवहारको मुद्धामा जिल्ला प्रशासन कार्यलय इलामबाट म्याद लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

रोङ–६ सलकपुर इलाम स्थायी घर भएका घिमिरे र सोही ठाउँका देवेन्द्र खड्कालाई इलाका प्रहरी कार्यलय पशुपतिनगरबाट खटिएको टोलीले शुक्रबार साझँ झापाको बिर्तामोडबाट पक्राउ गरेको हो ।

अन्य तीन आरोपितहरु सोही ठाउँका भुवन गहतराज, मणी तामाङ र डिल्लीराम सापकोटालाई भने यसअघि नै पक्राउ परिसकेको इप्रका पशुपतिनगरका प्रहरी निरीक्षक छे फिन्जो भोटेले जानकारी दिनुभयो ।

घटना विवरण अनुसार गत कार्तिक १६ गते ११ बजे रोङ–६ सलकपुर इलामका किरण भन्ने वीरबहादुर वाइवाको घरमा घिमिरेसहित ५ जनाको टोली देउसी खेल्ने बहानामा पुगेका थिए । दुर्घटनामा परेर अशक्त भएका वाइवालाई घरभित्र सुतिरहेको अवस्थामा भित्रै प्रवेश गरि उठाएर बाहिर निकालेका थिए ।

बाहिर निकालेर अध्याँरो कुनामा लगेर सामुहिक रुपमा मरणासन्न हुनेगरि कुटेर भागेका थिए । कुटपिटबाट वाइवाको आँखा, टाउको र खुट्टामा गहिरो चोट लागेको छ । बिर्तामोडस्थित बिएण्सी अस्पतालमा ९ दिनको उपचारपछि वाइवा घर फर्किसकेका छन् ।

प्रहरीले घटना भएकै दिन गत कार्तिक १६ गते डिल्लीराम सापकोटालाई पक्राउ गरेको थियो । त्यसको भोलीपल्ट भुवन गहतराज, मणी तामाङ पक्राउ परेका थिए । घटनापछि घिमिरे र खड्का भने फरार थिए । उनीहरुलाई शुक्रबार बिर्तामोड–५ धिमालचोकस्थित घिमिरेको प्रेमीकाको डेरामा बसेको अवस्थामा प्रहरी प्रक्राउ गर्न पुगेको थियो ।

घिमिरेको प्रेमी प्रहरीलाई भित्र पस्न अवरोध गर्दै ढोकामा ताला लगाएर निस्किएकी थिइन् । प्रहरीले स्थानीय जनप्रतिनिधीको रोहवरमा ताला फुटाएर घिमिरे र खड्कालाई प्रक्राउ गरेको थियो ।

घिमिरे यसअघि पनि मानिस अपहरण तथा शरिर बन्दक मुद्धामा प्रक्राउ परि अदालतको आदेशमा छुटेका थिए । त्यो भन्दा पहिलो मेचीनगरस्थित जोरसिमलको शसस्त्र प्रहरीको चेकपोष्टमा रकम असुली गर्ने प्रहरीको भिडियो खिचेर बार्गेलिङ्ग गरैको आरोपमा पक्राउ परि जिल्ला प्रशासन कार्यलय झापाले धरौटीमा छोडेको थियो । हाल सामाजिक संजाल फेसबुकमा रातिराति जनप्रतिनिधी, पत्रकार, व्यवसायी र सरकारी कर्मचारीको चरित्रहत्या गर्ने गरि स्टाटस पोष्ट गर्ने गरेका छन् ।

मुलुकी अपराध संहिता, २०७४ को दफा ११८ को उपदफा २ मा अभद्र व्यवहार गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना गराउन सक्ने कानुनी व्यवस्था छ । कानुनतः एक वर्षसम्म कैद सजाय हुने मुद्दाको किनारा प्रमुख जिल्ला अधिकारीले गर्न सक्नेछन् । यद्यपि अभद्र व्यवहारका अधिकांश मुद्दामा आरोपीलाई माफी मगाएर छाडिने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एआईबाट राष्ट्रिय सुरक्षामा खतरा हुन सक्ने चिनियाँ गुप्तचर निकायको चेतावनी

एआईबाट राष्ट्रिय सुरक्षामा खतरा हुन सक्ने चिनियाँ गुप्तचर निकायको चेतावनी

चीनको गुप्तचर निकायले तीव्र गतिमा विकसित भइरहेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको दुरुपयोगबाट देशको राजनीतिक तथा सामाजिक ...
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको विजेता बन्दै एसिया कपका लागि छनोट भएको छ । शनिबार भएको फाइनलमा यूएईलाई पराजित गर्दै नेपाल एस...
भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

काठमाडौं । भोटेकोशी बाढीपछि शुक्रबार १७ः०० बजेसम्म १ हजार ३ सय ८४ जनाको शव फेला परेको छ । रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा,...
प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

खोटाङ।   नेपाल प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत चयन हुनुभएको छ । प्रेस युनियन खोटाङको शुक्रबार ...