Skip to main content

नयाँ तृष्णा

रास्वपाले टुंग्यायो समानुपातिक सांसद, ४८ महिला र ९ पुरुष

Advertisement

काठमाडौँ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रतिनिधिसभामा पठाउने सांसदहरूको नाम टुंगो लगाएको छ।

आइतबार बनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले समानुपातिकतर्फका ५७ जना सांसदको सूची तयार गरेको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।

रास्वपाले समानुपातिकतर्फ ५७ सिट प्राप्त गरेको छ। ती सिटमध्ये ४८ महिला र ९ पुरुष रहनेगरी नाम छनोट गरिएको प्रवक्ता झाले बताए।

पार्टीले सांसदहरूको नाम टुंगो लगाए पनि पूर्ण नामावली भने सार्वजनिक गरिसकेको छैन।

समावेशीताको आधारमा हेर्दा खसआर्यबाट १७, आदिवासी जनजातिबाट १६, मधेशी समुदायबाट ९, दलितबाट ८, थारुबाट ४ र मुस्लिम समुदायबाट ३ जना समावेश गरिएको उनले बताए।

सचिवालयले तय गरेको ५७ जनाको नामावली आजै निर्वाचन आयोगमा बुझाइने पनि प्रवक्ता झाले जानकारी दिए। रास्वपाले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १२५ सिट जितेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एउटा फ्रेन्ड रिक्वेस्टले उजाडिएको जिन्दगी

एउटा फ्रेन्ड रिक्वेस्टले उजाडिएको जिन्दगी

बिशेष लेख , - हाेमराज राई, पूर्वी नेपालको एउटा गाउँ। त्यहाँ बस्ने १६ वर्षीया सृष्टि चञ्चले, मिलनसार तर मोबाइल र सामाजिक ...
कुवेतमा ड्रोन हमलामा परी मृत्यु भएका सोमकुमारको शव नेपाल ल्याइँदै

कुवेतमा ड्रोन हमलामा परी मृत्यु भएका सोमकुमारको शव नेपाल ल्याइँदै

  काठमाडौं । कुवेतमा ड्रोन हमलामा परी मृत्यु भएका सोमकुमार तामाङको शव नेपाल ल्याइँदैछ। परराष्ट्र मन्त्रालयले विज्ञप्ती ...
बालबालिकामाथि यौन हिंसाविरुद्ध  सरोकारवालासँग अन्तरक्रिया

बालबालिकामाथि यौन हिंसाविरुद्ध सरोकारवालासँग अन्तरक्रिया

  काँकरभिट्टा। बालबालिकामाथि हुने यौनजन्य हिंसाको रोकथाम, बाल संरक्षण तथा सरोकारवाला निकायबीचको समन्वय सुदृढ गर्ने उद्देश्...
कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीकै निरन्तरता

कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीकै निरन्तरता

  १४ साउन, काठमाडौं । नेकपा एमालेले कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीलाई नै निरन्तरता दिने भएको छ । अध्यक्ष क...