८ माघ २०८२, बिहीबार, काठमाडौँ। नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज भएको छ । निर्वाचन अधिकृतको कार्यालयले प्रचलित कानूनअनुसार उम्मेदवारी कायम रहन नसक्ने ठहर गर्दै चौधरीको मनोनयन खारेज गरेको हो । निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको निर्णयमा भनिएको छ, “नागरिक उन्मुक्ति पार्टी, नेपाल (एकल चुनाव चिन्ह) का उम्मेदवार श्री रेशमलाल चौधरीको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम प्रतिनिधिसभा सदस्य पदका लागि हुने निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र प्रचलित कानून बमोजिम कायम रहन सक्ने अवस्था नदेखिएकाले खारेज गरिएको छ ।” चौधरी कैलाली निर्वाचन क्षेत्र नम्बर–१ बाट उम्मेदवार थिए । उम्मेदवारी खारेज भएपछि सो…
७ माघ २०८२, बुधबार, भक्तपुर । पत्रकार जन्मदेव जैसीले भक्तपुर निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । कालिकोट स्थायी घर भएका जैसीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट उम्मेदवारी दिएका हुन् । जैसी प्रलोपाका केन्द्रीय सदस्य तथा श्रमजीवी पत्रकार संघ नेपालका अध्यक्ष हुन् । उनले पार्टी अध्यक्ष परिषदका सदस्य एवं पूर्वसांसद सन्तोष परियारको प्रस्ताव तथा दयाराम वाग्लेको समर्थनमा उम्मेदवारी दर्ता गराए । लामो समयदेखि पत्रकारिता, श्रमजीवीको हक–अधिकार र लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहँदै आएका जैसीले भक्तपुरलाई इतिहास, संस्कृति र श्रमको शहरका रूपमा चित्रण गर्दै आधारभूत समस्या समाधानलाई प्राथमिकतामा राखेको बताए । उनका अनुसार भक्तपुरमा पानी र ढल…
मेचीनगर, माघ ६ । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आज देशभरका १६५ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता सम्पन्न भएको छ । यस क्रममा झापा का सबै पाँचवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता भएको छ । झापा निर्वाचन क्षेत्र नं. १ मा भने दुई स्वतन्त्रसहित १५ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । निर्वाचन अधिकृत गोपी विश्वकर्माका अनुसार आजको दर्ता प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको हो । नेपाली कांग्रेस का तर्फबाट केशबराज पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेस क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकी प्रस्तावक तथा महाधिवेशन प्रतिनिधि लोकराज ढकाल समर्थक रहेका छन् । पाण्डे मेचीनगर–७ का निवासी हुन् । त्यस्तै नेकपा…
झापा । झापाको दमकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएपछि अवस्था तनावग्रस्त बनेको बताइएको छ। रास्वपाका कार्यकर्ताहरूले ओलीको विरोधमा नाराबाजी गरेपछि दुवै पक्षबीच धकेलाधकेल र झडप भएको हो। घटनापछि त्यहाँको सुरक्षा अवस्था अझै पूर्ण रूपमा सामान्य भइसकेको छैन। झापा ५ बाट उम्मेदवारी दिन रास्वपा नेता बालेन साहसहितकाे टाेली निर्वाचन अधिकृतको कार्यालयमा पुगेकाे थियाे । साेही क्रममा कार्यकर्ताहरुले ओलीविरुद्ध नाराबाजी गरेका थिए ।
५ माघ २०८२, सोमबार, काठमाडौँ। सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन्। खरेलले आज साँझ आयोजित विशेष पत्रकार सम्मेलनमार्फत आफ्नो राजीनामाबारे औपचारिक जानकारी दिएका हुन्। रास्वपाको तर्फबाट ललितपुर–२ बाट उम्मेदवार बन्ने भएपछि उनले मन्त्री पद त्यागेको जनाइएको छ। यसअघि युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पनि निर्वाचनमा उम्मेदवारी दिन राजीनामा दिएका थिए। माघ ६ गते प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गर्नुपर्ने समयसीमा रहेकाले खरेलले आजै राजीनामा दिएका हुन्।
मेचीनगर । झापाको मेचीनगर–६ स्थित बर्मेली टोलमा प्रथम भिम स्मृति नकआउट फुटबल टुर्नामेन्ट तथा इण्डो–नेपाली मैत्री फुटबल टुर्नामेन्ट आयोजना हुने भएको छ । प्रतियोगिता २०८२ साल माघ १८ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । टुर्नामेन्टको तयारी तथा जानकारी दिने उद्देश्यले माघ ४ गते आइतबार पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरिएको छ । प्रतियोगितामा ८–८ वटा टिमको सहभागिता रहनेछ । आयोजकले सार्वजनिक गरेको खर्च विवरणअनुसार प्रतियोगिताको कुल अनुमानित खर्च रु. ७ लाख ९८ हजार ५ सय रहेको छ । खर्चमा प्रथम पुरस्कार ५१ हजार र दोश्रो पुरस्कार ३१ हजार रहेको छ । प्रतियोगितामा रेफ्री शुल्क, मैदान मर्मत, साउण्ड सिस्टम,…
झापा, मेचीनगर । श्रम सांस्कृतिक पार्टी मेचीनगर–६ मा पहिलो पटक ऐतिहासिक वडा कार्य समिति गठन गरिएको छ। झापा क्षेत्र नं. १ का प्रतिनिधि सभाका उमेदवार केबलराम राईको उपस्थितिमा आज देवकोटा पार्कमा आयोजित भेलाले नयाँ कार्यसमिति सर्वसम्मतरूपमा चयन गरेको हो। नवगठित समिति अध्यक्ष – सरण निरौला उपाध्यक्ष – प्रेमकुमार गुरुङ सचिव – बुद्ध राई कोषाध्यक्ष – सुजा राई सदस्यहरू राम चेम्जोङ, मानबहादुर राई, प्रेम शाक्य, सागर क्षेष्ठ, योगेश राई, पेम्बा शेर्पा, दिलिप पौडेल, प्रेम गुरुङ, रमेश कार्कीढोली, शुभाष राई, सम्शेर तामाङ, हरि मगर, जितेन राई, सन्दिप थपलिया, केशव लिम्बू र सुमन उराव। भेलामा बोल्ने वक्ताहरू— केबलराम राई, पदम सुनुवार, जेन्जी रितिक…
मेचीनगर । कृपा फ्री मेथोडिस्ट चर्चले शनिबार आफ्नो १२औँ वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। चर्च परिषद्का अध्यक्ष रेभ. शमूएल तामाङ्गको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि पास्टर बिरेश गुरुङ रहनु भएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गुरुङले मत्ती १६:१८ उद्धृत गर्दै मण्डली परमेश्वरकै योजनाअनुसार चट्टानमा स्थापित हुने बताउनु भयो। उहाँले परमेश्वरले दागरहित, चाउरी नपरेको प्रतापी मण्डली खोजिरहनुभएको उल्लेख गर्दै मण्डलीको वास्तविक सार आकारमा नभई करार र प्रतिवद्धतामा आधारित हुने स्पष्ट पार्नुभयो। “धेरै मण्डलीहरू आज शक्तिशाली बन्न नसक्नुको कारण परमेश्वरको उपस्थितिमा पुग्न कठिनाइ हो। हाम्रो चाल–ढाल, बोली–व्यवहार र जीवन समाजले हेर्न सक्छ भन्ने चेतना मण्डलीले धारण गर्नुपर्छ,” पास्टर…
– होमराज राई, ३० पुष २०८२, बुधबार, माघे संक्रान्ति नेपालको एक महत्वपूर्ण चाड हो, जुन प्रत्येक वर्ष पौष महिनाको अन्तिम दिन पारेर माघ १ गते मनाइन्छ। नेवारी भाषामा घ्युँचाकु, तराईमा खिचरी पर्व, र पहाडी भेगमा सामान्यतः माघे संक्रान्ति भनेर चिनिने यो पर्व संस्कृतिमा जति प्राचीन छ, प्रकृतिसँगको सम्बन्ध पनि उति नै गहिरो छ। खगोल, मौसम र अर्थ माघे संक्रान्ति सूर्य दक्षिणायनबाट उत्तरायणतर्फ प्रवेश गर्ने दिन हो—अर्थात् सूर्य मकर राशिमा प्रवेश गर्छ। हिन्दु परम्परामा यो दिनबाट दिन बढ्ने र उज्यालो समय विस्तारिन थाल्ने विश्वास गरिन्छ।नेपाल कृषि प्रधान समाज भएकाले दिन लामो हुनु र तातो ताप बढ्नु जीवनयापन तथा खेतीपाती दुवैका लागि…
मेचीनगर, झापा । मेचीनगर प्रेस क्लबद्वारा आयोजना गरिएको इन्डो–नेपाल मेचीनगर मिडिया फुटबल कप–२०८२ को उपाधि तराई प्रेस क्लब दार्जिलिङले जितेको छ । सोमबार सम्पन्न फाइनलमा दार्जिलिङले भद्रपुर प्रेस क्लबलाई २–० को अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो। पहिलो हाफ गोलरहित रहे पनि दोस्रो हाफ सुरु भएको दुई मिनेटमै दार्जिलिङका प्रवेश भुजेलले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसपछि ४४ औँ मिनेटमा दावा लामाले दोस्रो गोल थपेपछि विजय दार्जिलिङतर्फ उन्मुख बन्यो। विजेता दार्जिलिङले उपाधिसहित ५० हजार रुपैयाँ नगद र सिल्ड प्राप्त गर्यो भने उपविजेता भद्रपुरले २५ हजार रुपैयाँ र ट्रफि हात पारेको छ । अन्तिम गोलकर्ता दावा लामा फाइनल खेलको…